Saturday, November 26, 2011

स्टिभ जब्स र नेपाली मिडिया

स्टिभ जब्स असाध्यै राम्रा मान्छे हुन। उनले प्रविधिको विकासमा दिएको योगदानको तुलना जो कोहि सँग हुन सक्दैन। त्यसैले म पनि उनको जर्वजस्त फ्यान हुँ। उनी जिवितै छँदा नेपाली मिडियामा खासै छाएनन्। एक दुई सूचना र प्रविधिका लेखहरु बाहेक जब्सको कतै चर्चा भएन। कतिपयलाई त एप्पलको संस्थापक जब्स पनि हुन भन्ने सम्म पनि थाहा थिएन होला।
तर जब स्टिभ जब्सको मृत्यु भयो त्यसपछि भने उनको बारेमा नेपाली मिडयाले चाहिने भन्दा बढी हल्ला गर्‍यो। जब्स यस्ता, उस्ता आदी इत्यादि लेख्यो। मानौ अव यो संसारमा प्रविधिको विकास नै रोकिने छ। यहि शैलीमा नेपाली मिडिया अहिले पनि जब्सका बारेमा समाचार लेखिरहेका छन्। मिडियामा जब्सको बारेमा लेख रचनाको बाढी नै आयो।

Friday, November 25, 2011

फेसबुकमा राप्रपा नेपाल





आफना गतिविधिको जानकारी दिन अव नेपालका राजनीतिक दलले समेत सामाजिक संजाल फेसबुकको प्रयोग गर्न थालेका छन् । यो काममा राप्रपा नेपाल सबैभन्दा पहिलो बनेको छ । यसले फेसबुकमा आफनो पेज बनाएको छ । www.facebook.com/rppnepal  का नाममा बनाइएको उक्त पेजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अर्का नेता पद्मशुन्दर लावतिको तस्विर राखिएको छ ।

यो ब्लग तयार गर्दाको समय मंसिर ९ गते बेलुका ८ बजेर ४५ मिनेटसम्म एकहजार बत्तिस जनाले यो पेजलाई लाईक गरेका छन् । यो समयसम्म एकसय चार जनाले यो पेजको बारेमा कुरा गरेका छन् । राप्रपा नेपालले गरेका विभिन्न गतिविधिलाई तस्विर सहित यो पेजमा राखिए छ । 

Wednesday, November 23, 2011

भूगोलको र प्राकृतिक श्रोतका आधारमा राज्य पुर्नसंरचना

नेपाल बहुजातिय, बहुभाषिक र बहुसास्कृतिक आयाम भएको मुलुक हो।सानो भूगोल तर जातियताका आधारमा यति धेरै विविधता सायद विश्वमै नमुना होला। तर यहि विविधता र हाम्रो पहिचान माथि राजनीति गर्न खोजिदै छ, जातियताका आधारमा राज्य पुर्नसंरचना गरेर।                                                                                                     जातियताको आधारमा गरिने राज्य पुर्नसंरचनाले न त नेपाललाई विकासको बाटोमा अगाडी बढाउँछ न नेपाली जनताले चाहेको शान्तिको चाहाना नै पुरा हुन्छ। त्यसैले जातियताको आधारमा हैन, भूगोल र प्राकृतिक श्रोतका आधारमा उत्तर दक्षिण मिलाएर संघिय राज्य घोषणा गरियोस। यसका लागि सम्वन्धित क्षेत्रका विज्ञहरुसँग राय सल्लाहा लिने काम गरियोस। नत्र नेपालमा जातियताका नाममा द्धन्द्धको शुरुवात हुने छ ।

Monday, November 21, 2011

"Breaking My Heart"

 एमएलटिआर ब्याण्ड राजधानीको टुडिखेलमा गित गाउदै 
                        तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
I'm on the floor
counting one minute more
Noone to break the silence


Staring into the night
all alone but that's alright
It's the feeling deep inside I don't like


[Chorus:]
There is no excuse my friend
for breaking my heart
breaking my heart again
This is where our journey ends
Your breaking my heart again

Thursday, November 17, 2011

ऐश्‍वर्याको छोरी र हाम्रो पत्रकारिता

ऋषिकेश दाहाल

भारतीय अभिनेतृ ऐश्‍वर्या रायले छोरी जन्माइन्। आज (मंसिर १, २०६८)को गोरखापत्रले यो समाचार पहिलो पेजमा फोटोसहित छाप्यो। उनी आमा बनेलगत्तै हिजो भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दिनभरि नै प्रमुख समाचारकोरुपमा यो विषयले स्थान पायो। नेपालका चलेका केही अनलाइन पोर्टलले पनि यसलाई मेन न्युजकै रुपमा पस्के। तर, विश्‍व सुन्दरी रहिसकेकी ऐश्‍वर्याको सन्तान प्राप्‍तीको समाचारले भारतीय पत्रकारिताको मोडमा केही परिवर्तनहरुका संकेतहरु देखाएको छ। 

भारतीय मिडियालाई आलोचना गर्नेहरुले प्रमुख तीन कुरामा गाली गर्ने गर्छन्, पहिलो क्रिकेट। क्रिकेटको कुनै पनि स्पर्धामा भारतले जिते जयजयकार र हारे धिक्कार्नु भारतीय 'मिडियाको धर्म' भएकोमा उनीहरुमाथि नकारात्मक टिप्पणी हुने गर्छ। दोस्रो सिनेमा। सिनेमा र टेलिभिजनका रियालिटी सोका अंशहरु घन्टौं प्रसारण गरेर समाचार च्यानलहरुले आफ्नो 'वास्तविक' चरित्र देखाइरहेका हुन्छन्। तेस्रो हो अपराध अर्थात 'क्राइम'। अपराधका घटनालाई यति कथानक बनाइन्छ कि समाचार च्यानलमा समाचार या सिरियल के हेरिँदैछ भन्ने पत्तो पाउन सकिन्न। 

Thursday, November 10, 2011

मुस्ताङ गाडीमा मनमौजी यात्रा

हरिबहादुर थापा


सस्तो 'मेड इन नेपाल' मुस्ताङ गाडीमा बाबुराम भट्टराईले प्रधानमन्त्री पदको शपथ लिएपछि शासकीय संयन्त्र 'मितव्ययी' बाटोमा जानेछ भन्ने आशा धेरैले लिएका थिए । त्यति मात्र होइन, भट्टराईको प्रतिबद्धतामा विश्वास गर्नैपर्ने माहोल पनि सिर्जना भएको थियो । तर जब मंगलबार मन्त्रिपरिषद् ४६ सदस्यीय पुर्‍याए र हत्याका अपराधीलाई आममाफी दिने निर्णय लिए, यसले धेरैको आशामा तुषारापात गरेको छ । हुन त उनले प्रधानमन्त्री भएपछि मितव्ययी र शासकीय सिद्धान्तविपरीतका अन्य केही क्रियाकलाप नगरेका होइनन् तर सकारात्मक बाटामा हिँड्छन् भन्ने सकारात्मक अपेक्षासहित ती गलत निर्णयहरू 'गौण' मानिएका थिए ।

नेपाली राजनीतिमा बाबुराम 'सकारात्मक पात्र' का रूपमा चित्रित थिए । प्रधानमन्त्री बनेको प्रारम्भिक दिनमा उनीविरुद्ध कसैले नकारात्मक धारणा व्यक्त गर्‍यो भने त्यही मानिस नै आलोचनाको पात्र बन्थ्यो । 'भट्टराईलाई काम गर्न देऊ' भन्ने टिसर्टमा युवाहरू लामबद्ध उभिँदै थिए । तर यतिबेला आशा उमारेर लहलह बनाइसकेपछि छिमल्ने बाटामा आफैं लागेका छन्- प्रधानमन्त्री भट्टराई । उनी बिनाहिचकिचाहट विवादित निर्णयहरू गर्ने, शासकीय दृष्टिकोणअनुरूप आवश्यक निर्णयहरू नगर्ने र गलत निर्णय लिने मन्त्रीहरूलाई कारबाही गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्नु व्यावहारिक तथा राजनीतिक दुवै हिसाबले उचित थिएन । अझ यति ठूलो आकारमा पुर्‍याउनु उनकै निम्ति घातक निर्णय हो । उनी आफैं भन्दै थिए- 'यही मन्त्रिपरिषद्लाई राष्ट्रिय सहमति सरकारको स्वरूप प्रदान गर्छु ।' मन्त्रिपरिषद् विस्तार गरेर ४६ सदस्यीय पुर्‍याएपछि कांग्रेस र एमालेलाई कहाँ राख्ने ? अर्कातिर सातबुँदे सहमतिमा चाँडै राष्ट्रिय सरकार बनाउने घोषणा गरिसकेपछि छोटो अवधिका निम्ति मन्त्री र राज्यमन्त्री थप्नुको कुनै अर्थ थिएन । यसबाट भट्टराईको मितव्ययी नीति केवल ढोँग मात्र हो भन्नेहरूलाई स्पष्ट आधार मिलेको छ ।