Wednesday, May 25, 2011

आन्दोलनको मौसम

स्थानीय सरकारका संघ र महासंघको आन्दोलन

 बानेश्वर क्षेत्रमा नियमित आन्दोलन त चलिरहेकै थिए । सडकमा लोक गित गाउने र नाच्नेहरु थिए । सवारी साधन जाममा टि टि हर्न बजाउँदै थिए । राजधानी संगितमय बनिरहेको थियो ।





जब दिन छिप्पिदै जान्छ झण्डा तुल र व्यानार बोकेका मानिसहरु सडकमा देखिन्छन । चर्काे नारा लाग्छ नाच गानको रमाइलोले सडक पुरै छोपिन्छ । सडकमा कुद्ने सवारी जाममा पर्छन अनि राजधानीका अधिकांश सडकहरुमा सवारी व्यवस्था अस्त व्यस्त बन्छ । विगत एक साता देखि राजधानि काठमाण्डुको दैनिकी यस्तै छ । जसले आम नागरिकको दैनिकी निकै पिरोल्न थालेको छ । तर पनि यसको सुनवाई कतैबाट हुदैन र हुनेछैन । यो पक्का हो ।
राप्रपा नेपालका कार्यकर्ता पार्टीको झण्डा बोकेर उभिदै

अहिले यो आन्दोलनको उत्पादक संविधान सभा बनेको छ । समयमै संविधान बनेन राजनीतिक दलहरु सत्तको हानाथापमै रुमल्लिए । सभासद्हरु कोहि पासपोर्ट बेच्न थाले कोहि यौनकाण्ड मच्चाउनै व्यस्त रहे अनि कोहि मदिरामा लठ्ठिएर दिउसै तमासा देखाउन थाले । कोहि कुसर्ि फुटाउने अनि कपडा च्यात्दै आफना नाजायज माग पुरा गराउन उद्य्त देखिए । यस्तै यस्तै थुप्रै माहाभारतका नियमित श्रृखंला दिए यो तीन बर्षमा हाम्रा सम्माननीय सभासद्हरुले । 
एक अशक्त व्यक्ति आन्दोलनमा सहभागि हुँदै
शिव सेना नेपालको आन्दोलन
भोकै बसेर भए पनि कर्णाली जनताले संविधान बनाउन राम्रै तलव भत्ताको व्यवस्था गरेकै थिए । अनि सुस्तामा राता रात भारतीय बन्न पुगेका नेपालीहरुले पनि संविधान बने आफ्ना समस्या समाधान होलान भनेर चुप चाप सहेकै थिए । तर ती सब बेकार थिए । तीन तीन बर्षमा पनि संविधान बनेन । अव फेरी म्याद थप्ने रे । अनि जनता सडकमा नउत्रिए के गर्ने तर जनता सडकमा उत्रिदा जनतालाई नै मार परिरहेको छ ।
आन्दोलनको तस्वीर लिदै पर्यटक 

हाम्रा सभासदहरुलाई संविधान बनाउनसँग त कुनै मतलव छैन र थिएन । संविधान सभामा उनीहरुको उपस्थितीले त्यो कुरा स्पष्टै देखाँउथ्यो । त्यसैले अव संविधान निर्माणका लागि भत्ता खुवाउने गरि समय थपिनु कुनै पनि हालतमा सहि हैन । त्यसो गर्नू हुन्न जनताको चाहाना यस्तै छ । तर पनि संविधान बनाउने म्याद सकिनै लाग्दा दवावका स्वरहरु सडकमा पोखिन थालेका छन् । परिणामस्वरुप राजधानी फेरी आन्दोलनमय बनेको छ ।
सरकारले संविधान सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरको छ । तर पनि नयाँ बानेश्वर क्षेत्रमा अहिले दिनहूँ आन्दोलन गर्ने धर्ना दिने र दवाव दिनेहरुको संख्या बढीरहेको छ ।

आ आफनै माग र आ आफनै मुद्धा लिएर आन्दोलन गर्नेहरुको संख्या बढ्दै जाँदा अहिले सडकमा आन्दोलन गर्नका लागि पनि पालो पर्खनु पर्ने अवस्था आएको छ । आज एकै दिन जेठ ११ गते करिव करिव उस्तै समयमा राजधानीमा राप्रपा नेपाल शिव सेना नेपाल स्थानीय सरकारका संघ र महासंघहरुको आन्दोलन सडकमा निस्किए । बानेश्वर क्षेत्रमा नियमित आन्दोलन त चलिरहेकै थिए । सडकमा लोक गित गाउने र नाच्नेहरु थिए । सवारी साधन जाममा टि टि हर्न बजाउँदै थिए । राजधानी संगितमय बनिरहेको थियो । बाँच्नु मात्रै पर्छ यो संसारमा यस्ता धेरै कुरा देखिन्छन भन्थे हो रैछ ।

Saturday, May 21, 2011

"अँनामनगर" अर्थात नामै नभएको नगर

औलामा गन्न सकिने घर खेतको फाँट र बाँजो जमिन थोर बहुत विकासका पूर्वाधार अँनामनगरलाई चिनाउने यस्तै कुरा मात्रै थिए । तर करिव २ दशकको अवधिमा यो ठाउँ राजधानी काठमाण्डुका उच्च जनघनत्व भएका ठाउँहरुको पंक्तिमा उभिएको छ । यो ठाउँसँग मेरो करिव १८ वर्ष अघिको चिनजान हो । 
अनामनगर


मैले मेरा बालशखासँग बुर्कुसी मारेका चौरहरुको अस्तित्व सकिएको छ । साइकलबाट लडेका ती कान्लाहरु डोजर लगाएर समथर मैदानमा परिणत भएका छन् । जहाँ अहिले लाखौ मूल्यका भव्य महल ठडिएका छन् । 



बि सं २०४९ सालमा अध्ययनका सिलसिलामा स परिवार काठमाण्डौ आइयो ।  अँनामनगरका फाँटमा जाहाँ अहिले अग्ला अग्ला घर ठडिएका छन् ती ठाउँमा बाल्यवस्थामा मैले थुपै्र खेलहरु खेलेको छु । साइकल सिक्दा दाइहरुले कान्लाबाट झारेका अनुभव ताजै छन। 
अँनामनगर पारि पट्टिको थापा गाउँमा बसाई थियो । काठमाण्डौमा आफनो घर थिएन । भाडामा बस्दा कहिले के नमिल्ने कहिले के अनि बसाइ सरिरहनु पर्ने बाध्यता । करिव एक वर्षको बसाई पछि थापा गाउँ छाडियो । त्यसपिछ मध्य बानेश्वर नयाँ बानेश्वर संखमुल मिनभवन थुप्रै ठाउँमा अस्थायी बसाई सरियो । यो करिव करिव विरालोले बच्चा सारे जस्तै अवस्था थियो । थापागाउँबाट बसाई सरेपछि  अँनामनगरसँग मेरो खासै निकटता भएन । कहिले काहि यहि आसपास भएर हिडडुल गरियो तैपनि त्यतिधेरै नजिक भइएन । अध्ययनको क्रममा साथीहरुसँगको जमघटको सिलसिलामा विगत एक महिना देखि फेरी म अँनामनगरसँग नजिकिएको छु ।

जसले ती पुराना यादहरु फेरी एक पटक यो मष्तिष्कमा पुर्नजीवित गरिदिएको छ । तर अहिले अँनामनगर त्यो पुरानो अवस्थामा छैन । उ बेला औलामा गन्न सकिने घर थिए । दाहालको दैलो अर्थात यज्ञनिधी दाहालको घर भएको ठाउँबाट हामी बस्ने थापा गाउँको घर स्पष्ट देखिन्थ्यो । तर अहिले त्यो अवस्था छैन ।  अँनामनगर देशभरका मान्छेहरुको अस्थायी र स्थायी आवास क्षेत्र बनेको छ ।
कंकि्रटमय बनेको अनामनगर
मैले मेरा बालशखासँग बुर्कुसी मारेका चौरहरुको अस्तित्व सकिएको छ । साइकलबाट लडेका ती कान्लाहरु डोजर लगाएर समथर मैदानमा परिणत भएका छन् । जहाँ अहिले लाखौ मूल्यका भव्य महल ठडिएका छन् ।
भनिन्छ नि समय परिवर्तनशिल छ अनि यसले परिवर्तनका लहरहरु छाडेर जान्छ । सुनामीले झै आएको समयको त्यो लहरले  अँनामनगर पनि परिवर्तन गरि छाड्यो । अहिले यो उ बेलाको  अँनामनगर रहेन । याहुको सिङ्गो नक्सा फेरियो । बाटाघाटा फेरिए । अन्य पूर्वाधार थपिए । अनि याहाँ बस्ने मान्छे अदलबदल भैरहे समग्रमा याहाँका सबै कुरा फेरिए । तर पनि यसको पहिचान अहिले पनि फेरिएको छैन । त्यो हो यसको नाम अर्थात " अँनामनगर" नामै नभएको नगर ।

(यस ब्लगमा प्रकाशित कुनै पनि रचना साभार गरेर लिन सकिने छ)

मेट्रो जीन्दगी

गेट वे अफ इण्डिया 
विगत केहि वर्ष यता काठमाण्डौका सडकको अवस्था केहि सुधारिएको छ । कतिपय व्यस्त चोकमा ट्राफिक लाइटको व्यवस्था छ । अनि सवारीलाई व्यवस्थित पार्न ट्राफिक प्रहरीको तैनाथी गरिएको छ । तर यतिहुँदा हुँदै पनि जाम विना काठमाण्डौं शहरमा सवारी यात्रा सम्भव छैन । त्यसैले समयमै गन्तब्यसम्म पुग्न सडक जामको लागि अतिरिक्त समय छुट्टयाएर निस्कनु पर्ने वाध्यता काठमाण्डौवासीमा छ । याहाँ सार्वजनिक सवारीका साधनको त कुरै छाडौ एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक साधन समेत ट्राफिक जामको चपेटामा फसिरहेका हुन्छन् । मुलुकको केन्द्रिय राजधानी शहरको सडकको यो र्दूअवस्थाले दिनहुँ सास्ति खेपिरहेको मलाई नयाँ दिल्लीको चौडा सडक साजालले लोभ्याउनु स्वभाविक थियो । 

दिल्लीको मेट्रो रेल चढेर फर्किदै हामीहरु 
दायाँ वाँया हरियाली सफा र चौडा सडक अनि पर्याप्त फुटपाथको व्यवस्था । सवारी घनत्व बढि हुने ठाउँमा ठूला ठूला ओभरहेड वि्रज । स्पष्ट र टाढैबाट देखिने सडकको नामाकरण । रातको समयमा सडक बत्तिको उचित व्यवस्था र राजधानीका महत्वपूर्ण ठाउँलाई जोड्ने भूमिगत मेट्रो टे्रन दिल्लीका केहि पछिल्ला उपलब्धि हुन् । यी उपलब्धिलाई काखि च्यापेर यो मेट्रो शहर अवका केहि वर्षमा एसियाकै उत्कृष्ट आधुनिक शहरको रुपमा आफुलाई उभ्याउन तम्तयार भएर लागेको भान हुन्छ । भारतले अघिल्लो वर्ष कमनवेल्थ गेमको आयोजना गरेको थियो । यसैको तयारी स्वरुप दिल्लीको पूर्वाधार विकासको क्रम शुरु भयो । यो विकासको क्रम अहिलेसम्म पनि निरन्तर रुपमा अगाडी बढिरहेको छ । विकासको यो गतिलाई थप केहि बर्ष निरन्तरता दिन सक्यो भने अबका केहि वर्ष भित्रै दिल्लीले पश्चिमा मुलुकका विकसित शहरको दाँजोमा आफुलाई उभ्याउने छ । 

यो मेट्रो शहरको रात्री जीवनशैली पनि उत्तिकै आर्कषक छ । मध्यरातसम्म पनि सडकमा सवारीको चाप उत्तिकै देखिन्छ । मानिसहरुको आवत जावत चलिरहेको हुन्छ । बजारहरु व्यस्त रहन्छन् । लाग्छ यो शहर भर्खरै निन्द्राबाट ब्यूँझिएको छ । र यसले आफनो दैनिकी शुरु गर्दै छ । विकासको गति पछ्याउदै अगाडी बढीरहेको दिल्लीका यी र यस्तै विशेषता हेर्दा लाग्छ यो शहर याहाँका बासिन्दालाई मेट्रो जीवनशैलीको अभ्यास गराइरहेको छ । व्यस्त दैनिकी र बढ्दो प्रतिस्पर्धाले यहाँको जीवनलाई प्रगतिशिल बनाएको छ । सँगै सामाजिक र आर्थिक रुपमा थुप्रै उपलब्धिहरु प्नि दिएको छ । दिल्ली भ्रमणका समयमा यस्ता धेरै उदाहरणहरु त्याहाँ देख्न र प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । 
दिल्लीमा बनेका फ्लाइ ओभर 

म पनि मेट्रो शहरको बासिन्दा । करिव एक दशक अघि राजधानी काठमाण्डौलाई मेट्रो शहर घोषणा गरियो । काठमाण्डौ मेट्रो शहर त बन्यो तर यहाँ मेट्रो शहर हुनका लागि आधारभूत त्यस्ता मापदण्डहरु कुरा र कितावमा मात्रै सिमित रहे । मेरो मेट्रो सिटि सम्साँझै सुन सान बन्छ । मध्यरात नपर्दै यहाँका सडकहरु भुस्याहा कुकुरहरुको कब्जामा हुन्छन । सडकमा बत्ति त छ तर विजुली छैन । सडक त छन तर सवारी साधन कुदाउनै मुस्किल हुन्छ । खानेपानीको त कुरै नगरौ जारमा भरेको पानी किनेर खानुपर्ने बाध्यता छ । मेट्रो सहरमा सार्वजनीक शौचालयको पनि उचित व्यवस्था छैन । आँखा छलेर वा लाज पचाएर सार्वजनिक स्थानमै शौच गर्नुको विकल्प छैन । दैनिक जीवन यापनका क्रममा यी र यस्तै अन्य थुप्रै पूर्वाधारहरुको आभाव यहाँ खड्कि रहन्छ । उता दिल्ली मेट्रोको त्यो अवस्था अनि यता मेरो मेट्रो शहर काठमाण्डौको यो र्दूआवस्था १ 

करिव ५ वर्ष अगाडीसम्म दिल्लीको अवस्था काठमाण्डौको भन्दा खासै फरक थिएन । बढ्दो सवारी साधन साँघुरा र अव्यवस्थित सडक अनि अस्तव्यस्त ट्राफिक सम्यन्त्र दिल्लीको चुनौतिको रुपमा थिए । छोटो समयमै दिल्लीले ती चुनौतिलाई घटाएको मात्रै छैन । पुरानो र धमिलिएको पहिचानलाई नयाँ स्वरुप र विकासको उपलब्धिले ढाकिदिएको छ । जसको परिणामस्वरुप अब दिल्ली साँच्चिकै नयाँ दिल्ली बनेको छ । आधुनिक मेट्रो शहर भन्न लायक भएको छ । यो सबै पूर्वाधार विकासकै उपलब्धि हो । छोटो समयमै यतिका परिवर्तन १ झट्ट विश्वास गर्न गाह्रो पर्छ । तर दृढ इच्छा शक्क्ति भए असम्भव भन्ने कुरा रहेनछ भन्ने कुराको यो एउटा दह्रो प्रमाण पनि हो । पूर्वाधार विकासको यो श्रृखलालाई भारतको आर्थिक समृद्धिको सूचकको पनि मान्न सकिन्छ । त्यसैले यसको निरन्तरता भारतका लागि प्रतिष्ठाको विषय पनि हो भन्दा फरक पर्दैन । भनिन्छ दिल्लीको यो कायापलट कमनवेल्थ गेमकै देन हो । विकासका लागि यस्तै कारण चाहिने हो भने नेपालले अहिले मनाइरहेको टुरिज्जम इयर यसको लागि बाहाना बन्न सक्दैन ? 

२०६८ जेठ ७ गते शनिवारको नागरिक दैनिको घुमफिरमा प्रकाशित

दिल्ली डायरी

ताज अगाडी हामी चार भाई भवानी, म ,
नेत्र र सिताराम
दिल्ली आग्रा जयपुर बृन्द्धाबन सेड्युलमा यस्ता थुप्रै ठाउँका नाम छन् । एक हप्ताको अवधि छ । यी सबै ठाउँ घुम्ने उदेश्य लिएका छौ । तर हाम्रो यात्रालाई डोहोर्याउने कुनै गाइड छैनन् । सबै ठाउँमा अग्रेजिको पनि काम छैन हिन्दि भाषामा हामी दक्ष छैनौ । अरुले बोलको धेरै जसो कुरा बुझ्ने तर सबै कुरा बोल्न नआउने । त्यसैले भारत यात्रामा हामीले नेपाली मैथिली र हिन्दीको फयुजन भाषा प्रयोग गर् यौं । जसले हाम्रो यो भ्रमणलाई निकै रमाइलो र अविष्मरणिय पनि बनायो । कतिपय साथीहरुले यो एक हप्ते भारत भ्रमणलाई सामान्य हिन्दी भाषाको कक्षा लिए जस्तै ठाने टुटे फुटेको केहि हिन्दी समेत सिकेर आए । 
ताजमहल अगाडी तस्वीर खिचाउँदै हाम्रो गौरवशाली
पार्टीका सदस्यहरु
 

हाम्रो गन्तब्य उत्तरी र दक्षिणि धु्रव जस्तै नमिलेको रुट र दूरीका हिसावले पनि निकै टाढा । गाढीमा ती ठाउँको रुट मिलाउन पनि निकै कठिन । विहान ५ बजे देखि शुरु हुने हाम्रो यात्रा मध्य रात वा भोलिपल्ट विहानसम्म एक वजेसम्म पनि चलिरहन्थ्यो । यात्रामा १९ जना साथीहरु छौ । करिव करिव एउटा फुटबल टिम जत्रै । यत्रो टोलीलाई एकै ठाउँमा खाने वस्ने र यातयातको साधनमा व्यवस्था मिलाउन निकै कठिन । त्यसैले यात्रा त्यत्ति सहज भने थिएन । तर पनि हरेक कुरालाई रमाइलोको रुपमा लिने हाम्रा साथीहरुको वानीले निष्कर्षमा यात्रा सोचे भन्दा रमाइलो भयो । 

यात्रामा जाने मध्ये अधिकांशका लागि भारत र रेलयात्रा दुवै पहिलो अनुभव नै थियो । गोरखपुरबाट दिउसो ३ बजे हाम्रो रेल दिल्लीका लागि छुट्यो । लगातार १६ घण्टाको रेल यात्रा । अनिन्द्रा थकान अनि भोक तर पनि नयाँ ठाउँ र नयाँ अनुभव । यात्रा साँच्चै रमाइलो हुँदै थियो । यात्राको तेश्रो दिन हामी नयाँ दिल्ली झरयौ । 
दिल्ली गेटमा मुकुन्दको पोज दामी छैन त ?
दिल्लीबाट जयपुर आग्रा मथुरा र बृन्द्धाबनको साताव्यापि भ्रमण सकेर हामी नेपाल फर्कियौं । हामी जाहाँ जान्थ्यौ त्याहा निकै रमाइलो गथ्र्याै । मथुरामा आरपि जी र बिकास जीको भजनमा नाचियो दिल्लीमा सन्तोष जीको फेसियले हाँसियो मेट्रो चडियो । मेरा लागि यो यात्रा जीवनको एउटा रमाइलो र अविष्मरणिय क्षण थियो सायद अरु साथीहरुका लागि पनि । 




यात्रा घुमफिर मात्रै होइन । नयाँ ठाउँ त्याहाँको कला संस्कृति र जीवन शैलीलाई  नजिकबाट नियाल्ने एउटा अवसर पनि हो ।

रातको समयमा दिल्लीको पहाडगन्जमा घुम्दै हामीहरु
नेपाल फर्किनेक्रममा भैरहवाको बसाईमा नाच गान समेत गरियो । यात्रको बारेमा विष्लेषण पनि भयो । भोलिपल्ट विहान रिर्जभ गाडी चढेर हामी काठमाण्डौका लागि रवाना भयौ । आज हाम्रो यात्राको अन्तिम दिन थियो तर धेरै साथीहरुलाई यात्रा अझै नसकिए हुन्थ्यो भन्ने लागि रहेको थियो । 

यात्रा घुमफिर मात्रै होइन । नयाँ ठाउँ त्याहाँको कला संस्कृति र जीवन शैलीलाई नजिकबाट नियाल्ने एउटा अवसर पनि हो । यो दिल्लीको यो एक साता लामो यात्राका क्रममा मैले व्यक्तिगत रुपमा यस्तै कुरा देखे अनुभव गरे र केहि सिके । भृकुटि मण्डपको चिया गफबाट शुरु भएको त्यो योजनालाई हामीले मूर्त रुप दियौ । 

Sunday, May 15, 2011

काठमाण्डौमा बढ्दो शहरीकरण र चुनौति

शहरीकरणको विश्वब्यापि मान्यता अनुसार प्रतिहेक्टर जमिनमा१२०० जनाको जनघनत्वलाई उपर्युक्त मानिन्छ अझ यसमा पनि देखि तल्लाको घरको मापदण्ड तोकिएको तर नेपालमा अझ त्यसमा पनि राजधानी शहरमै यो मापदण्ड लागु हुन सकेको छैन सन १९६० को दशकमै काठमाण्डौको जनघनत्व अमेरिकाको न्यूर्योक शहरको भन्दा दोब्वर बढि रहेको बताइन्छ

काठमाण्डौ कला संस्कृति ऐतिहासिक शहरका रुपमा विश्वभरी नै परिचित तर पछिल्लो समयमा बढ्दो पूर्वाधारको निर्माणले काठमाण्डौले आफनो पूरानो पहिचान विस्तारै गुमाउदै गएको अध्ययनको शिलशिलामा होस वा अवसरको खोजीमा अथवा ब्यापार ब्यवसाय वा रोजगारीका कारण अहिले मूलुकका सबैजसो ठाउँका मानिसहरु राजधानी काठमाण्डौमा आउने क्रम निकै बढेको त्यसैले पनि याहाँको जनसंख्या दिन प्रतिदिन बढ्दो हुन काठमाण्डौको जनसंख्याको बारेमा गहन अध्ययन भएका छैनन त्यसैले यहाँको जनसंख्या यत्ति नै भनेर किटान गर्न सक्ने अवस्था छैन तर पछिल्ला केहि तथ्याकले काठमाण्डौ उपत्यकामा करिव ४०लाख मानिसहरुको बसोबास रहेको देखाएका छन् दिनहुँ जनसंख्याको चाप बढ्दो जनसंख्याको यो बृद्धिसँगै काठमाण्डौमा भवन निर्माणको क्रमले पनि तिव्रता पाएको त्यसैले राजधानी काठमाण्डौले अहिले आफनो विगतको पहिचान विस्तारै गुमाउदै गएको अब्यवस्थित अस्तब्यस्त शहरीकरणले ऐतिहासिक नगर कान्तिपुर अहिले क्रकि्रटको शहरका रुपमा चिनिन पुगेको
काठमाण्डौ महानगरकाको रेकर्ड अनुसार माहानगर भित्र वि।सं। २०५६ देखि वि।सं। २०६६ को एक दशकको अवधिमा ४० हजार सय ७३ वटा भवन निर्माणका लागि स्वीकृती पाएका थिए यो माहानगर भित्रको कुरा भयो काठमाण्डौ महानगरपालिका बाहेक भक्तपुर मध्यपुर ठिमि ललितपुर उपमहानगर पालिका भित्र पनि भवन निर्माणको क्रम तिव्र रुपमा बढेको अझ उपत्यका भित्रका महानगर उपमहानगर नगरपालिका बाहेकका गाविसहरुमा समेत मानिसहरुको चाप निकै बढि मूलुकका विभिन्न ठाउँबाट बसाइसरेर आउने मानिसहरुको बढ्दो आर्कषणले उपत्यका भित्रका गाविसमा समेत भवन निर्माणको क्रम शहरी क्षेत्रमा भन्दा निकै बढेको काठमाण्डौको कपन गाविस- मा पाँच बर्ष अघिसम्म खेतको रुपमा धेरै जमिन देखिन्थ्यो तर अहिले ती मध्ये धेरै जसो खेत प्लटिङ गरेर घडेरिको रुपमा विकास भइसकेका छन् जसमा पनि धेरैमा घर नै बनिसकेको स्थानीय राम श्रेष्ठ बताउँछन् भवन निर्माणको बढ्दो यो क्रमले जग्गाको मूल्य समेत निकै बढाएको कपन गाविसमा अहिले मोटर बाटोले छोएको जग्गाको मूल्य आनाको देखी १५ लाख भन्दा पनि बढी पुगेको श्रेष्ठको भनाइ
कपन गाविसमा मात्रै होइन उपत्यकाका अन्य गाविसमा पनि यस्तै गतिमा भवन निर्माणको क्रम बढेको बढ्दो शहरीकरण कै कारण भवन निर्माणमा आएको ब्यापकताले काठमाण्डौ उपत्यकाको सुन्दरता मात्रै असर गरेको छैन यसको ऐतिहासिक सास्कृतिक महत्वलाई समेत प्रभावित गरेको उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको शहरी करणको प्रभावकारी रुपमा अनुगमन हुन सकेको छैन त्यसैले यो शहरीकरण अब्यवस्थित अनियन्त्रित बनेको
शहरीकरणको विश्वब्यापि मान्यता अनुसार प्रतिहेक्टर जमिनमा१२०० जनाको जनघनत्वलाई उपर्युक्त मानिन्छ अझ यसमा पनि देखि तल्लाको घरको मापदण्ड तोकिएको तर नेपालमा अझ त्यसमा पनि राजधानी शहरमै यो मापदण्ड लागु हुन सकेको छैन सन १९६० को दशकमै काठमाण्डौको जनघनत्व अमेरिकाको न्यूर्योक शहरको भन्दा दोब्वर बढि रहेको बताइन्छ अहिलेकै तथ्याकहरुलाई आधार मानेर हेर्ने हो भने पनि काठमाण्डौ उपत्यका करिव ४० लाख मानिसहरुको आश्रयस्थल बनेको यहाँको क्षेत्रफल जनसंख्यालाई गणितिय विभाजन गर्ने हो भने काठमाण्डौको अब्यवस्थित शहरीकरणको स्पष्ट तस्वीर देख्न सकिन्छ
नत्र न्याउरी मारि पछुतो भने झै अगाडी गल्ति गर्ने पछाडी त्यसको पश्चतापमा आँशु झार्नुको कुनै अर्थ हुने छैन
सडक बाटो यातायात खानेपानी विजुली शिक्षा स्वास्थ्य दैनिक जीवन यापनका आधारभूत आवश्यकता ब्यवस्थित शहरहरुमा सर्वसुलभ सहज रुपमा उपलब्ध हुन्छन् तर यी सबै कुराको उचित ब्यवस्थाका लागि पूर्वाधार त्यसमा पनि भवन निर्माणको कुरा पहिलो सर्तको रुपमा आउँछ अझ भवन निर्माणमा पनि निश्चित मापदण्ड गुणस्तरिय सामागि्रको प्रयोगलाई अनिवार्य गरिनु पर्छ तवमात्र ब्यवस्थित शहरीकरण सम्भव हुन काठमाण्डौमा ब्यवस्थित शहरीकरणको लागि सरकारले शहरी विकास तथा भवन निर्माण आयोजना नामक छुट्टै निकायको समेत ब्यवस्था गरेको तर पनि राजनीतिक हस्तक्षेप पर्याप्त ऐन कानुनको अभाव भएका ऐन कानुनको फितलो कार्यन्वयन तथा प्रभावकारी अनुगमनको अभावले यो निकायको उपस्थितीले पनि बढ्दो शहरीकरणलाई खासै ब्यवस्थित गर्न सकेको छैन
सडक पूर्वाधारको विकास भवन निर्माणको बढ्दो क्रमले मूलुकको आर्थिक सम्बृद्धिलाई देखाउँछ तर यीनै पूर्वाधार अब्यवस्थित अनियन्त्रित रुपमा विकास भए भने यसले थप जोखिम चुनौतिलाई पक्षपोषण गर्छ

यो नै मेरो जीवनको अन्तिम ब्लग हो


"मृत्‍यु अटल छ। सबैलाई थाहा भएकै कुरा भएपनि थाहा नभए जस्तो अभिनय गरेर मान्छे बाँच्छ। यो नै जीवनको सार्थकता हो जस्तो लाग्छ र त्यस्तै हुनुपर्छ। तर कुनै निर्णीत समयमा जीवनको अन्त्यको अनुभव चै कस्तो होला? त्यो भाग्यमानी हो या अभागी ।"







 म मरिसकेको छु र यो नै मेरो जीवनको अन्तिम प्रकाशन हो। जब मेरो शरीर क्यान्सरको अन्तिम सँजाय भोग्ने छ र ‘बन्द’ हुनेछ  तब मेरा परिवार एवं मित्रहरुलाई यो ब्लग पोष्ट गर्न अनुरोध गरेको छु। यसरी यो सक्रिय ब्लगबाट इतिहास बन्ने छ। ‘ डेरेकले आफ्नो ब्लगमा लेखेका छन्।
मे ३, २०११ मा मलाशयको क्यान्सरबाट मृत्‍यु भएका डेरेकका पूर्व-तयार शव्दहरु उनको परिवार र मित्रहरुले  मे ४, २०११मा प्रकाशित गरेका थिए।
मृत्‍यु अटल छ। सबैलाई थाहा भएकै कुरा भएपनि थाहा नभए जस्तो अभिनय गरेर मान्छे बाँच्छ। यो नै जीवनको सार्थकता हो जस्तो लाग्छ र त्यस्तै हुनुपर्छ। तर कुनै निर्णीत समयमा जीवनको अन्त्यको अनुभव चै कस्तो होला? त्यो भाग्यमानी हो या अभागी ।
जीवनका स-साना यात्रा बिछोडहरु त कस्ता हृदयबिदारक हुन्छन् भने चलायमान रंगीन संसार छाडेर भयानक अँध्यारो(या उज्यालो)यात्रा तयारीको अघिल्लो दिन कस्तो होला? माथिका शब्दहरु लेख्दा डेरेकका मानसपटलमा के कस्तो गुज्रियो होला म अनुमान लगाउन खोज्दै छु। उनले अवश्य पनि सोंचे होलान् म जस्ता ब्लगरका बारे जसको अन्तिम ब्लगका बारेमा यस्ता शब्दहरु रचिएका छन्।
जीवनको त्यो अन्तिमा क्षणमा उनले आफ्नो बिद्यार्थीकालको पुरानो साथी (एयरड्री) लाई सम्झेका छन जो पछि जीवनसाथी बनिन्। सँगै पढेको, सँगै काम गरेको, टुटेफुटेका सम्पर्क, प्रेमपत्र, प्रेम प्रसङ्ग र बिवाह सम्झेका छन्। एयरड्रीसंग स्थानीय पार्कमा भेटेको पहिलो दिन सम्झदै डेरेक् लेख्छन्, ‘हाम्रो साथ यस्तो छोटो र जम्मा २३ बर्षको मात्र हुन्छ होला भन्ने लागेको थिएन।  कस्तो छोटो पुग्दै पुगेन, पटक्कै पुगेन।’
डेरेकका यस्ता शब्दहरुले जीवनका तीन महत्वपूर्ण क्षणहरुको पुष्टि गर्दछ- जन्म, बिवाह र मृत्‍यु। पहिलो र अन्तिम आफ्नो बसमा छैन तर मात्र बिवाह एउटा प्राकृतिक देन हो जसमा मनुष्य-बिवेक प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ। यस्तो दैबिक सामर्थ्यता रहेको बिवाहको बारेमा हुने तर्क बितर्क सुन्दा चै मलाई असाध्यै उदेक लागेर आँउछ। भन्न मन लाग्छ- यो पबित्र सम्बन्धलाई अन्य दुई प्राकृतिक सत्यता जस्तै स्वीकार गर किनभने  मृत्‍युको हाराहारी जीवनको अन्तिम स्वाससम्मको तिम्रो यात्रा यसैले सहज बनाउँछ।
डेरेकले आफ्ना छोरीहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘लौरेन र मेरिना, जब तिमीहरु परिपक्व बन्दै आत्मनिर्भर हुनेछौ तब थाहा पाउने छौ कि म तिमीहरुलाई कत्ति माया गर्थें र हरसम्भव असल पिता बन्ने प्रयास गरेको थिएँ।’
‘जीवनमा के कस्तो आइपर्ने हो त्यो थाहा छैन। हामी योजना बनाउँन सक्छौं र त्यही गर्छौं जसमा रमाउँछौं तर आफ्ना योजना सबै सफल् हुन्छन् भन्ने छैन।  कुनै पूरा होलान् भने कुनै अपूरा। कुनै घटना अग्रिम जानकारी दिएर आउँदैन तर त्यो घटेरै छाड्छ। यो राम्रो पनि हैन र नराम्रो पनि हैन तर यथार्थ हो।’
अन्तमा डेरेक लेख्छन- यो संसार असाध्यै रमाइलो छ।  वास्तवमा यो ब्र्हमाण्ड नै रोमांचक छ। मलाई कुनै पश्चाताप छैन। एयरड्री, तिमी मेरो ‘बेस्ट फ्रेण्ड’ र सबैभन्दा नजिकको सम्बन्धी हौ। हामी एक आपसका नभएको भए शायद यो संसार नै उराठ लाग्दो हुन्थ्यो होला। म तिमीलाई असाध्यै माया गर्छु, आई लभ यू, आई लभ यू,आई लभ यू।
डेरेकको ब्लग: www.penmachine.com
यो लेख www.kapurika.com बाट साभार गरिएको हो

कसका लागि बन्द ?

 


 "आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए  ।"








सुक्रबार जनजाति महासंघले गरेको बन्द शान्तिपूर्ण देखियो । बन्दका क्रममा कतै टायर बलेको देखिएन न त ढुंगामुढा नै गरेको देखियो । राजनीतिक दलका नेताहरुको अक्षमताले तीन तीन बर्षमा पनि बन्न नसकेको संविधान २ हप्ता भित्र बनाउनु पर्ने माग राख्दै गरिएको यो आन्दोलनको अर्थ खासै नरहे पनि विगतमा जस्तो हिमसात्मक बन्द रहेन । जसलाइ सकरात्मक मान्न सकिन्छ । तर लोकतान्त्रिक मुलुकमा लोकले आज साह्रै दुख पाए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए  ।
बन्दले गर्दा सवारी साधन नचलेका कारण सडकमा थुप्रैले सास्ति खेपॆको प्रष्टै देखिन्थ्यो । दिन भर पसल र कार्यालयहरु समेत बन्द रहे । यसले ज्याला मजदुरी गरेर खानेहरु सबै भन्दा बढी समस्यामा परे । यसरी समस्यामा पर्नेमा बाहुन वा अन्य समुदायका मात्रै थिएनन् । जनजाति समुदायका पनि थुप्रै मानिसहरुले सास्ती पाए । जसमा खासगरी दिनभरी श्रम गरेर बेलुका गुजारा चलाउनेहरु यसबाट बढी नै मारमा परे । उनीहरुका लागि यो संविधान समयमै बन्नु वा नबन्नुले उत्तिसारो महत्व राख्दैन । किनकि आज श्रम गर्न नपाउँदा स्टोभमा हाल्ने तेल किन्न सकिन्न गर्जो  टार्न दुई मुठि चामल किन्न पैसो हुन्न । अनि भोको पेट सुत्नुपर्ने वाध्यता हुन्छ ।
ती श्रमजीविलाई यस्ता बन्दको के अर्थ  तैपनि ती श्रमजीविका टाउको गनि गनि हामी अल्पसंख्यक भन्दै जनजाति महासंघले बन्दको आयोजना गरि छाड्यो । तर विचारा ती श्रमजीवीलाई के थाहा  उ पनि यो बन्दको आयोजक हो भनेर । अनि के थाहा उसले आफनो भोको पेटमा आफैले लात हानेको थियो भनेर ।

Sunday, May 8, 2011

पत्रकारिता केन्द्रीय विभागमा तालाबन्दी

वैशाख २०- त्रिभुवन विश्वविद्यालय अर्न्तगतको आमसञ्चार तथा पत्रकारिताको केन्द्रीय विभागमा एमए पहिलो वर्षका विद्यार्थीहरुले गरेको तालाबन्दि आज पाँचौ दिन पनि जारी छ ।।
पत्रकारिता विभाग र क्याम्पस प्रशासनले नाजायज शुल्कको बखेडा झिकी परीक्षा फराम भर्न अवरोध गरेको भन्दै नेपाल मानविकी क्याम्पसमा रहेको पत्रकारिता केन्द्रीय विभाग र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थीहरुले जनाएका छन्।
पैँतालिस दिन भित्र कम्प्युटर, रेकर्डर, क्यामेरा लगायतका सामाग्री ल्याउने सर्तमाप्रति विद्यार्थी पाँच हजार चार सय रुपियाँ शुल्क उठाउने सहमति भए पनि दश महिना बितिसक्दा पनि शैक्षिक सामाग्रीहरु नआएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।
विद्यार्थीहरुले सहमति कार्यान्वयनमा विद्यार्थी संगठन, विभागीय प्रमुख प्रवलराज पोखरेल र क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेलबीच हिजो र आज भएको वार्ता निश्कर्षविहीन भएपछि तालाबन्दीमा उत्रनुपरेको बताएका छन्। तोकिएको समयमा सामानहरु नआउँदासमेत शुल्क तिर्न बाध्य पार्नु गैरकानुनी, खेदजनक र हास्यास्पद भएको विद्यार्थीहरुको भनाइ छ।
विद्यार्थी प्रतिनिधिमूलक संस्था स्वतन्त्र विद्यार्थी युनियनको समेत सहभागितामा यसअघि शैक्षिक सामाग्री उपलब्ध नभए शुल्क नतिर्ने सहमति भए पनि स्ववियुले कार्यान्वयनमा उदासिनता देखाएको विद्यार्थीहरुको आरोप छ। साथै विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो हितविपरीत शुल्क तिर्न दबाब दिइरहेको आरोप लगाएका छन्।
उनीहरुले आफ्ना मागप्रति क्याम्पस प्रशाशन र पत्रकारिता विभागले आँखा चिम्लिए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यसैवीच आज त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आमसन्चार तथा पत्रकारिताको केन्द्रिंय विभागमा लगाइएको ताला खोल्ने बारे सहमती गर्न विभाग र आन्दोलनरत पत्रकारिता एमए पहिलो बर्षका विद्यार्थीहरुबीच भएको वार्ता विनानिश्कर्ष सकिएको छ ।
वार्तामा प्रशासनले शूल्क फिर्ता लिनै नसकिने अडान राखेको थियो भने विद्यार्थीहरुले सामाग्री उपयोग गर्न नपाएको अवस्थामा शूल्क तिराउनु अन्याय हुने भन्दै शूल्क खारेज गरी परीक्षा फाराम भर्न दिन माग गरेका थिए । 

Sunday, May 1, 2011

भोको पेटमा लात हान्छस् ...?

"म पनि यी तीन वटै दलको भातृसंगठनको सदस्य छैन दलको भातृसंगठनको सदस्यता पनि लिन्न पनि यी तीनवटा मध्येकै एक राजनीतिक विचार धारामा आस्था राख्छु तर पत्रकारीता गर्दा पार्टीको सदस्य बन्दिन भन्न मैले पाउने कि नपाउने ? ती पार्टीको सदस्यता लिइन भने मेरो पत्रकार महासंघको सदस्यताको अव कुनै अर्थ छैन ?"
नेपाल पत्रकार महासंघको २३ औं अधिवेशनमा भाग लिन जिल्ला जिल्लाका साथीहरु काठमाण्डौ भेला हुन थालेका छन् त्यसैले महासंघको केन्द्रिय कार्यालय साचारग्राममा चुनावी सरगर्मि निकै बढेको तर केहि जिल्ला शाखाका अधिवेशनमा देखिएका तिक्तताले अधिवेशनलाई विवादको घेरामा तानेको त्यसैको एउटा दुखद घटना आज महासंघको कार्यालयमा देखियो  
पत्रकार महासंघको अधिवेशनमा राजनीतिक भागबण्डा गरेको भन्दै प्रारम्भ देखिनै कास्किका असन्तुष्ट पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए तिनै साथीहरु आज विहान देखि महासंघ कार्यालयमा तालाबन्दि गरेर आमरण अनसनमा बसे दिउँसो करिव बजे महासंघको कार्यालयमा भएको तालाबन्दि खोल्न महासंघका अध्यक्ष धर्मेन्द्र झा सहितका केहि साथीहरु अगाडी बढे दुबै तर्फबाट नारा जुलुस शुरु भयो असन्तुष्ट साथीहरुलाई बार्तामा बस्न महासंघको ताला खोल्न अध्यक्ष झाले आग्रह गरे विवाद बढ्दै थियो ठेलमठेल शुरु भयो  
यत्तिकैमा कास्किका असन्तुष्ठ पत्रकारहरु माथि केहि पत्रकारहरु आक्रमणमा उत्रिए ठूला माछाले साना माछालाई दपेटे जसरी पोखरेली पत्रकारहरु घोक्राइयो उनीहरुको व्यानर च्यातियो विहान देखि आमरण अनसनमा एक जना साथीको पेटमा लात्ति बजारियो
नाम चलेकै एक पत्रकारले महिला पत्रकारको गर्दन समात्दै हातपात गरे केहि समयमै पत्रकार महासंघ महासंग्राममा परिणत भयो कलमलाई सबै भन्दा बलियो हतियार भनेर गर्व गर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालयमा पत्रकारहरुलाई तसा्रउन हतियारधारी प्रहरी तैनाथ गरिए नारा जुलुस चलिरहयो यहि वेला कुटाइ खाने मध्येकै एक जना पत्रकार साथी भन्दै थिए-भोको पेटमा लात हान्छस्हामी आमरण अनसनमा उत्रिएका छौ सक्छस भने मार  
नेपाल पत्रकार महसंघका यस अघिका महाधिवेशनमा पनि सामान्य भना भन सुनिन्थ्यो तर यसपटक चै अलि बढि नै भयो यो सबै कुराको मुल जड थियो पत्रकार महासंघमा विद्यमान राजनीतिक सिण्डिकेट हुन पनि महासंघमा अहिले जिल्ला देखि केन्द्रसम्म राजनीतिले नराम्ररी जरो गाडेको महासंघको उम्मेरदवार राजनीतिक दलले चयन गर्ने शाखाका कार्यसमिति देखि सभासद् सबै पदमा दलहरुको भागबण्डा लाग्ने यस्तै यस्तै कुराहरु छन् जसले पत्रकार महासंघको स्वतन्त्र अस्तित्व विस्तारै गुम्दै गएको महसुस हुन थालेको  
आजकै घटनाको जड हेरौ कास्कि शाखामा तीनै पार्टी काग्रेस एमाले माओवादी मिलेर शाखाको अधिवेशन सम्पन्न भएको समाचार आएको थियो त्यसैले यी असन्तुष्ट पत्रकारहरुलाई कसैले उचालेको हुनु पर्छ भन्ने धेरैलाई लागेको तर के यी तीन दल बाहेक पत्रकारको स्वतन्त्र अस्तित्व छदै छैन ? पनि यी तीन वटै दलको भातृसंगठनको सदस्य छैन दलको भातृसंगठनको सदस्यता पनि लिन्न पनि यी तीनवटा मध्येकै एक राजनीतिक विचार धारामा आस्था राख्छु तर पत्रकारीता गर्दा पार्टीको सदस्य बन्दिन भन्न मैले पाउने कि नपाउने ती पार्टीको सदस्यता लिइन भने मेरो पत्रकार महासंघको सदस्यताको अव कुनै अर्थ छैन त्यसो भए किन यसलाई पेशाकर्मीको स्वतन्त्र संगठन भनेर भाषण गर्ने यहि संकिर्ण सोचाइले गर्दा नै अहिले महासंघको ब्यवसायिक अनि पेशागत मर्यादा माथि नै प्रश्न चिन्ह खडा भएको जुन सम्पूर्ण पत्रकारहरुका लागि लाजमर्दा कुरा हो तर पनि विषयमा याहाँ कस्ले बहस चलाउने सानाले यस्ता कुरा उठाए आज पोखरेली पत्रकारकै नियति दोहिरन्छ कथित ठूला अग्रजलाई यस्ता कुराको के परवाह  
आज नेपाल पत्रकार महासंघको परिसरमा जुन घटना भयो त्यो महासंघको इतिहासमै कालो दाग पनि हो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गरेर कहिल्यै नथाक्ने तीनै पत्रकारहरु आज पत्रकार साथीहरुकै अभिव्यक्ति स्वतन्त्रताको घाँटि निमोठ्न उदत्त देखिए यो भन्दा ठूलो विडम्वना अरु के होला  
पत्रकार पनि मान्छे हो त्यसैले उसमा पनि राजनीतक चेतना हुन्छ हुनु पर्छ पनि व्यक्तिगत रुपमा उसले कुनै राजनीतिक विचार प्रति आस्था पनि राख्न पाउँछ तर व्यवसायीक रुपमा पत्रकारीता गर्छु भन्नेले राजनीतिक दलको झण्डा बोकेर चुनाव उठ्न सुहाँछ आउनुस नेपाल पत्रकार महासंघमा विद्यमान राजनीतिक सिण्डिकेटको अन्त्यका लागि बहस गरौ