Wednesday, January 27, 2010

विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ


दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने -अब चै साच्चै नयाँ नेपाल बन्ला जस्तो छ
कान्तिपुर दैनिकका अनुसार नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यो सँगै सातामा अब ७७ घण्टा लोडसेडिङ हुनेछ । नदी र जलाशयमा जलस्तर घट्दै गएकाले विद्युत उत्पादनमा कमि आएको भन्दै प्राधिकरणले थप दुई घण्टा लोडसेडिङ बढ्ने जनाएको छ ।

प्राधिकरणले अहिले दैनिक ९ घण्टा लोडसेडिङ गर्दै आएको छ । दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने प्राधिकरण भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले जानकारी दिए ।

Friday, January 15, 2010

मेरो पहिलो टेलिभिजन रिपोटिङ

विहान बजेको गाडी त्यसैले विहान अबेरसम्म सुत्ने बानि भएपनि सबेरै उठेको छु बसाई कपन गाडी पकि्रन पुरानो बसपार्क जानुपर्ने करिव किलोमिटरको दूरी तर सवारी साधन भनेको बेलामा नपाईने समस्या त्यसैले विहन बजे नै उठेको छु  
असारको पहिलो साता बर्षाको संकेत विहानै देखि देखिएको सिमसिम पानी अनि धुम्मिएको आकाशले आजको यात्रा रोमााचक हुने छनक दिइरहेको अरनिको राजमार्गमा यस अघि पनि मैले दोलखासम्मको यात्रा गरिसकेको छु तर रामेछापको यात्रा मेरो लागि पहिलो अनुभव थियो यात्रामा मेरो साथ दिदैछन सहयात्रि जीवन पाण्डेले हामी जनाको टोलि अनि एउटा मूभि क्यामरा यसको ट्राइपोर्ट थान रुक्स्याक यात्रा हलुंगो छैन अझ त्यसमाथि गरीवि सम्वन्धिको विशेष रिपोर्टिं

जनयुद्धको उदगम थलोमा पुग्दा


जहिले पनि फिल्ड जाने दिन हतार हतारमै हुन्छौ हामी कहिले डिभी क्यासेट आइपुग्दैन अनि कहिले खर्चको ब्यवस्थापन भइसकेको हुदैन फिल्डको सबै कार्यक्रम तयार गर्ने देखि अफिस ब्यवस्थापनले गर्नु पर्ने सबै काम पनि आफैले गर्नु पर्छ त्यसैले कुनै फिल्ड जाने कार्यक्रम भने यस्ता सम्भावित चूनौतिका लागि पहिला नै मानसिक रुपमा तयार भइसकेको हुन्थे यसपटक रुकुम जिल्ला जानु रुकुम मेरो लागि नितान्तै नयाँ जिल्ला हो  
 माओवादी जनयुद्धको उद्गम थलो भएकोले मिडियामा धेरै चर्चामा आएको यो जिल्ला जान निकै उत्सुक छु सँगै क्यामरापस्रन डोलेन्द्र कटुवाल यो फिल्ड जाँदैछन तर यस पटकको यात्राले पनि विगतकै यात्राकै निरन्तरता पायो हतार हतारमै यो यात्रा शुरु भयो हामीले हतारको यात्राका क्रममा पटक बस छुटाएका छौ एक पटक कलंकिसम्म पुगेर बस भेट्टायौ अर्का पटक काठमाण्डौबाट छुटेको हाम्रो बसलाई कन्चनपुरको महेन्द्रनगर पुगेर मात्रै भेट्यौ