Monday, June 13, 2016

स्त्रीका बारेमा चाणक्यको ७ रहस्य


अनृतं साहसं माया मूर्खत्वमतिलोभिात 
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
चाणक्य नीति प्रख्यात छन्  सदियौदेखि कयौ राजा महाराजाहरु यिनै चाणक्यको नीति अनुसार आफ्ना नियम कानुनहरु निर्माण गरेर राजकाज गरेका थिए  नेपालका राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीति बाट प्रभावित थिए  चाणक्यले नारी अर्थात स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति  बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन  केहि नकारात्मक पनि  केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्विक तुल्याइदिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन  विशेष गरि स्त्री जातिका गुण, दोष बानी व्यहोरा  महत्वका बारेमा लेखिएका केही कुराहरु जान्नका लागि हेरौ के भन्छन चाणक्य 

१.स्त्री कस्ता हुनुपर्दछ ?
ते पुत्रा ये पितृर्भक्ता :  पिता यस्तु पोषक : 
पन्मित्रं यत्र विश्वास : सा भार्या यत्र निवृति : ।।
पुत्र तिनै हुन् जो पितृभक्त छन्  पिता त्यही हो जसले पालना गर्दछ, त्यही मित्र हो, जसको विश्वास   त्यही स्त्री हो जसमा सुख  
२.कस्ता स्त्रीको छनौट गर्ने ?
विषादप्यमृतं ग्राहममेध्यादपि काञ्चनम् 
नीचादप्युत्तमां विद्यां स्त्रीरत्नं दुष्कुलादपि ।।
अर्थात विषबाट पनि सुधालाई,अपवित्र वस्तुहरुबाट पनि सुनलाई,नीच मनुष्यहरुबाट पनि उत्तम विद्यालाई,दुष्ट कुलबाट पनि रत्नरुपी स्त्रीलाई लिनुपर्छ 
३.स्वर्ग कहाँ  ?
यस्य पुत्रो वशीभूतो भार्या छन्दानुगामिनी 
विभवे यश्च सन्तुष्टस्तस्य स्वर्ग इहैव हि ।।
जसको पुत्र आज्ञाकारी   स्त्री इच्छा अनुसार चल्दछे तथा जसले ऐश्वर्यमा सन्तोष गर्दछ त्यसलाई स्वर्ग यही नै   अर्थात राम्रो  आफुले भनेको मान्ने स्त्री पाएमा स्वर्ग यहि  
४.क–कसको भर पर्नु हुदैन ?
नदीनां  नखीनां  श्रृङ्गीणां शस्रपाणिनाम् 
विस्वासो नैव कत्र्तव्य : स्रीषु राजकुलेषु  ।।
नदीहरुको,शस्रधारीहरुको,नङ्ग्रा  सिंह भएकाको ,स्त्रीहरुको  राजकुलको कहिल्यै विश्वास नगर्नु 
 .स्त्री जातिको स्वाभाविक शक्ति :
स्त्रीणां द्विगुण आहारो लज्जा चापि चतुर्गुणा 
साहसं षड्गुणं चैव कामष्चाष्टगुण : स्मृत : ।।
स्त्रीहरुको भोजन दुई गुना,लज्जा चार गुना,साहस  गुना  काम आठ गुना बढी हुन्छ ।।
६.स्त्री जातिको स्वाभाविक दोष 
अनृतं साहसं माया मूर्खत्वमतिलोभिात 
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
असत्य बोल्नु,उत्ताउली हुनु,कपटी हुनु,मूर्खता,अत्यन्त लोभ,अपवित्र  निर्दयता स्त्रीहरुका स्वाभाविक दोष हुुन
७.कस्ता स्त्रीको बिश्वास गर्न हुन्न ?
जल्पति साद्र्वमन्येन पश्यन्त्यन्नं सविभैमा : 
ह्दये चिन्तयन्त्यन्यं  स्त्रीणामेकतो रति :।।
जो स्त्री अर्काको साथमा भाषण गरेर हिड्दछे, अर्कालाई विह्वल भएर हेर्दछे, ह्दयमा अर्काको चिन्ता गर्दछे त्यस्ता स्त्रीहरुको प्रीति कहियै पनि एउटामा रहँदैन त्यस्ता स्त्रीहरुको बिश्वास गर्नु हुन्न 
(नोट: यो सामग्रि समाजिक संजालबाट साभार गरिएको हो)

No comments:

Post a Comment