Sunday, March 15, 2015

सपना देख्नुस् र, सपना पछ्याउनुस्

विनोद चौधरी
साभार:अन्नपूर्ण पोष्ट दैनिक 
२०७१ चैत्र १ गते आइतबार 

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्‍याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला। तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी रहेको यो अभाव पनि आज पूरा भयो। कलेजको शिक्षा त मैले उहिल्यै सकेको थिएँ। आज तपाईंहरूसँगै दीक्षित हुँदैछु। तपाईंहरूलाई धेरै-धेरै बधाई छ- नेपालको भोलिका बिलिनियरहरूको परिचय दिइरहँदा फोब्र्सले उनीहरू दीक्षित थिएनन् भनेर अब लेख्‍न पाउने छैन। 

Sunday, March 1, 2015

मुक्तिनाथ सर:

३ माघ २०५८, दिउँसो १:१० बजे; मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै थिए। माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। सशंकित विद्यार्थीको छाडिदिने आग्रह मानेनन्। गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको कान्लामा लिएर गए। साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको भेट्टाए।