Wednesday, June 8, 2016

कालो पोथी कि सेतो पोथी ?

फिल्मको मुख्य कथा यहि सेतो पोथीमा घुमेको छ । तस्वीर इन्टरनेटबाट 
फिल्मको पुरै कथा सेतो पोथिमा घुमेको छ तर शिर्षक कालो पोथी जुराइएको छ । यो त जुन गोरुको सिंग छैन उसैको नाम तीखे भनेजस्तै भएन र ? 

तिपय कलाकर्मि तथा समिक्षकले कालो पोथि फिल्म नेपाली इतिहासमै उत्कृष्ट भनेर प्रचारबाजी गरे । सामाजिक संजालहरुमा यसैको चर्चा भइरहेको छ । अनलाइन तथा मूलधारे संचार माध्याममा यहि फिल्मको चर्चा छ । अन्तराष्ट्रिय पुरस्कार जितेको फिल्म, महंगो मूल्यमा नेपालमा प्रर्दशनको अधिाकार किनिएको फिल्म यस्ता धेरै समाचारहरु र प्रचारहरु आइरहेका छन् । पत्रकार दिपक भट्टराईको शब्द सापटि लिनु पर्दा यो फिल्म नहेरे सोसाइटीमा नपरिने डर भो । त्यसैले अफिसकै काम छोडेर फिल्म हेर्न गइयो । तर फिल्म प्रचार गरे जस्तो उत्कृष्ट लागेन । त्यसैले फिल्मको बारेमा केहि लेख्न मन लाग्यो र लेख्दैछु । 

शुरुमा त फिल्मको नाम कालो पोथी किन राखेको मैले बुझिन । चलचित्रको शुरुमा देखाइने बृद्ध व्यक्तिले कालो पोथि बोकेको दृष्य शिर्षकको पुष्टिका लागि मात्रै राखिएको छ । फिल्मको पुरै कथा सेतो पोथिमा घुमेको छ तर शिर्षक कालो पोथी जुराइएको छ । यो त जुन गोरुको सिंग छैन उसैको नाम तीखे भनेजस्तै भएन र ? फिल्मको कथा हाल बनिरहेका  परम्पराबादी धार भन्दा फरक छ । तर प्रस्तुतिकरण निकै फितलो र दिक्क लाग्दो छ । मुगु भूगोलका हिसावले निकै विकट छ तर फोटोग्राफरका लागि भर्जिन छ । ती दृष्यलाई फिल्मको कथा अनुसार निकै आर्कषक तरिकाले प्रस्तुत गर्न सकिन्थ्यो । रारा तालमा बालकहरुले रगत पखालेर नुहाएको दृष्यलाई मुर्माटप बाट राराको फूल फ्रेम राखेर देखएको भए कति आर्कषक देखिन्थ्यो होला ? 
फिल्म निर्माण गर्ने काम सजिलो होइन तर पर्याप्त आर्थिक श्रोत र उतकृष्ट प्रविधि अनि भर्जिन लोकेशन हुाँदा हुँदै पनि फिल्म सामान्य बृत्तचित्र जस्तो बन्न पुगेछ । विभिन्न धर्मका बारेमा देखाइका सांकेतिक दृष्यहरु त्यो उमेरको बच्चाको कल्पनामा आउँछ होला र ? अनि फिल्ममा त्यो दृष्य किन राखिएको हो ? कथालाई राम्रोसँग प्रस्तुत नगरिएकै कारण फिल्म २ घण्टा भन्दा पनि कम समयको छ । 
कर्णाली अञ्चलमा बोलिने भाषालाई नेपालीमा सव टाइटल राखेर दिइएको छ । तर डाइलगमा बोलेको शब्द अर्कै अनि सब टाइटल अर्कै राखिएका छ । थुपै्र ठाउँमा यस्ता कमजोरी छन् । ठूलो बजेटमा बनेको र विदेशी टिम समेत सहभागि रहेकोले यो फिल्म प्रविधिक रुपमा पनि निकै राम्रो हुनु पर्ने हो । विदेशमा समेत निकै चर्चा पाएको यो फिल्म निकै उत्कृष्ट होला भन्ने मेरो अपेक्षा थियो । तर यर्थाथमा यो हालका नेपाली फिल्म जस्तै औसत फिल्म लाग्यो । 
फिल्ममा कथा भन्दा बाहेक उत्कृष्ट उनीहरुले खै के देखे मैले बुझन सकिन । उनीहरको कुरा सुन्द्या मैले फिल्म बुझिन जस्तो लाग्छ । तर मैले एउटा दर्शकका नाताले फिल्मका बारेमा जस्तो अवधारणा बनाएको थिए फिल्म त्यस्तो पाइन । नेपाली चलचित्रको शुभेच्छुक भएका नाताले राम्रा नेपाली फिल्म बनुन भन्ने चाहान्छु । तर व्यापक मिडियाबाजी गरेर चामलको भाउमा पिठो विकाउने काम नगरेको भए राम्रो हुन्थ्यो । 

No comments:

Post a Comment