Tuesday, August 28, 2012

यात्रा ३१ घण्टाको [The Journey of 31 hour]

बाख्रा फर्ममाँ हाम्रा साथिहरू 
"हिलाम्य पहिरन हिलाम्य बाइक र केहि थकित शरिर तर एउटा फरक र रमाइलो अनुभव समेटेर मध्यान्ह १२ बजे हाम्रो टोली गोदाम झर्यो ।" 

यात्रा भनेको सायद हतार हतारमै तय हुन्छ । अरुको सवालमा त थाहा छैन तर मेरो र मेरा केहि साथीहरुको सवालमा चै यो कुरा लागु हुन्छ । खासगरी साथीहरुसँग मैले जति पनि यात्रा गरेको छु ती सबै नै हतार हतार र विना तयारी गरिएका छन् । यस पटक पनि त्यहि कुराले निरन्तरता पायो । २०६९ को नयाँ वर्षमा घ्याम्पे डाँडा हाइकिङ गएपछि साथीहरुसँग कतै गइएको थिएन । भदौ ९ गते शुक्रवार विहान १० बजे कन्चनको म्यासेज आएपछि योजना बन्यो ।

लोकल काक्रो खादै 
शुरुमा त मैले यो शुक्रवार जान नभ्याउने बताएको थिए । विष्णुको लगातारको फोन अनि अनिल र भवानीको मनसाय पनि कतै जाने भन्ने थियो । मुकुन्दलाई सम्पर्क गरेको उसको काम विशेषले नभ्याउने भयो । अब्दुल्लाहलाई फेसबुकमा म्यासेज गरे रेपोन्स आएन । दिउसो २ बजे सम्म पनि यो यात्रामा जाने नजाने मेरो टुंगो भइसकेको छैन ।
सबैजना साथीहरु समय मिलाएर घुम्न जानपाए हुने भन्ने मेरो चाहाना तर यो सम्भव भएन । केहि साथीहरु यात्राका लागि तयार भइसकेका थिए अनि केहिको समय नमिल्ने भएको थियो । लोकतन्त्रमा बहुमतको कदर मान्नु पर्ने नै भो । वेलुका पाँच बजे यात्राका लागि निस्कने भइयो । अनिललाई मित्रपार्कबाट पिक गरेर बागबजार पुगियो जाहाँ विष्णु र भवानी हामीलाई कुरिरहेका थिए । कन्चन किर्तिपुरमा थियो । हामी पाँच भाईको यो यात्राको गन्तब्य कुलेखानी तय भयो । 

लौ फोटो  खिचौ 
सिमसिम पानी परिरहेको छ रेनकोट ओढेर हाम्रा दुईवटा भटभटे कुलेखानी तर्फ मोडिए । कन्चन किर्तिपुरबाट यात्रामा जोडियो । हामी एक घण्टा ढिलो भयौं । बाटोमा रमाइलो गर्दै जानु हुन्थ्यो-यात्राका बारेमा कन्चन बताउँदै थियो । घडिमा करिव ६ बज्न लागेको छ हामी दक्षिणकाली पुग्यौं । वेलुका बस्ने ठाउँको टुंगो छैन त्यसैले बाटैमा रहेको सुपरमार्केटबाट केहि ड्राइफुड किनियो । करिव २० मिनेटको अलमल पछि हामी कुलेखानीका लागि रवाना भयौं । केहि तरपाया तरपाया बाटो छिचोल्दै हामी मानेभन्ज्याङ पुग्यौ । भन्ज्याङमै रहेको सानो झुपडि होटलमा हाम्रो लागि चिया तयार भयो । एक एक कप चिया पिएर हाम्रो यात्रा अगाडी बढ्यो । एउटा बाइकमा म र अनिल अर्कामा कन्चन र विष्णु अनि एउटामा भवानी एक्लै ।

काक्रो टीप्दै अनिल 
बाइक पंचर टाल्दै प्रेम लामा 
साँझ झमक्कै पर्यो । कच्चिबाटो करिव २० किलोमिटर यात्रा बाँकि नै छ । विचमा बस्ने होटलहरु छैनन् । बस्नको लागि मार्खुसम्म पुग्नु छ । त्यसैले कन्चनको बाइकलाई पछ्याउँदै भवानी र मेरो बाइक दौडिरहेका छन् । मानेभन्ज्याङबाट हिडेको करिव २० मिनेट कन्चनको बाइक पन्चर भयो । वरिपरि वस्ति छैनन् । जंगलको वीचमा बाइक पंचर भएपछि यसको केहि विकल्प हामीसँग थिएन । भवानीको बाइकमा विष्णु बसे अनि कन्चन पंचर भएको बाइकमै बसेर यात्रा फेरी शुरु भयो । करिव पौने आठ बजिसकेको छ । हामी सल्ले भन्ने ठाउँमा पुग्यौ । बाटो छेऊमा एउटा होटल रहेछ । ढुंगा खोज्दा देउता मिल्यो भनेझै भाग्यवस त्यहि होटलका संचालक बाइक पन्चर बनाउदा रहेछन । तर काम गर्ने छोरो बाहिर गएको भन्दै होटलवालाले हाम्रो बाइक बनाउन मानेनन् । केहि वेर अनुरोध गरियो तर पनि उनले बाइक नबनाउने बताए । हामीले आफनो परिचय दियौं त्यसपछि भने उनी बल्ल तयार भए । ट्युव फेर्नु पर्ने भएछ । सबैजना लागिमेली गरेर बाइकमा नयाँ ट्युव फेरियो । हामीले याहाँ करिव आधा घण्टा समय वितायौं ।

कुहिरोसंग लुकामारी खेल्दै देउरालीबाट ओरालो लाग्दै हामी 
बाइकमा ट्युव फेरेको ज्याला समेत गरेर होटलवालाले ५५० रुपैयाँ लिए । तुलनात्मक रुपमा यो मूल्य महंगो भए पनि रातको समयमा ती होटलवाल साहुजीले हामीलाई ठूलो गुण लगाए । हिड्ने वेलामा मैले ती साउजीलाई उनको नाम सोधे उनले जावफ दिए प्रेम लामा । पत्रिकामा तपाईको नाम हालौला भन्दै हामी अगाडी बढ्यौ । करिव नौ वजे हामी मार्खु पुग्यौं । मार्खु बजारमा रहेको एउटा होटलमा बास पयौं । केहि समय रमाइलो गरियो । साथी विष्णुको अंग्रेजी भाषण अनि भवानीको हाँसो निकै स्मरणिय रहयो । यात्राका अवधिमा मुकुन्द र अब्दुल्लाह लगायतका केहि साथीहरुलाई निकै मिस गरियो ।

कुलेखानीमा फोटो सेसन गर्दै 
भोलिपल्ट विहान कुलेखानी ड्यामको मुहान तिर घुमियो । लोकल काँक्रो किनियो । करिव एक घण्टाको घुमाई पछि हामी होटल फर्कियौं । हल्का नास्ता गरेर हामीले बाख्रा विकास फर्म हुँदै चित्लाङबाट काठमाण्डौको रुट तय गर्यौ । बाख्रा विकास फर्म निकै रमाइलो छ । एक वर्ष पहिला पनि म त्याहाँ पुगेको थिए तर त्यतिवेला यो हरियाली थिएन । केहि वेर फोटो सेसन भएपछि हामी चिल्लाङ तर्फ लाग्यौ । देउराली पुग्नै लाग्दा कुहिरोले सडक छपक्कै ढाक्यो । हामी केहि वेर देउरालीमै रोकियौ । जहाँ २०६८ सालको नयाँ वर्षमा हाइकिङ जाँदा हामीले निकै रमाइलो गरेका थियौ ।
मार्खुको  गाऊ  घुम्दै हामी 
विहानको करिव साँढे १० बजिसकेको थियो । त्यसैले हामी देउरालीबाट ओरालो लाग्यौ । कुहिरोले सडक छपक्कै ढाकेको छ । कच्चि सडक त्यसमाथि वर्षाद्ले हिडडुल गर्न समेत मुस्किल हुने अवस्थाको सडक मोटरसाइकलको यात्रा पक्कै पनि सहज थिएन ।
मेरो बाइक अनिलले चलाइरहेको थियो । म पछाडी बसेको भए पनि मनमा डर लागि रहेको थियो । हुस्सुसँग लुकामारी खेल्दै हिलाम्य सडकमा बाइक चिप्लदै थिए । बाटोमा राजधानीबाट गएका हाइकिङ टोलि पनि भेट्टियो । जसले हामीलाई दुइ वर्ष अघिको हाम्रो हाइकिङको याद दिलाइरहेका थिए । हिलाम्य पहिरन हिलाम्य बाइक र केहि थकित शरिर तर एउटा फरक र रमाइलो अनुभव समेटेर मध्यान्ह १२ बजे हाम्रो टोली गोदाम झर्यो ।

करिव ३१ घण्टाको यो यात्रामा मुस्किलले रातीको ५ घण्टा हामीहरु निदायौ बाँकि २६ घण्टा हामी बाइकमा चिप्लेटी खेल्दै र प्रकृतिसँग लुकामारी खेल्दै बित्यो । त्यसैले हतारमै तय भएको भए पनि यो यात्रा हामी सबैका लागि निकै स्मरणीय रहयो । 

5 comments:

  1. राम्रो लेखाइ तर अझै दम पुगेन कि जस्तो लाग्यो । बाटोमा भनेका शब्दहरु प्रयोग गर्दा राम्रो । तर पनि दामी छ ।

    ReplyDelete
  2. Tyo ta ho dude tara blog dherai lamo hune bhayo short curt ma yestai bhayo .....anyway thnx for comment

    ReplyDelete
  3. That's called the friends in the need is friends in the deed!! just awesome

    ReplyDelete
  4. Friend must be like that,

    ReplyDelete
  5. Rock this FRIENDSHIP and rock the tour!!! Bindass

    ReplyDelete