Wednesday, May 30, 2012

सावधान ! फेसबुककै कारण जेल परिएला

रोसन पुरी/उज्यालो, काठमाडौं, जेठ १७ - तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने,  एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो ।
केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ ।
सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो ।

Sunday, May 20, 2012

नेताको जातिय राजनीतिक मोह

राजनीति क्षमता हुने र नेतृत्व गर्न सक्ने व्यक्तिले गर्ने हो कुनै जात विशेषको पगरी गुथेर होइन । 

प्रेम र युद्ध सबैथोक जायज हुन्छ । यो कहावत त मैले धेरै पटक धेरैका मुखबाट सुन्दै आएको हुँ । तर राजनीतिमा पनि सबैथोक जायज भएको चै पहिलो पटक त्यो पनि आफनै मुलुकमा देख्दैछु । कसरी यो ब्लग पढ्नुस । 

यो ब्लग लेख्दाको मिती २०६९ जेठ ७ गते लाई हेर्ने हो भने जेठ १४ आउन ७ दिन मात्रै बाँकि छ । जुन गणतान्त्रिक संविधान निर्माणको डेड लाईन हो । सर्वाेच्च अदालतले यो संविधान सभाको म्याद पुनः थप्न नमिल्ने फैसला सुनाए पछि जेठ १४ पछाडी यो संविधान सभाको वैधानिकता अन्त्य हुनेछ । यदि जेठ १४ मा संविधान बनेन भने मुलुकको राजनीतिक अवस्था कस्तो होला यसले निम्त्याउने राजनीतिक शुन्यता र त्यसको प्रभाव के होला हामी बेखवर छौं ।
चार वार्षभन्दा बढी समय सत्ता र कुसर्िका लागि मात्रै समय खर्चेका नेताहरु अहिले दौडधुपमा छन् । जेठ १४ भित्रै संविधान ल्याउन सर्वदलिय सरकार गठनको प्रयास भएको छ । संघिय राज्यको संख्याका सवालमा केहि सहमति बनेको छ । यो सँगै पहिचान र जातिय राज्यको माग र विरोध चर्किन थालेको छ । दिनहुँ बन्द र हड्ताल आयोजना गरिएका छन् । जसले आमनागिरको दैनिकी प्रभावित बनिरहेको छ । मुलुकका सबै क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।