Sunday, May 15, 2011

कसका लागि बन्द ?

 


 "आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए  ।"








सुक्रबार जनजाति महासंघले गरेको बन्द शान्तिपूर्ण देखियो । बन्दका क्रममा कतै टायर बलेको देखिएन न त ढुंगामुढा नै गरेको देखियो । राजनीतिक दलका नेताहरुको अक्षमताले तीन तीन बर्षमा पनि बन्न नसकेको संविधान २ हप्ता भित्र बनाउनु पर्ने माग राख्दै गरिएको यो आन्दोलनको अर्थ खासै नरहे पनि विगतमा जस्तो हिमसात्मक बन्द रहेन । जसलाइ सकरात्मक मान्न सकिन्छ । तर लोकतान्त्रिक मुलुकमा लोकले आज साह्रै दुख पाए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए  ।
बन्दले गर्दा सवारी साधन नचलेका कारण सडकमा थुप्रैले सास्ति खेपॆको प्रष्टै देखिन्थ्यो । दिन भर पसल र कार्यालयहरु समेत बन्द रहे । यसले ज्याला मजदुरी गरेर खानेहरु सबै भन्दा बढी समस्यामा परे । यसरी समस्यामा पर्नेमा बाहुन वा अन्य समुदायका मात्रै थिएनन् । जनजाति समुदायका पनि थुप्रै मानिसहरुले सास्ती पाए । जसमा खासगरी दिनभरी श्रम गरेर बेलुका गुजारा चलाउनेहरु यसबाट बढी नै मारमा परे । उनीहरुका लागि यो संविधान समयमै बन्नु वा नबन्नुले उत्तिसारो महत्व राख्दैन । किनकि आज श्रम गर्न नपाउँदा स्टोभमा हाल्ने तेल किन्न सकिन्न गर्जो  टार्न दुई मुठि चामल किन्न पैसो हुन्न । अनि भोको पेट सुत्नुपर्ने वाध्यता हुन्छ ।
ती श्रमजीविलाई यस्ता बन्दको के अर्थ  तैपनि ती श्रमजीविका टाउको गनि गनि हामी अल्पसंख्यक भन्दै जनजाति महासंघले बन्दको आयोजना गरि छाड्यो । तर विचारा ती श्रमजीवीलाई के थाहा  उ पनि यो बन्दको आयोजक हो भनेर । अनि के थाहा उसले आफनो भोको पेटमा आफैले लात हानेको थियो भनेर ।

No comments:

Post a Comment