Wednesday, December 5, 2012

The rare events in the world.

A man in Thailand Married a dead girlfriend to fulfill his promise of love.
कवी, प्रेमी र पागलहरु उस्तै हुन् ... 

29-year old Sarinya Kamsook and her 28-year-old boyfriend, Chadil Deffy, were to be married this year. Sarinya Kamsook unfortunately died in a car crash, just day before the big event, Deffy decided to go on with their wedding as planned and married her.

Sarinya was involved in a car crash, leaving her severely injured. She still could have been saved with timely medical attention. However, the doctors made her wait for 6 hours due to an overcrowded ICU instead of transferring her to another hospital. During this time, she succumbed to her injuries and passed away.

During her funeral in Surin, Thailand, Chadil Duffy placed a ring on his deceased bride’s finger. It thus turned out a wedding/funeral ceremony, one of the rare events in the world.

Till death do us apart… 

यो ब्लग सुमेश शिवाकोटिको फेसबुक स्टाटसबाट साभार गरिएको हो 

Friday, November 2, 2012

रेडियो राज (Radio)

(गुणराज लुइँटेलले लेख्नु भएको  यो लेख नागरिक डट कम बाट साभार गरिएको हो ।)

 लोकतन्त्र जनताका लागि जनताद्वारा गरिने जनताको शासन हो भने पत्रकारिता जनताबारे गरिने काम हो। त्यसैले अहिलेको नयाँ मिडियामा जनताको प्रतिनिधित्व हेर्ने प्रयास भइरहेको छ। परम्परागत मिडियाले पनि जनताकै बारेमा लेख्ने वा बोल्ने हो भने नयाँ मिडियाले झन् व्यक्तिलाई समेत बोल्ने मञ्च दिन्छन्। 

परम्परागत हुन् वा नयाँ मिडिया पत्रकारिताको आधारभूत स्वरुप भने उही हो। पत्रकारिताको काम नागरिकलाई जानकार बनाउने हो। त्यो पनि तिनकै बारेमा बोलेर वा लेखेर। माध्यमका बारेमा धेरै अल्मिलिनु भन्दा पनि प्राप्त माध्यमको अधिकतम उपयोग सुसूचनाका लागि हो। फरक यति हो नयाँ माध्यममा जस्तोसुकै सूचना बेरोकतोक जान सक्छ। तर, परम्परागत मिडियाको सुन्दरता भनेको यसको 'गेटकिपिङ'को काम हो। यसले सूचनालाई सार्वजनिक उपभोगका निम्ति पठाउनु अघि त्यसको शुद्धताको परीक्षामात्र गर्दैन त्यो सूचना दिनु हुन्छ वा हुँदैन भन्ने विचारसमेत गर्छ। 

अचेल फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको चर्चा धेरै छ। तिनले मानवीय सेवादेखि अपराध कर्ममा समेत प्रभाव पार्ने गरेका छन्। हालैमात्र प्रश्नपत्र फेसबुकमा राखेका कारण त्यसका दोषीसम्म पुग्न प्रहरीले सफलता हासिल गरेको थियो। इन्डोनेसियामा गरिएको एउटा अनुसन्धानमा फेसबुकका कारण किशोरकिशोरीले चाँडो बिहा गर्न थालेको तथ्य फेला परेको छ। 
हाम्रो भूभौगोलिक यथार्थ र इन्टरनेटको पहुँचका आधारमा भने अझै यस्ता सामाजिक सञ्जाल प्रभाव सबैतिर पुगिसकेको छैन। रेडियो अझै हाम्रो सूचनाको महत्वपूर्ण माध्यम हो। इन्टरनेटमा इपेपर पढ्नसक्ने क्षमता धेरैको छैन। तर, हामीकहाँ रेडियोमा पढिने समाचार दुर्गम गाउँमा बस्नेका निम्ति समेत सूचनाको राम्रो स्रोत हो।

Tuesday, October 30, 2012

परिमार्जित उखान टुक्का हरु

नेपाली भाषका प्रयोग गर्नेहरुले उखान टुक्काको प्रयोग त गरेकको हुनु पर्छ । उखान टुक्का जसले शब्दलाई सटिक रुपमा अध्याउँने काम गर्छ  । तर समयसँगै अहिले उखान टुक्का पनि यसरी पो फेरिएछन । यसलाई विकृति भन्ने कि हासि मजाक ? 

१ जस्लाई प्रेम गर्न आउँदैन उस्को नाम प्रेम कुमार
२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर
३ नपाउनेले फेसबुक पायो २४ घन्टा अनलाइन आयो
४ बाँदर को पुच्छर टाई न इजार
५ कलिवुड को जात्रा तिघ्राको ब्यापार
६ सित्तैमा पाए भट्टी रित्तै
७ के खोज्छार नेता कुर्सि
८ घाँटी हेरी हाइनेक किन्नु
९ रातभरी सराप्यो महाजन त ज्युदै
१० स्वास्नीको कुटाइ खाको पोइ चूरा बज्दा तर्सन्छ
११ भुक्ने कुक्कुर भुकिरहन्छ टोक्ने कुक्कुर सुति रहन्छ
१२ रातभरी पढ्यो जाँचमा चाहि लड्यो
१३ मुर्ति चोरलाई पशुपति न गुहेस्वारी
१४ खाइ नपाइ दौरा माथि टाई

Tuesday, October 16, 2012

अविवाहितका लागि समेत ससुराली घर !

ससुराली भनेर तपाईले खानेकुरा भने नि: सुल्क खान पाउनु हुन्न ,  येसको लाग्दो शुल्क तिर्नु पर्ने हुन्छ ।
ससुरली घर 
विवाह गरेको व्यक्ति ससुराली जाने कुरा त हामीहरु जो कोहिलाई थाहा छ तर तपाई अविवाहित हुनुहुन्छ भने पनि ससुराली जान सक्नु हुन्छ ! यो सेवा विदेशमा हैन नेपालमै उपलब्ध छ । त्यो पनि राजधानी काठमाण्डौको कपनमा । तपाईलाई अचम्म लाग्यो होला । कपनको वडा नं २ मा ससुराली घर छ । जहाँ तपाईले ज्वाईले झै मेजमान पाउनु हुन्छ । चौरासी व्यन्जनको स्वाद लिन सक्नु हुन्छ । तर यहाँ तपाईलाई खातिर गर्न सासु ससुरा र साला सालि भने हुने छैनन् । तालिम प्राप्त कुकहरुले खानका परिकार बनाउने छन् । अनि वेटरले त्यो खाना सर्भ गर्ने छन । ससुराली भनेर तपाईले खानेकुरा भने नि: सुल्क खान पाउनु हुन्न , येसको लाग्दो शुल्क तिर्नु पर्ने हुन्छ ।

Friday, August 31, 2012

Why Nepal?


Surasak Mahasukon
"He told me it was a must for him to visit Nepal before he died because he had dreams of good dreams that he was born a Nepalese in his past life! And that was 8 years ago !"
Lots of people whom I know were so much surprised when I told them I was planning to visit Nepal for a month. After that, hundreds of questions were plunging in: Where on earth is it exactly? What is the weather like there? Is it a developed country? What do most people do for a living? What type of food do people eat? What language do they speak? Aren’t you afraid of Maoist? Will you be so sure that you are safe enough to travel in that country? And many more. Frankly speaking, I told them I just didn’t have any clue, but one thing I was so sure of – I believed in people. So I thought I would be alright during my trip there. And I was absolutely right. 

Tuesday, August 28, 2012

यात्रा ३१ घण्टाको [The Journey of 31 hour]

बाख्रा फर्ममाँ हाम्रा साथिहरू 
"हिलाम्य पहिरन हिलाम्य बाइक र केहि थकित शरिर तर एउटा फरक र रमाइलो अनुभव समेटेर मध्यान्ह १२ बजे हाम्रो टोली गोदाम झर्यो ।" 

यात्रा भनेको सायद हतार हतारमै तय हुन्छ । अरुको सवालमा त थाहा छैन तर मेरो र मेरा केहि साथीहरुको सवालमा चै यो कुरा लागु हुन्छ । खासगरी साथीहरुसँग मैले जति पनि यात्रा गरेको छु ती सबै नै हतार हतार र विना तयारी गरिएका छन् । यस पटक पनि त्यहि कुराले निरन्तरता पायो । २०६९ को नयाँ वर्षमा घ्याम्पे डाँडा हाइकिङ गएपछि साथीहरुसँग कतै गइएको थिएन । भदौ ९ गते शुक्रवार विहान १० बजे कन्चनको म्यासेज आएपछि योजना बन्यो ।

Monday, August 20, 2012

नाममा के छैन ?

यो संसारमा नाम विनाको केहि छ मलाई त सम्झना छैन ।               तपाईलाई थाहा छ ?
नामको कुरा गर्दा विगत एक महिना देखि म कृषि क्षेत्रलाई जनाउने एउटा राम्रो नामको खोजीमा छु । मनमा आएका जति नाम टिपोट गरियो साथीहरुबाट सल्लाह लिइयो । सामाजिक संजालमा नाम सुल्झाउन साथीहरुलाई अनुरोध गरियो । केहि साथीहरुले सुझाव पनि दिएका हुन तर ती कुनै नाम खोजेको जस्तो भएनन् । केहि नाम मन परेका थिए तर पनि चाहेको कामका लागि त्यो नाम राख्न मिलेन । 

राम्रो शब्दको छनौट अर्थपूर्ण र केहि पृथक सायद धेरैले नाम खोज्दा यस्तै कुरालाई ध्यान दिन्छन् । सायद मैले पनि यहि कुरालाई ध्यान दिन्छु । तर अहिले अलि र्झरो  र परम्परागत शब्दको खोजी गर्दैछु म । एक महिना वित्यो तर अहिलेसम्म त्यो नाम जुरेको छैन ।

Monday, August 6, 2012

युवासंघको गाइजात्रा

विहानै विद्यालय जाने नानीहरु आज दाईहरुले जात्रा देखाए पछि
११ बजे विद्यालय जाने तयारी गर्दै रानीपाखरी अगाडी
राजनीतिक दल जनता प्रति उतरदायि हुन्छन् । नेताहरु जनता प्रति वफादार हुन्छन् तब न मूलुकले प्रगति गर्छ । तर जुन देशका राजनीतिक दल र नेताहरुले नैतिकता पोलेर खाइसकेका छन् । त्यस्ता नेताहरुबाट जनता सींगो मूलुकले के अपेक्षा गर्ने । केहि दिन अघि गाइजात्रा महोत्सव मनाएको राजधानी अहिले हास्यकलाकारको सप्ताहव्यापि जात्रा हेरेर हाँसिरहेका छन् । फेरी एमालेको युवा संघले अर्को  जात्रा शुरु गरेको छ आइतवार देखि । तर यो गाइजात्राले राजधानीवासिलाई हसाएन बरु रुवाएको छ ।
विहान ६ देखि १० बजेसम्मको सावारी साधन बन्द गर्ने कार्यक्रमले विद्यालयमा पठनपाठन संचालन गर्न समस्या परेको छ । जसलेगर्दा यी बालबालिकाले विद्यालय जान पाएनन ।

Sunday, August 5, 2012

काठमाण्डौ कि जलमाण्डौ ?

करिव आधाघण्टा पानी पर्दा काठमाण्डौका सडक पुरै जलमग्न हुन्छन् । जमल पुतलिसडक माइतिघर लगायतका सडकले खोलाको रुप लिन्छन् । सडकमा सवारी कम चल्छन् । चलेका सवारी पानी खाएर सडकमै अलपत्र पर्छन । बटुवा हातमा जुत्ता चप्पल बोकेर गन्तब्य तिर लम्किन्छन् । साउन २१ गते आइतवार  आधाघण्टा पानी पर्दा राजधानी शहरका सडक यस्तो  देखियो । 
पुतलिसडकमा जलमग्न सडकमा बाइक कुदाउदै 



Tuesday, July 31, 2012

यातयात व्यवस्था कार्यालयको सास्ति

मिती २०६९ साउन १५ गते सोमवार

स्थानः यातयात व्यवस्था कार्यालय
समयः मध्यान्ह १२: ३० बजे 


सावरीकर तिर्ने र लाइसेन्सको नविकरण गर्ने वेला भइसकेको थियो । फुस्रद नमिलेर तिर्न जान भ्याएकै होइन । यी दुवै कामका लागि माथि उल्लेखित मितीमा साइत जुर्यो । साथी आर। आर। को पनि लाइसेन्स नविकरण गर्ने बेला भइसकेको रहेछ । दुबैजनाले सल्लाह गरेर यातयात व्यवस्था विभाग हिडियो । यातयात व्यवस्था विभागमा हुने अनियमितता र ढिलासुस्तिका बारेमा केहि जानकार हुँदा हुँदै पनि हामी त्याहाँ मध्यान्ह  १२: ३० बजे मात्रै त्याहाँ पुग्यौ । पार्किङमा मोटरसाइकल रोक्नासाथ दलालले हामीलाई घेरे । ल दाई के काम गर्ने हो मिलाएर गरिदिन्छौं प्रायः सबैदलालहरु यस्तै अफर दिइरहेका थिए । हामी उनीहरुका कुरा सुनेको नसुनै गरि यातयात बेबस्था कार्यालय भित्र छिर्यौ । साँढे एक बजेसम्म मात्रै लाइसेन्सको नविकरण हुने रहेछ । हामीले दलाल नलगाई काम गर्ने निधो गर् यौ । आर. आर. जीलाई फारम बुझाउने लाईनमा राखेर म फारम लिन गए । यसपछि शुरु भयो सास्ति । 
एउटा लाईसेन्स नविकरण फारमको दुई रुपैयाँ पर्दोरहेछ । मैले दुईवटा नविकरण फारम मागे अनि पाँच रुपैयाँ दिए । फारम दिने कर्मचारिले खुल्ला छैन भन्दै एक रुपैयाँ फिर्ता गरेनन् । खुल्ला पैसा नलिइ सरकारी कार्यालय आएर मैले गल्ति गरे त म सोच्दै थिए । अर्का एक व्यक्तिले एउटा फारम मागे र उनले पनि पाँच रुपैयाँ दिए । ती कर्मचारीले उनलाई पनि मलाई दिएकै जवाफ दिए । याहाँको त यो रेडिमेड जवाफ पो रहेछ । अब खुल्ला पैसा खोज्न कता जाने फारम बुझाउने समय ढल्किदै थियो । मैले त्यो एक रुपैया छाडिदिए । नजिकै रहेको अर्काे टहरोमा गएर हुलाक टिकट किने । फारममा मेडिकल जाँच गराउनु पर्ने फारम पनि रहेछ । गेटमा रहेको स्वास्थ्य परिक्षण लेखिएको ठाउँमा गएर फारम दिए । फारम भरेर आउनुस भन्ने जवाफ पाए । करिव एक बजिसकेको छ । दौडदै आर आर जी भएका ठाउँमा पुगे । उनी त फारम बुझाउने ठाउँमै पुगीसकेका रहेछन । लाईन छाडेर फारम भर्न थाल्यौ । छेवैमा २ वटी केटी बसिरहेका थिए । तपाईहरुले भ्याउनुहुन्न । साँढे एक बजे काउन्टर बन्द हुन्छ भन्दै हामीलाई विचलित गराउन खोज्दै थिए । उनीहरु दलाल प्रतिनिधि रहेछन् पछि थाहा भयो ।

Wednesday, July 25, 2012

देशलाई फेरी जंगबहादुर चाहियो [Nepal]

नेपाली कांग्रेसका नेता  तथा पूर्व प्रधानमन्त्री  
शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित महल 

प्रधानमन्त्रीको सपथ लिइसकेपछि मिडियामा बोल्दै गर्दा डा। बाबुराम भट्टराईले भ्रष्टचारमा शुन्य सहनसिलता र मितब्ययी मन्त्रि परिषद बनाउने अभिब्यक्ति दिए । विगतका सरकार प्रमुखहरुका रबैयाबाट दिक्क भएका नेपाली जनताले डा। भट्टराईबाट निकै अपेक्षा गरेका कारण उनको यो अभिब्यक्तिको सर्बत्र स्वागत भयो । लगत्तै उनले विगतका सरकार प्रमुखहरुका विलासी गाडी चढ्ने परम्परा तोड्दै मेड इन नेपाल मुस्ताङ म्याक्स चढे । यसले उनको तारिफ झनै बढ्यो । यो उनी प्रधानमन्त्री भएपछिका प्रारम्भिक परिघटना थिए । 
"गरिब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा छैन त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलन  गरौ"

Monday, July 23, 2012

हाइवे हंगामा

जुन रफ्तारमा हिन्दि चलचित्र हेर्छु त्यो रफ्तारमा नेपाली चलचित्र हेर्दिन । त्यसैले मैले भन्नै पर्छ कि म नेपाली चलचित्रको असल दर्शक होइन । हलमा गएर नेपाली फिल्म नहेरेको करिव ६ बर्ष त भयो होला । तर लुट, ब्याच नंम्बर १६ लगायतका कोहि फिल्म घरमै बसेर हेरेको छु । चलचित्र नहेरी त्यसको आलोचना गर्नु गलत हो । त्यसैले नेपाली चलचित्र यस्तो बन्यो उस्तो बन्यो भनेर म आलोचना गर्दिन । 

"म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।" 
यो ब्लग चलचित्र हाइवेको कारण लेख्दैछु । सम्भवत चलचित्रका बारेमा मैले लेखेको यो पहिलो ब्लग हो । हाइवेको चर्चा अहिले चलचित्र बजारमा मात्रै होइन सामाजिक संजालहरुमा पनि ब्यापक रुपमा चलेको छ । हल्ला सकरात्मक होस वा नकरात्मक यसको प्रत्यक्ष असर देखिन्छ नै । केहि साथीहरुले हाइवे हेरे पछि निकै सकरात्मक प्रतिकि्रया दिए । नयाँ धारको चलचित्र बनेछ भने । अनि केहि साथीहरु वित्थै पैसा तिरेर हेरिएछ यस्तो नि फिल्म हुन्छ भन्दै आलोचनामा उत्रिए । 

Thursday, July 12, 2012

छेपारे प्रवृत्ति उन्मुख नेपाली मिडिया [ Media Trend in Nepal]

हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकपि्रय सरकार भन्ने आशायका समाचार समागि्र पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  
नेपालमा विगत एक दशकमा आम संचार र पत्रकारिता क्षेत्रले सोच्दै नसोचेको गति लिएको छ । एउटा संचारकर्मीका नाताले यसबाट म पनि खुसि छु । संख्यात्मक रुपमा मूलधारे संचार माध्यामको यो विकास राम्रो थियो । तर गुणात्मक रुपमा यो विकासले खासै अर्थ राखेन । त्यसैले होला अहिले संचार माध्यामहरुमा आम नागरिकको आस्था र विश्वास दिन प्रतिदिन खस्किदै गइरहेको छ ।
हुन पनि पछिल्लो समयमा नेपाली संचार माध्यामले यस्ता थुप्रै हत्कण्डा देखाए जुन संचार माध्यामको इथिक्सको वर्खिलाप थियो । अनि केहि घटनालाई यति धेरै बढाइ चढाँइ गरे । नेपालीमा एउटा उखान छ नि हेर्नेलाई देख्नेलाई लाज भन्ने । नेपाली मिडियामा यस्ता प्रवृत्तिहरु धेरै पटक दोहोरिय अनि तेहेरिए । यस्ता प्रवृतिको म खुलेरै आलोचना गरिरहन्छु । त्यसैले केहि साथीहरु मलाई पत्रकार भएर पत्रकारकै विरोध गरिरहन्छस भनेर गालि पनि गर्छन । प्रसंग बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएपछि नेपाली संचार माध्यामले गरेको उनको बखानको हो । 

Tuesday, July 10, 2012

मूलधारे संचार माध्याममा सामाजिक संजालका समाचार [Social Media]

मानिसको आफनो व्यक्तिगत स्वतन्त्रता हुन्छ । तर धेरैको नजरमा पर्ने मानिसले गर्ने व्यक्तिगत कि्रयाकलाप सबैका लागि चासोका विषय बन्छ । प्रचण्ड पुत्र प्रकाशको पछिल्लो हत्कण्डा पनि यसैको उदाहरण बन्यो । घरमा श्रीमती र एक छोरा समेत रहेका उनले अर्काकी श्रीमति भगाए । उनको यो तेश्रो विवाहा थियो । जुन घटनाका बारेमा फेसबुक र टवीटर जस्ता सामाजिक संजालमा निकै बहस भयो । सामाजिक संजालमा हुने यस्ता बहसलाई पछिल्लो समयमा नेपाली मुलधारे संचार माध्यामले समेत प्राथमिकता दिने चलन शुरु भएको छ । सामाजिक संजालका प्र्रयोगकर्ताहरुका लागि यो पक्कै पनि खुसिको कुरा हो ।

Sunday, July 1, 2012

जनता यस्तो चाहान्छन नेता ज्यू [Leader]

तेह्रथुमका 'सोम खनाल' ले एमालेका नेता तथा जनजातीका नेता " बिजय सुब्बा " लाई अनलाइन खबरमा लेख्नुभएको पत्र

बिजय सुब्बा ज्यू,

नमस्कार । तपाईले मलाई नचिन्नु स्वाभाबिक छ,तर म तपाईलाई चिन्दछु किनकि तपाईलाई तेह्रथुमबाट चूनाव जिताउन भोट दिने मात्र हैन अहोरात्र खटेर भोट माग्दै गाउ गाउ डुल्ने अभागि “शासक” बाहुन हु म । मैले जुनबेला तपाईलाई कुनै जात या थर नसम्झी भोट खसाल्दै थिएं, ठिक त्यहि बेला मेरा जातका मात्र हैन मेरै नाता भित्रका डोलेश्वर गौतमको जमानत जफत हुदै थियो । तर मैले त्यसको किमार्थ चिन्ता गरिन किनकि तपाई र मेरो बर्गिय नाता जातिय नाता भन्दा कता हो कता नजिक थियो । तपाईले जित्दा मैले आफै जिते जसरी खुशी मनाएको थिए । हुन त तेह्रथुमका जनताले आज सम्म कुनै पनि गैर लिम्बु सभासदको मुख देख्न पाएका छैनन् तथापि त्यहाका बाहुनहरूलाई कुनै पछुतो थिएन र छैन पनि । मैले तपाईकाबारेमा जाने बुझेको कुरा गलत हैन भने तपाई पनि उही म्याङलुङ्गे तुम्बाहम्फे कुलको पुत्र हुनुहुन्छ जसका जिल्लाका धेरै गाउहरूमा अध्यापी कयौ धन्सारहरू छन्  

जहा गरीब किसानहरू मंसीरको पहिलो फसल दाखिल नगराई न्वागी सम्म खादैनन् । तपाई मैले कुरा बुझ्ने हुदा अर्थात २०४६ सालपछिको तेह्रथुमको शासक जस्तै हुनुहुन्छ, तर अहिले गाउ गाउका सोझा गरीब छेत्री बाहुन र दलित हरूमा शासक को अनुहार खोज्दै हिड्नुभाछ रे भन्ने सुन्दा छक्क परेको छु । तपाई भन्दा अघि बिष्णुकुमार तुम्बाहाम्फे र तुलसी सुब्बाहरूको शासन थियो तेह्रथुममा भने यता मेरो गाऊमा ललित बहादुर सोदेम्बा “राजा” जस्तै थिए । तपाई हामीलाई लिम्बुवान छेत्रमा अतिक्रमण गरेर बस्न
आएका परजीबी भन्ठान्नु हुदोहो, तर इतिहासले त्यस्तो बताउदैन । हाम्रा जिजुबाजेलाई पृथ्वीनारायण शाहले जबरजस्ती पाल्पा राज्यबाट घोक्र्याएर तत्कालिन किरात को अनकन्टार जंगलमा बस्न हुकुम दिए । बाध्य भएर हाम्रा पुर्खाहरु जंगलमा खेत बारी बिराएर गाउ स्थापना गरेर स्थानिय लिम्बुहरूलाई सुब्बा मानी ईज्जत दिएर बसे जुन अहिले सम्म दिएकै छन् ।

Wednesday, May 30, 2012

सावधान ! फेसबुककै कारण जेल परिएला

रोसन पुरी/उज्यालो, काठमाडौं, जेठ १७ - तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने,  एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो ।
केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ ।
सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो ।

Sunday, May 20, 2012

नेताको जातिय राजनीतिक मोह

राजनीति क्षमता हुने र नेतृत्व गर्न सक्ने व्यक्तिले गर्ने हो कुनै जात विशेषको पगरी गुथेर होइन । 

प्रेम र युद्ध सबैथोक जायज हुन्छ । यो कहावत त मैले धेरै पटक धेरैका मुखबाट सुन्दै आएको हुँ । तर राजनीतिमा पनि सबैथोक जायज भएको चै पहिलो पटक त्यो पनि आफनै मुलुकमा देख्दैछु । कसरी यो ब्लग पढ्नुस । 

यो ब्लग लेख्दाको मिती २०६९ जेठ ७ गते लाई हेर्ने हो भने जेठ १४ आउन ७ दिन मात्रै बाँकि छ । जुन गणतान्त्रिक संविधान निर्माणको डेड लाईन हो । सर्वाेच्च अदालतले यो संविधान सभाको म्याद पुनः थप्न नमिल्ने फैसला सुनाए पछि जेठ १४ पछाडी यो संविधान सभाको वैधानिकता अन्त्य हुनेछ । यदि जेठ १४ मा संविधान बनेन भने मुलुकको राजनीतिक अवस्था कस्तो होला यसले निम्त्याउने राजनीतिक शुन्यता र त्यसको प्रभाव के होला हामी बेखवर छौं ।
चार वार्षभन्दा बढी समय सत्ता र कुसर्िका लागि मात्रै समय खर्चेका नेताहरु अहिले दौडधुपमा छन् । जेठ १४ भित्रै संविधान ल्याउन सर्वदलिय सरकार गठनको प्रयास भएको छ । संघिय राज्यको संख्याका सवालमा केहि सहमति बनेको छ । यो सँगै पहिचान र जातिय राज्यको माग र विरोध चर्किन थालेको छ । दिनहुँ बन्द र हड्ताल आयोजना गरिएका छन् । जसले आमनागिरको दैनिकी प्रभावित बनिरहेको छ । मुलुकका सबै क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।

Sunday, April 29, 2012

यहि हो बाबुरामको मितब्ययी मन्त्रीमण्डल ?

चालु आर्थिक वर्ष २०६८–०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणमा एक करोड ३२ लाख रुपैयाँ खर्च गरेका छन । 

कुन मन्त्रीले कती उढ़ाये
  • स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी रु. ६ लाख दुई हजार ५८०
  •  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार
  • पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख
  • मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार
  • मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार
  • मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार 
  • मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
  • मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार
  • महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार
  •  लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार
  • गोपाल किरातीले रु. ४ लाख ६१ हजार
  • भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार
  • रामकुमार यादवले रु.१ लाख 

अव टायर बालेर शव दहन

मैले गाडीको  झ्यालबाट हेरे टायरबाट निस्किएको  धुवाँको मुस्लो आकाशमा उडिरहेको थियो ।

न्दोलनका बेला काठमाण्डौंका सडक र चोक चोकमा टायर बाल्ने त हाम्रो संस्कृति नै भइसकेको छ । तर मान्छे मरिसकेपछि अन्तिम संस्कारका लागि पनि टायरको प्रयोग हुन थालेको रहेछ । लास जलाउनका टायरको पनि प्रयोग गरिएको चै मैले जीन्दगीमा पहिलो पटक देखें ।
कुरा चैत्र महिनाको दोश्रो साताको हो । एउटा बृत्तचित्र छायंकनको सिलसिलामा म झापा जिल्लाको धाइजन गाविस ६ स्थित कालिझोरा गाउँमा पुगेको थिए । चैत्र १८ गते शनिवार तामाङ समुदायकी एक जना बृद्धाको मृत्यु भएछ । उनको तामाङ संस्कृति अनुसार अन्तिम संस्कारका लागि नजिकै रहेको जंगलमा लगियो ।

Friday, April 27, 2012

सडकमा ढल फुट्यो

पुतलिसडक राजधानी काठमाण्डुको व्यस्त शहरी क्षेत्र । दिनहुँ थुप्रै मान्छे र सवारी साधनको आवत जावत हुने यो ठाउँ विगत केहि दिन अघिदेखि ढल फुटेर ढलमग्न भएको छ । व्यस्त चोकमा दिउँसै यसरी ढल फुटेपछि बटुवा देखि सवारी चालक सबैले सास्ति पाइरहेका छन् । यहाँ थुप्रै दिन देखि ढल फुटेको छ । तर पनि सम्वन्धित सरकारी निकायको ध्यान यता पुगेको छैन । अझ रमाइलो कुरा त राष्ट्रपति देखि प्रधानमन्त्री र मन्त्रीहरु यहि बाटो भएर आवत जावत गरिरहन्छन् । कारगेड र एयरकुलर सुविधा सहितका गाडीमा दौडने यी भिआईपिहरुले समेत यो समस्या देखेका छैनन् । विगतको भन्दा आज २०६९ बैशाख १५ गते विहान ११ बजे चै यो ढलले रौद्र रुप देखायो । लौ हेर्नुस त यी तस्वीरहरु :


बाटोमा ढल छ हिड्ने कताबाट ?  सर्वसाधरण   
सडकमा यसरी ढल बगेपछि सवारी साधनले समेत सास्ति खेपे  ।    

Thursday, April 26, 2012

यस्तो छ पाँच प्रदेशको छुट्टै नयाँ सङ्घीय ढाँचा

यस्तो छ पाँच प्रदेशको छुट्टै नयाँ सङ्घीय ढाँचा
मुलुक अहिले कस्तो सङ्घीय ढाँचामा जाने भन्नेबारे बहसको चुलीमा छ। यही क्रममा अहिले बहस र छलफलमा रहेका भन्दा छुट्टै अवधारणा सार्वजनिक भएको छ। जसको आधार प्राकृतिक स्रोतको उपलब्धता र तिनीहरुको प्रभावकारी व्यवस्थापनको पक्षलाई मानिएको छ। जसअन्तर्गत ५ प्रदेशको सङ्घीय ढाँचा तयार पारिएको छ। पढौं‌- एउटा टोलीले अध्ययन/अनुसन्धानका आधारमा तयार पारेको नयाँ सङ्घीय ढाँचाको रुपरेखा :राज्य पुनर्संरचना सम्बन्धमा भू तथा जल संरक्षण समाज, नेपालले तयार पारेको अवधारणा–पत्र, २०६८

Saturday, April 21, 2012

मेरी आमा


2069  @ Kapan, Kathmandu (Photo by: Dad)
म पुर्नः जन्ममा त विश्वास राख्दिन यदि त्यसो हुन्छ भने सदैव तपाईकै कोखबाट जन्मिन पाउँ यहि प्रार्थना । 
कामले गर्दा प्रायः म घर फिर्न अबेला हुन्छ । विहान ६ बजे घरबाट निस्केपछि बेलुकाको आठ बजे तिर मात्रै म घर पुग्छु । यहि सेरोफेरोमा हरेक दिन बेलुका मेरो मोवाइलमा घरबाट फोन आइरहन्छ । बाबु त कति खेर घर आउँछस प्रायः मेरो आमाले सोध्नुहुन्छ । यो मेरो दैनिकी नै हो । आमालाई पनि थाहा छ । तर पनि उहाँले दिनहुँ फोन गर्नु हुन्छ । सायद यो नै आमाको माया हो ।
 

Friday, April 20, 2012

Mothers Love (आमाको माया)

(This is one of the most beautiful stories about mothers love. It was written for Good Housekeeping Magazine in 1933 by Temple Bailey. This is a story we should all read once in a while so we remember to respect our mothers for their love and guidance. ) 
 
Dedicated to all mothers.


Dear Suma Bhabi with her lovely child.
"Is this the long way?" asked the young mother as she set her foot on the path of life. And the Guide said:
"Yes, and the way is hard, and you will be old before you reach the end of it. But the end will be better than the beginning."
The young mother was happy, and she would not believe that anything could be better than these years. So she played with her children, she fed them and bathed them, taught them how to tie their shoes and ride a bike, and reminded them to feed the dog and do their homework and brush their teeth. The sun shone on them and the young mother cried,
"Nothing will ever be lovelier than this."

Monday, April 16, 2012

हाई हाई हाइकिङ


हाई .....हाई ....हाइकिङ....

बाँसघारिको ओरालो झरेर सानो खोल्सा हुँदै केहि उकालो चढियो । शिवहरी बनकाइलाको ठटयौलो गितमा मस्ति मार्दै हरियो जंगलको फेदमा लमतन्न फैलिएको वस्ति हेर्दै हाम्रो यात्रा जारी थियो ।
हामी हतारका यात्री हौ । त्यसैले हाम्रो यात्रा पूर्व निर्धारित भन्दा पनि हतारमा तय हुन्छ । यस पटक नयाँ वर्षको कार्यक्रम पनि त्यस्तै भयो । पहिला त्रिशुलीको -र्याफ्टिङ हाम्रो सेड्युलमा थियो । अचानक त्यो कार्यक्रम पछि सरयो र घ्याम्पेडाँडा हाइकिङ तय भयो । नयाँ वर्षको दिन १६ जना साथीहरु हाइकिङ र हल्का ड्राइ पिकनिकका लागि तयार भइयो । साधन हुने साथीहरु साधन लिएर जाने अरु चै बसबाट भक्तपुरको दधिकोट पुगियो । अनिलको घरमा भाउजु निर्मला विदेशी मित्र सौगात र अनिलको परिवारको सहृदयी आतित्थ्य सत्कार पाइयो । उसिनेको आलु छोडाएर इरादा र रजनीको सकि्रयतामा अचार तयार भयो हाम्रो यात्राका लागि । न्यौपाने परिवारसँग शुभकामना आदान प्रदान गरेर करिव साँढे आठ बजे हामीले गुण्डु गाविस-३  स्थित घ्याम्पेडाँडाको यात्रा शुरु गर्यौ ।

Friday, March 30, 2012

सगरमाथा जोगाऔ


भोलि विल गेट्सले सगरमाथाको चुचुरोको ढुंगाबाट अमेरिकामा महल बनाउन खोज्लान त्यसका लागि पनि छुट दिने ?
पैसो हुनेले सबैथोक गर्न पाइन्छ ? अरु देशमा नपाए पनि नेपालमा चै पक्कै पाइन्छ । सगरमाथको चुचुरोको ढुंगा ल्याएर घडि बनाउने कम्पनीले त्यहि कुरा पुष्टि गरिदिएको छ । यदि त्यसो होइन भने सगरमाथाको चुचुरोको ढुंगाबाट घडि बनाउने अधिकार त्यो कम्पनीलाई कस्ले दियो ? अहिले सगरमाथाको चुचुराको ढुंगोबाट घडि मात्रै बनेको छ । भोलि विल गेट्सले सगरमाथाको चुचुरोको ढुंगाबाट अमेरिकामा महल बनाउन खोज्लान त्यसका लागि पनि छुट दिने ? यदि त्यस्तै हो भने के सगरमाथाको त्यो महत्व र प्रसिद्धि बाँकि रहला त ?


विश्व सम्पदा सूचिमा सूचिकृत सर्वाेच्च शिखरको ढुंगा यस्तै व्यवसायिक प्रयोजनका लागि निकाल्दै जाने हो भने त्यो शिखरको उचाईमा कस्तो प्रभाव पर्ला खै यो विषयमा सरकारी निकायको ध्यान गएको ?

Tuesday, February 21, 2012

इतिहास मेटेर मेटिन्न

इतिहास विस्रनेले बर्तमानलाई बुझ्न सक्दैनन र भविष्य बनाउन सक्दैनन् । यो यर्थाथ हो । किन कि इतिहास हाम्रो आधार हो । आधार विना कुनै पनि वस्तुको यर्थाथ सम्भव छैन । तर नेपाली नेताहरुले यो कुरा बिरसीएका छन् अहिले । त्यसैले त यहाँ समयमै न संविधान बन्न सकेको छ न लामो समय वितिसक्दा पनि शान्ति प्रकि्रया टुंगोमा पुगेको छ । 

मुलुकमा प्रजातन्त्र हट्यो र नयाँ लोकतन्त्र आयो । राजा फालिए र गणतन्त्र आयो । जनतामा नयाँ आशा पलायो । तर मुलुकको बागडोर हाक्ने र सत्ता साचालन गर्ने हाम्रा नेता तीनै पुराना रहे । जसको मस्तिष्कमा नयाँ सफ्टवेयर छैन । त्यहि पुरानो बोतलमा नयाँ र_िक्स राख्ने काम मात्रै भयो । फलत जनता निरास हुँदैछन् । विश्वमा यस्ता धेरै परिवर्तनहरु भएका छन् । जसले त्याहाँको समग्र व्यवस्थालाई नै उथलपुथल बनाइदिएको छ । तर पनि ती मूलुकमा इतिहास मेटिदैन । बरु ती इतिहासलाई थप दहि्रलो बैज्ञानिक आधार दिइन्छ । तर नेपालको सन्र्दभमा त्यो ठ्याक्कै विपरित छ । कुनै परिवर्तन हुना साथ हामी त्योसँग जोडिएका पुराना इतिहास मेटाउन उद्य्त हुन्छौ ।

Sunday, February 19, 2012

सस्तो लोकप्रियताका लागि किन यस्तो नाटक ?

 काम गर्न नसक्ने हो भने सस्तो लोकपि्रयाताका लागि किन यस्तो नाटक मंचन गर्नु हुन्छ डाक्टरसा'ब "नयाँ जोगीले धेरै खरानी घस्छ"-नेपाली यो उखान निकै चर्चित छ । सायद तपाई पनि यहि उखानबाट प्रेरित हुनु भएको त होइन ?

पछिल्लो समयमा जब सरकार परिवर्तनको खेल शुरु भयो तब तिनै बाबुराम डाक्टरसा'ब नयाँ प्रधानमन्त्रीको एकमात्र उम्मेदवारको रुपमा फेसबुक र ट्वीटर देखि राष्ट्रिय संचार माध्यामहरुमा छाए । डाक्टरसाब प्रधानमन्त्री भएपछि मुलुकमा केहि परिवर्तन देखिनेमा सबै जनता विश्वस्त हुनु पनि स्वभाविकै थियो । मनग्गे पढेका जनयुद्धको बेलामा पनि पार्टी भित्रै फरक धार राखेर चर्चित बनेका थिए बाबुराम डाक्टरसा'ब ।


उनी सरकारको नेतृत्वमा पुगे । नेपालमा बनेको मुस्ताङ चढे । सानो चुस्त मन्त्री मण्डल बनाउने र जनतालाई राहतका प्याकेज सार्वजनिक गरे । जनताको गुनासो सुन्न हेलो सरकार भन्ने इकाइ नै खडा गरे । जनतासँग कुरा गर्न रेडियो नेपालमा प्रधानमन्त्री प्रत्यक्ष उपस्थित भए । उनले गम्भिर भएर जनताको गुनासो सुने । तर ती कुनै पनि गुनासोको निराकरण भएन ।

Monday, February 13, 2012

जीवन, पिडा र प्रकुति

जन्मदिनको आबसर परेर एक मित्र ले झमक घिमिरेको "जीबन काँडा कि फुल" भन्ने पुस्तक उपहार दिएका थिए । पुस्तकको  कै आंश पढे । जीवनको नयाँ परिभाषा सिके । जीवनमा थुप्रै उतार चाडव आउछन । जसले मानिसलाइ परिपक्क बनाउछ । तर पनि मान्छे कतिपय कुराले निक्कै मर्महात हुन्छ । सायद यो प्राकृतिक  नियम नै हो । जुन म मा नि लागु हुन्छ ।   

सरकारले जनताका लागि ल्याएको राहतको नया प्याकेज


गाडी कुदाउन तेल छैन, खाना पकाउन ग्याँस छैन, हातमा डिग्रिको सर्टिफिकेट छ जागिर छैन, अव त हुँदा हुँदै घरमा विजुलीको तार छ विजुली बत्ति छैन। बालुवाटार र सिंहदरवारमा कहिल्यै लोडसेडिङ हुदैन तर मेरो घरमा कहिले बत्ति आउँछ मलाई नि थाहा हुदैन। लौ हेर्नुस त फाल्गुन एक गते देखि लागु हुने गरि सरकारले जनताका लागि ल्याएको लोडसेडिङको राहत प्याकेज 

Sunday, February 12, 2012

सन्तोष पन्तका छोराले गरे लिङ्ग परिवर्तन

अब मलाई केटलिन पन्त भन्नु होला,' अलिकति लजाएको लवजमा उनले भनिन्, 'प्रतीक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म होइन भनेर अहिले बल्ल प्रमाणित भएको छ ।'
कलाकार सन्तोष पन्तका छोरा प्रतीक अब छोरीमा परिवर्तन भएका छन् । सानैदेखि छोरीको जस्तै व्यवहार गर्ने प्रतीकले २२ दिनअघि थाइल्यान्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका हुन् । आठ घन्टे शल्यक्रियापछि उनी पूर्णरूपमा युवती बनेको उनको मेडिकल प्रोग्रेस रिपोर्टमा उल्लेख छ । थाइल्यान्डको कन्सुरीमा अवस्थित अस्पतालमा २० दिन आराम गरेपछि उनी शुक्रबार घर फर्किए ।
त्यसलगत्तै १८ वर्षे प्रतीकले लिङ्ग मात्र होइन, नामसमेत परिवर्तन गरेका छन् । र, अब उनी भएका (की) छन्- केटलिन । 

Tuesday, February 7, 2012

जरुर साथी म पागल !


-महाकवि लक्ष्मी प्रसाद देवकोटा 

जरुर साथी म पागल !                                                                        
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब जल-किनारका जल-चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा

Tuesday, January 24, 2012

ठूलालाई मस्ति जनतालाई सास्ति

राष्ट्रपतिको सबारी एस्तो हुन्छ ?

?
"ठूलाबडा मान्छेको आसपास बस्दा राहात हैन आहात हुन बाध्य मेरो कामना छ सत्रुले पनि ठूलाबडा मान्छेको आसपास बस्नु नपरोस।"
रछिमेकमा ठूलाबडा मान्छे बस्दा आफ्नो पनि सान सौकातै अर्कै हुन्थ्यो । त्यसैले उ बेला बुढा पाकाले ठूलाबडाको छत्रछायामा बस्नु भनेर आषिस दिन्थे । घडीको सुई निरन्तर घुमिरहेको छ सुइको घुमाइसँगै थुपै्र परिवर्तनहरु भइरहेका छन । सायद परिवर्तनको यो लहरबाट अहिले यो आषिस पनि प्रभावित बनेको छ । हुन त यो नेपालीहरुका लागि प्रजातन्त्रिक युग होइन । यो त लोकतन्त्र हो रे । सायद यहि लोकतन्त्रले ठूलाबडाको छत्रछायामा बस्नु भन्ने आषिसलाई पनि प्रभावित पारेको हो । जसबाट प्रभावित हुने मध्येमा साक्षत म पनि एक हुँ।

Monday, January 16, 2012

देश हेरेको हेरै छ


हातमा शैक्षिक योग्यताका डिगि्र छन् तर काम छैन । शैक्षिक बेरोजगारहरुको संख्या दिनानुदिन बढ्दो छ । योजनाहरु थुप्रै छन् त्यसलाई व्यबाहारमा उर्तान पैसो छैन । बैंकबाट ऋण लिन धितो राख्ने जमानी छैन । प्रुष्टेशन व्याप्त छ ।
बैंक तथा वित्तिय संस्थ्मा नगद तरलता बढी भो सुरक्षित लगानीको क्षेत्र छैन । घरजग्गामा गरेको लगानी उठ्ने अवस्था छैन ।
यात्राका लागि सवारी साधन छ तर चलाउनलाई तेल छैन । पैसा तिररे तेलहाल्न पनि सोस्र फोस्र लगाउनु पर्छ । त्यहि िसंहदरवार अगाडी ६ घण्टा लाईन बस्दा पनि तेल हाल्न पाइन्न ।

Sunday, January 15, 2012

लोडसेडिङ तालिका

गाडी कुदाउन तेल छैन, खाना पकाउन ग्याँस छैन, हातमा डिग्रिको सर्टिफिकेट छ जागिर छैन, अव त हुँदा हुँदै घरमा विजुलीको तार छ विजुली बत्ति छैन।
बालुवाटार र सिंहदरवारमा कहिल्यै लोडसेडिङ हुदैन तर मेरो घरमा कहिले बत्ति आउँछ मलाई नि थाहा हुदैन। लौ हेर्नुस त माघ २ गते देखि लागु भएको लोडसेडिङ तालिका।

Sunday, January 1, 2012

सधै तेलको हाहाकार

विगत केहि दिन यता राजधानी काठमाण्डु लगायत मुलुकका सबैजसो ठाउँमा पेट्र्रोलियम पर्दाथको चरम संकट देखिएको छ। परिणामस्वरुप सडकमा सार्वजनिक तथा निजी सवारी साधनको चाप निकै कम देखिन्छ। विगतमा पनि मुलुक भित्र पटक पटक पेट्र्रोलियम पर्दाथको समस्या चर्किरहयो। कारण हरेक पटक एउटै थियो, नेपाल आयल निगमले आइओसिलाई पैसा तिर्न नसक्नु।
मुलुक भित्र जति पनि तेल पेट्रोल पम्प छन् ती सबैले पैसा लिएर मात्रै तेल विक्रि वितरण गर्छन्। अनि नेपाल आयल निगमले पनि ती पेट्रोल पम्पलाई पैसा लिएरै तेल विक्रि गर्छ। अझ अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढ्दा नेपालमा समेत पेट्र्रोलियम पर्दाथको मूल्य बढ्ने गरेको छ।

पत्रिकाको बढ्यो मूल्य, घट्यो विक्रि

पत्रिका प्रकाशन गर्दा हुने खर्च यसको विक्रिबाट हुने आम्दानीले चल्दैन, यो विश्वव्यापि मान्यता हो। यसका लागि विज्ञापन नै पहिलो शर्त मानिन्छ। अहिले जुन जुन पत्रिकाले मूल्य बढाएका छन्, यीनै पत्रिकाले सबैभन्दा बढी विज्ञापन प्रकाशन गर्ने गर्छन। यति हुँदा हुँदै पनि तीनै पत्रिकाको मूल्य शतप्रतिशतले बढेको छ। 
मुलुकका चलेका दैनिक पत्रिका कान्तिपुर, नागरिक र अन्नपूर्णले कार्टेलिङ्ग गरी पत्रिकाको मूल्य शतप्रतिशत बृद्धि गरे। ५ रुपैयाँमा पाइने पत्रिको मूल्य बढेर १० रुपैयाँ पुग्यो। दैनिक उपभोग्य बस्तुको शतप्रतिशत मूल्य बृद्धि हुँदा ठूला ठूला शिर्षक राखेर समाचार दिने तिनै संचार माध्याम आफै पत्रिकाको शत प्रतिशत मूल्यबृद्धि गर्न हिच्किचाएनन्। त्यो पनि कार्टेलिङ्ग  गरेर। पत्रिकामा भएको शतप्रतिशत मूल्य बृद्धिबाट आम पाठक प्रभावित भएका छन्। मूल्य बृद्धि भएका पत्रिकाको १३ देखि १५ हजारको हाराहारीमा विक्रि घटेको अनुमान गरिएको छ। प्राध्यापक पी. खरलेले यो संख्या अझ बढी हुन सक्ने बताए।
संविधानले नागरिकलाई सूचनाको हकको ग्यारेन्टी गरेको छ। अनि मूल्य बढाउने यी ठूला ब्रोडसिट दैनिकले पनि नागरिकको  सूचनाको हकका पक्षमा आफुलाई सबैभन्दा अगाडी भएको दावी गर्दै आएका हुन।