Saturday, September 6, 2014

आयो पुष्करको पुस्तक

पुस्तक विमोचनको झलक


साथीहरुसँग भट्टीमा छ्याङले मस्त मातेको समयमा निस्केको यो विचार र उनको त्यहि पागलपनले आज हामीलाई एउटा गर्विलो उपहार प्राप्त भएको छ । 
तिवेला पुष्कर शाह साईकलबाट विश्वयात्रा गर्न निस्कने तयारी गर्दै थिए त्यतिवेला म मेरो स्कूले जीवनको उत्तरार्धमा थिए । एघार वर्ष लगाएर जब उनी नेपाल फर्किए त्यत्ति वेला म त्यो स्कूले केटो कलेजस्तरको अध्ययन सकेर आफ्नै व्यवसायमा व्यस्त थिए । यो एक दशकको अवधिमा पुष्करले संसारकै अनुभव गरे तर म सँग आफनै देशका झण्डै ६७ जिल्ला घुमेको मात्रै अनुभव थियो । पुष्कर शाहसँग मेरो व्यत्तिगत चिनजान थिएन । तर पनि मिडियाबाट आउने उनी सम्बद्ध समाचारले मलाई उनको विश्वयात्राको शुरुवाती चरण देखि नै जर्वजस्त फ्यान बनाइ सकेको थियो ।  

Tuesday, September 2, 2014

सोसाइटीमा नपरिएला भन्ने डर

कुनै कुनै पुस्तक पढ्दिन भन्दा पनि यति हल्ला गरिदिन्छन कि त्यो पुस्तक नपढि सुखै पाइदैन । अर्थात पत्रकार दिपक भट्टराईको शब्द सापट लिने हो भने त्यो पुस्तक नपढे सोसाइटीमा नपरिएला भन्ने डर हुन्छ । त्यसैले मैले सोसाइटीमा पर्नकै लागि केहि पुस्तक किनेर पढेको छु । ति पुस्तक कम्ति चानचुने थिएनन । बजारमा यीनको हल्लाखल्ला नै यस्तो चल्थ्यो मानौ नेपाली लेख रचनाको क्षेत्रमा उक्त पुस्तकको प्रकाशनले एउटा ठूलै खाडल पुरेको छ । त्यो पुस्तक प्रकाशनमा नआएको भए त्यो खाडल जुगौसम्म भरिने थिएन । यो सबै प्रकाशकको पुस्तक विकाउने हल्ला थियो वा लेखकको सामाजिक मान प्रतिष्ठाका कारण अहिलेसम्म मैले बुझन सकेको छैन ।