Thursday, March 3, 2011

म कुख्यात अपराधि !

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु ।



                                                                      फिर्र..... फिर्र ………विहान अफिस टाइम बाटोमा ट्राफिकको चाप निकै छ । त्यसैले आफनै सुरमा बाइक दौडाउँदै म अफिस जाँदैछु । लाजिम्पाट ओरालोमा ट्राफिक प्रहरीले सिठ्ठि फुकेर रोकिन संकेत गरे । कलेजबाट अफिसको यो यात्रामा मैले कुनै दूर्घटना गराएको थिइन । न त कारवाहीको भागेदार बन्ने गरी ट्राफिक नियमको बर्खिलाप गएको थिए । तर पनि ती प्रहरीले सिठ्ठि फुके मैले उनको संकेतलाई सहर्ष स्वीकार गरे र बाइकलाई किनारा लगाए । विगतमा झै ती प्रहरीले पनि लाइसेन्स र कागज पत्र खोज्लान भनेर मैले पस्रबाट ती कागजात निकाल्ने तयारी गरे । ट्राफिकले मसँग कागजात भए नभएको सोधे मैले सबै काजग भएको बताए । तर पनि उनले मलाई जान संकेत गरेनन् । उल्टै मलाई ति ट्राफिक तपाईलाई त कारवाही गर्नु पर्ने भयो नि भन्दै कड्किन पो थाले । म छक्क परे । मैले ती ट्राफिकलाई सोधे हैन मैले के गल्ति गरेर मलाई कारबाही गर्ने भन्नु भाको हैन ए बाबा लाइसेन्स र कागज पत्र बोकेर हिड्दा कारवाहीमा परिने प्रचलन कहिले देखि आएछ म सोच्दै थिए । तर ति ट्राफिकले मेरो मोटर साइकलमा राखिएको नम्वर प्लेट यातयात नियमावलि अनुसार नभएकोले मलाई कारवाहि  गर्नुको  व्यहोरा खुलाए ।

पुरानो बाइकले हैरान भएर मैले करिव ६ महिना अगाडी नयाँ बाइक किनेको थिए । बाइक निकालेर नम्वर प्लेट लेख्न जादाँ पेन्टरले चलन चल्तिमा रहेको मोडलमा मेरो बाइकका लागि पनि प्लेट बनाइदियो । त्यो प्लेट बनाएको मैले साँढे तीन सय रुपैयाँ तिरे । आज अचानक त्यो प्लेट अबैध ठहरिएछ ।

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु । उनी भन्दै गए तपाईको बाइकको नम्बर प्लेट टल्किन्छ बुझ्नै सकिदैन दूर्घटना गराएर भाग्यो भने समात्न समस्या हुन्छ ।

मैले प्रयोग गरेको नम्वर प्लेट कम्प्युराइज्ड सिस्टमबाट बनेको थियो । सम्भवतः पारदर्शी सिसामा लेखिएको भएर होला सिधै लाइट पर्दा यो टल्कन्छ । भंगेरे टाउके अक्षरमा राखिएको मेरो बाइकको नम्बर प्लेट टाढै बाट मज्जाले बुमुन सकिन्छ । त्यो पनि बुझिएन रे । हैन दुनियाले पचाउने कुरा पो गर्नु पर्छ ।

मैले उनलाई कहिले देखि यो नियमा शुरु भएको भनेर सोधे । तीन चार दिन भयो भन्दै उनले त जरिवाना भराउने रसिद पो निकाले । एक त मलाई यसको बारेमा केहि पनि जानकारी छैन । अनि अर्काे कुरा यो सडकमा गुड्ने मेरो बाइकमा मात्रै यस्तो नम्वर प्लेट राखिएको त हैन नि । अरुले पनि यस्तै प्लेट राखेर गाडी कुदाइ रहेका छन् । अनि मैले चै किन जरिवाना तिर्ने ती ट्राफिकसँग झण्डै ५ मिनेट जति चर्का चर्कि नै पर् यो । अन्तमा नम्वर प्लेट परिवर्तन गर्ने सर्तमा कथित्  कुख्यात म र मेरो काथित कुख्यात मोटर साइकल ति कानुनका पालक ट्राफिकको पाजाबाट मुक्त भयौ ।

अफिस जान हतारिदै हिडेको मान्छे म बेफवा्कमा टेन्सनमा आए । लाजिम्पाटको माछापुच्छ्रे बैक छेवैमा एउटा आर्ट सेन्टर थियो । त्यसमा नम्वर प्लेट परिवर्तनका लागि गएको । फेरी त्याहा पनि टेन्सन । आर्ट सेन्टरको मान्छे यति व्यस्त कि उसलाई मेरो कुरा सुन्न कुनै फुस्रदै थिएन । आफैले औजार खोजेर नम्वर प्लेट बनाउन दिए । दुइसय पचास लाग्छ । फुस्रद छैन पर्शी आउनु । आर्ट सेन्टरकी सहयोगीले एउटा विल थमाइदिइन् र भनिन ट्राफिकले किचकिच गरे यहि विल देखाउनु होला ।

काठमाण्डौमा सार्वजनिक सावारी साधनको यात्रा सहज छैन । अझ त्यसमाथि मिडियमा काम गर्ने मान्छे । अलि बढि नै व्यस्त होइन्छ । त्यसैले पाँच बर्ष देखि मैले मोटर साइकल प्रयोग गर्दै आइरहको छु । घण्टौ लाइनमा बसेर तेल हाल्नु राजश्व बुझाउन पहिला खाजश्व खुवाउनु कहिले दुइवटा हेल्मेटको व्यवस्था गर्नु कहिले कालो भाइजर हटाउनु अनि अव नयाँ बखेडा नम्वर प्लेट आतंक । मोटर साइकल चालकले विगत केहि वर्ष देखि यस्तै सास्ति खेप्दै आएका छन् । र म पनि यी मध्ये केहि समस्याबाट पिडित हुँ र छु । मैले चढेको मोटर साइकलले राज्यलाई बर्ष बर्षमा राजश्व तिर्छ । मेरो दैनिक कामलाई सहज बनाइदिएको छ । तर पनि किन किन आजकाल मलाई मोटरसाइकल चढेर जघन्य अपराध गरेको बोध भइरहेको छ । अव मोटरसाइकल बेचेर साइकल चढौकि भन्ने सोच्दै छु तर के थाहा भोलि फेरी साइकल चढ्नेले पनि यस्तै सास्ति खेप्नु पर् यो भने यदि त्यसो भयो भने मेरा दुइ खुट्टे साधन त मसँगै छन् । यसमा त यी नियमहरु लागु हुदैनन होला नि !

13 comments:

  1. Beautiful, Interesting one !!the article has exposed one of the greatest flaws of Traffic police.

    ReplyDelete
  2. Nice....Suman G...

    ReplyDelete
  3. Gayatri Bhatta‎@SL: hehhe thn use ur original source of transportation I mean two feet hahha... anyway nice article... n represent reality condition

    ReplyDelete
  4. Singh Is King: sad story

    ReplyDelete
  5. Tara Dhakal o ho k bhaykeo isthiti ho

    ReplyDelete
  6. Netra Tamang अब मोटरसाइकल बेचेर साइकल चढौ कि भनेर सोच्दैछु सोच्ने काम पुरा गरौ hai ani ma sochaula

    ReplyDelete
  7. Mukunda Nepal superb writing

    ReplyDelete
  8. santosh sharmaMarch 04, 2011

    nice writeup!

    ReplyDelete
  9. TAPAIKO TA MATRAI NO PLATE MA PROBLEM PARECHHA MALAI TA K SAMMA PAREKO CHHA VANE MA SINDHULI MA BASCHHU RAJDHANI JANA KAMTIMA PANI MAILE OFFICE MA 3 DINKO BIDA LINU PARCHHA RA MAILE RAJASWA TIRNA PAKO CHHUINA MALAI PANI DUKHA LAGEKO CHHA TARA SARKARLE YO TA MILAUNU PARNE HO NI GILLA MA EK TA RAJASWA COUNTER HUNU PARNE HO NI?

    ReplyDelete
  10. AnonymousJuly 01, 2012

    हाहा..........साइकल चड्नेले सायद यतिको सास्ती खेप्नु पर्दैन होला ।

    ReplyDelete
  11. traffic police are the real gunda of kathmandu!!!

    ReplyDelete
  12. some time i think they are the bad elements of society!!!!!!

    ReplyDelete
  13. I am going to purchase a cycle!!!

    ReplyDelete