Friday, March 4, 2011

पशुपतिमा छिल्लिएका साधु

पशुपतिक्षेत्र काठमाण्डौं

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुप्रै प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो । अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो । तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको छ । खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध बिक्क्री वितरण भइरहेको छ । अझ गजवको कुरा त त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् । उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको छ । युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकिर्या  छैन ।


जय शम्भो……… पार्वतीधर देखो …, 
सेताम्मे फुलेका जटाधारी लामा लामा केश दाह्री अनि जीउ भरि खरानी दलेका साधुले बाटामा हिड्दै गरेका युवतिलाई यस्तै शब्दले बोलाउँदै थिए शिवरात्रीमा दर्शन गर्न घुम्ने उदेश्यले पशुपति पुगेका युवतिहरु छिल्लिएका साधुका यस्ता सम्बोधनले लाजले राता काला हुदै हिडिरहेका थिए तर पनि नसामा लठ्ठिएका साधुहरुका यस्ता हरकत रोकिएनन् शिवरात्रीको अघिल्लो दिन टेलिभिजनका लागि केहि दृष्य छायंकन गर्ने उदेश्यका साथ क्यामरापस्रन साथी संजय खनालका साथ करिव दुई घण्टा पशुपतिमा थिए त्यहि समय गाँजामा लठ्ठिएका साधुहरुका यस्तै वाहियात हरकत गरिरहेका थिए तीर्थालु बटुवा उनीहरुका यी सबै हरकत सुने नसुनेझै गरि हिडिरहन्थे
शिवरात्रीको माहोल हो त्यसैले पशुपतिमा साधु सन्त देखि उनीहरुका चर्तिकला हेर्न थुप्रै स्वदेशी विदेशीहरुको चहलपहल यहि माहोलमा ती बयोबृद्ध साधुको यस्तो हरकत देख्दा चकित थिए अन्य बटुवाहरु पनि भन्दै थिए यी कलियुगका नाममात्राका साधु सन्त हुन यीनहरुको वास्तविकता अर्कै
मेरा क्यामरापस्रन साथी पशुपति आसपासका दृष्य कैद गर्न व्यस्त थिए मै चै साधु सन्तहरुको चर्तिकला हेर्दे ती मध्ये केहीको तस्वीर क्यामरामा कैद गर्न लागिरहेको थिए बनकाली क्षेत्रमा कोहि विस बर्ष देखि एक खुट्टाले मात्रै उभिएका कोहि शिवजीलाई एक हात चढाएर आकाश तिर फर्काएका कोही फलफूल मात्रै खाने कोहि दूधहारी यस्तै विभिन्न नामधरी साधु आफना आसन जमाएर बसेका थिए तर ती मध्ये केहि साधुहरु आफना मुखमा आए जति सबै खाले भल्गर शब्द ओकली रहेका थिए खासगरी बाटामा सुन्दर युवतिको आवत जावत हुने समयमा ती साधुहरु यस्ता शब्दको प्रयोग गरिहेका हुन्थे करिव दुई घण्टा पशुपतिमा साधुहरुकै आसपासमा विताइरहदाँ साधु सन्तको यस्ता गतिविधिबाट चकित परिरहेको थिए  

भगवानको भक्तिका लागि सांसारिक मोह त्याग गरेर हिड्ने व्यक्ति साधु हुन-मैले घर आएर शब्दकोष पल्टाएर साधुको परिभाषा हेंरे तर मैले पशुपतिमा देखेका थुप्रै साधुहरुका हकमा यो परिभाषा उल्टो थियो मन्दिर घुम्न आएका युवतिहरुलाई जथाभावि भनिरहेका थिए पैसाका लागि उनीहरु गाँजा वेचिरहेका थिए साधुहरुको गाँजाको धन्दा पनि बर्णन गर्न लायक शिवरात्रीका दिन शिबबुटी भन्दै थुपै्र युवाहरु साधुहरुसँग गाँजा किनिरहेका थिए साधुहरु दश रुपैयाँ लिएर गाँजा भरेको एक खिल्ली चुरोट बेचिरहेका थिए बाबाले बेच्ने गाँजामा पनि भयंकर मिसावट शिवबुटी खरिद गरेर स्वाद लिइरहेका गाँजाका भुक्त भोगि नेपाली युवाहरु यसै भन्दै थिए यहि मेसोमा हामीले पनि एक खिल्ली बुटि किन्यौ हामी मेरा क्यामरापस्रन साथी दुवै जना गाँजा परै जाओस चुरोटको सर्को सम्म पनि तान्दैनौ तैपनि बाबाको बुटीको तथ्य पत्ता लगाउन दश रुपैयाँ तिरेर किनियो

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुपै्र प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध विकि्र वितरण भइरहेको अझ गजवको कुरा त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकि्रया छैन । 

शिवरात्री मेलामा पशुपतिमा आउने साधुसन्तलाई यहाँको सरकारले उल्टै गाँजा दिने चलन विद्यमान धर्मगर्न आउने साधुलाई धार्मिक काम गर्न सुविधा दिइनु पर्छ तर समाजलाई नकरात्मक बाटोमा डोहोर्याउने गाँजाको प्रबर्धन गर्न प्रोत्साहन गर्ने होइन ठिकै शिवरात्रीमा शिवले गाँजा खान्छन् रे उनको भक्तिमा रहन साधु सन्तलाई पनि गाँजा चाहिन्छ दिनु पर्छ रे तर त्यो गाँजा ओठ निर्चाेदा दूध आउने कलिला युवाहरुलाई शिव बुटिका नाममा विकि्र गर्न होइन नसामा लठ्ठिएर युवतिहरुलाई छेडछाड गर्ने उन्मुक्ति दिन भगवान्को प्रांगण पशुपति मा प्रेमलाप गर्न चाहि मिल्दैन तर यहाँ गाँजाको व्यापार गर्न भने छुट लौ पशुपतिनाथ पहिला आफ्नो डगमगाउन लागेको इज्जत बचाउनुहोस् त्यसपछि श्रद्धालुको माग पुरा गर्नुहोला जय शम्भो !


No comments:

Post a Comment