Saturday, September 6, 2014

आयो पुष्करको पुस्तक

पुस्तक विमोचनको झलक


साथीहरुसँग भट्टीमा छ्याङले मस्त मातेको समयमा निस्केको यो विचार र उनको त्यहि पागलपनले आज हामीलाई एउटा गर्विलो उपहार प्राप्त भएको छ । 
तिवेला पुष्कर शाह साईकलबाट विश्वयात्रा गर्न निस्कने तयारी गर्दै थिए त्यतिवेला म मेरो स्कूले जीवनको उत्तरार्धमा थिए । एघार वर्ष लगाएर जब उनी नेपाल फर्किए त्यत्ति वेला म त्यो स्कूले केटो कलेजस्तरको अध्ययन सकेर आफ्नै व्यवसायमा व्यस्त थिए । यो एक दशकको अवधिमा पुष्करले संसारकै अनुभव गरे तर म सँग आफनै देशका झण्डै ६७ जिल्ला घुमेको मात्रै अनुभव थियो । पुष्कर शाहसँग मेरो व्यत्तिगत चिनजान थिएन । तर पनि मिडियाबाट आउने उनी सम्बद्ध समाचारले मलाई उनको विश्वयात्राको शुरुवाती चरण देखि नै जर्वजस्त फ्यान बनाइ सकेको थियो ।  

पुस्तकमा हस्ताक्षर गर्दै पुष्कर
त्यो समयमा वेभ म्यागजिनले पुष्करको यात्रा अनुभव छाप्ने गथ्र्याे । त्यहि पढेर उनको बारेमा थाहा पाइन्थ्यो । यसका अलवा बेला बेलामा संचार माध्याममा पुष्कर लुटिए, पुस्करको भव्य स्वागत जस्ता समाचार आउथ्यो । त्यो वेला देखि नै उनको यात्राको बृत्तान्त जान्ने इच्छा म मा जागेको थियो । आज त्यो इच्छा पुरा भएको छ । पुष्कर शाहको संसारलाई साढे पाँच फन्को पुस्तक मेरो हातमा आई पुगेको छ त्यो पनि उनकै हस्ताक्षर सहितको । शनिवार प्रज्ञा भवनको बाहिरी डबलिमा एउटा सामान्य कार्यक्रमकावीच पुष्करकी आमा र दिदीले पुस्तकको विमोचन गरे । कुनै तामझामवीच गरिएको यो पुस्तक विमोचन समारोहमा पुष्करका हितैषि मध्ये धेरैको सहभागिता थियो । 
पुष्करले विभिन्न देशमा पिएका वियरका विर्का
एउटा दौरा सुरुवाल लगाएको सामान्य मान्छे, खल्तिमा सय रुपैयाँ बोकेर साईकलबाट विश्व यात्रामा निस्क्नछु भन्दा धेरैले पुष्करलाई पागल भनेका थिए रे ! साथीहरुसँग भट्टीमा छ्याङले मस्त मातेको समयमा निस्केको यो विचार र उनको त्यहि पागलपनले आज हामीलाई एउटा गर्विलो उपहार प्राप्त भएको छ । उनले ११ वर्ष लगाएर गरेको विश्व यात्राले पुस्तकको रुप लिएको छ । अनि यो पुस्तकबाट तपाईलाई हामी विश्व यात्रा गर्ने अवसर मिलेको छ । उनले भोगका तिता मिठा भोगाईलाई अनुभूति गर्ने अवसर मिलेको छ । यो पुस्तक पाठक समक्ष ल्याउँदा पुष्कर जति खुसि छन म पनि त्यो भन्दा कम्ति खुसि छैन किनकी मेरो एक दशक देखि प्रतिक्षा सकिएको छ । अझ सबैभन्दा ठूलो कुरा पुष्करले यो पुस्तकबाट प्राप्त हुने रोयल्टिको १० प्रतिशत गरीब तथा असहाय बालबालिकाको शिक्षाको लागि खर्च गर्ने घोषणा गरेका छन् । पुष्करको यो नयाँ अभियानमा म त सहभागि भए तपाई पनि सहभागि हुने हो कि ? 

No comments:

Post a Comment