Thursday, August 19, 2010

पत्नीबाट पति बलात्कृत

श्रीमतीलाई छोडूँ मेरो भएभरको सबै सम्पत्ति उसको नाममा छ, नछोडौं यौन हिंसाको पराकाष्ठा भोग्न गाह्रो छ
काठमाडौ, - महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विशेषगरी यौन हिंसाका कुराले सामाजिक र राष्ट्रिय बहस पाइरहेका बेला एकजना पुरुषले आफूमाथि आफ्नै श्रीमतीबाट पटक-पटक बलाल्कार भएको बयान दिएका छन् ।
समाजले नामर्दको संज्ञा दिने डरले आफू सार्वजनिक हुन नसकेको बताउँदै घटना र विचारसँग उनले भने, 'म एकदमै अप्ठ्यारो परिस्थितिमा छु, श्रीमतीलाई छोडूँ मेरो भएभरको सबै सम्पत्ति उसको नाममा छ, नछोडौं यौन हिंसाको पराकाष्ठा भोग्न गाह्रो छ ।' उनको अनुभवमा पुरुषहरूमाथि पनि बलात्कार हुन्छ र त्यो बलात्कारको पीडा सहन गाह्रो हुने प्रकारको हुन्छ । पुरुषहरूमा पनि शारीरिक मात्र होइन बलात्कारको मानसिक आघातसमेत पर्छ ।

पुरुषहरूले आफूमाथिको पीडा भन्न नसकेका कारणले पनि त्यसले भित्रभित्रै मानसिक यातनाको रूप लिने उनको ठम्याइ छ । ४५ वषर्ीय ब्राह्मण जातिका -उनकै अनुरोधमा नाम नराखिएको) ती पुरुष एकपटक न्यायका लागि प्रायः महिलाहरू जाने ठाउँ कानुनी सहयोग तथा परामर्श केन्द्र पनि पुगे तर त्यहाँ पुगिसकेपछि आफ्नो कुरा जस्ताको तस्तै भन्न भने सकेनन् । भने, 'त्यहाँका कानुन व्यवसायी महिलाहरूसँग कुरा गर्दा आफ्नै दिदीबहिनीजस्तो लाग्यो, श्रीमतीको लाजमर्दो अत्याचार उनीहरूसामु भन्न सकिनँ र घरेलु हिंसा पुरुषहरूमाथि पनि हुन्छ, तपाईंहरूले विचार गरिदिनुस् है भनेर फर्किए ।' पेसाले यी पुरुष शिक्षक हुन् । महिलाबाट बलात्कार हुन सक्छ या सक्दैन भनेर सर्वोच्च अदालतमा बहस चलिरहेका बेला उनले आफ्नो पीडालाई यसप्रकारले बाहिर ल्याएका छन् । उनले भने, 'कैयौं बलात्कृत महिलालाई जस्तै मलाई पनि अप्ठ्यारो के छ भने बलात्कारको प्रमाण मसँग छैन, ममाथि भएको दृश्य म जस्ताको तस्तै अरूलाई देखाउन सक्दिनँ । सर्वोच्च अदालतमा अधिवक्ता श्यामकृष्ण मास्केले पुरुषमाथि बलात्कार हुन्छ भन्दै आफू पनि पीडित भएको जिकिरसहित मुद्दा नै हालेका छन् ।
०६५ साल असार २७ गते दायर गरेको उक्त मुद्दामा प्रधानमन्त्रीको कार्यालय, कानुन तथा न्याय मन्त्रालय, संविधानसभाको सचिवालय लगायतलाई विपक्षी बनाइएको छ । मुद्दामा पुरुषले महिलालाई मात्र होइन महिलाले पनि पुरुषलाई आशय करणी, जबर्जस्ती करणी र गैरकानुनी करणी गर्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैले यस्ता करणीहरूमा जसरी पुरुषलाई सजायको भागीदार बनाइन्छ त्यसैगरी महिलालाई पनि बनाइनुपर्छ अधिवक्ता मास्केले ठाउँठाउँमा आफू पनि यौन हिंसाबाट पीडित भएको कुरा उल्लेख गरेका छन् । उनको यो मुद्दालाई लिएर सर्वोच्च बार र नेपाल बारले एमिकस क्युरी गठन गरेका छन् जसमा महिला अधिकारका क्षेत्रमा कार्यरत महिला अधिवक्ताहरूलाई सहभागी बनाइएको छ । जसमा चर्चित अधिवक्ता मीरा ढुङ्गाना, उषा मल्ल पाठकलगायतका अधिवक्ताहरूले बहस गर्ने भएका छन् । यता मुद्दा दायर गर्न मास्केले भने पीडित पुरुषहरू चाहिए अदालतमा कुनै पनि बेला हाजिर गराउन सक्ने भनी बहसमा उल्लेख गरेको बताइएको छ ।

साभार/घटना र विचार

4 comments:

  1. what a story hahahahhaha

    ReplyDelete
  2. It all because of very much reservation for woman!!!!!

    ReplyDelete
  3. This story just wowed me!!! lolz

    ReplyDelete
  4. Oh GOD!! what is this going on in this country, guys be careful!!!!

    ReplyDelete