Friday, October 4, 2013

हल्लै हल्लाको देश

  • भूपि शेरचन

स्टक एक्सचेन्जका शेयरजस्तै 
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु 
जहाँ नेता हुन्छन् 
र जहाँ निधारभरि कर्कटपाताजस्तै 
चाउरी परिसकेकाहरु 
तन्नेरीहरुका अगुवा हुन्छन् 
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् 
र जहाँ प्लाष्टर गरिएका हातहरुमा 
सुरक्षाको सङ्गीन थमाइन्छ, 
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र खर्पनका खर्पन, 
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,

Monday, September 2, 2013

भर्चुअल दुनियाँका सेलिब्रेटीहरू


जब मोडल शिवानी सिंह थारूले नेपाल टेलिभिजनको पर्दामा आउने चर्चित कार्यक्रम 'मेरो गीत मेरो सन्देश' छाडिन्, तब उनलाई धेरैले बिर्सन थालिसकेका थिए। तर, झन्डै एक दशकपछि सहरमा उनको चर्चा पुनः चुलिएको छ, सोसल मिडियाकर्मीको अवतारमा। नौं महिनाअघि त्रिभुवन विमानस्थल अध्यागमन एकाइका कर्मचारीकै मिलेमतोमा बलात्कारको सिकार बनेकी सीता राईबारे समाचार पढ्नासाथ उनलाई अचानक यति रसि उठेछ कि माइक्रोब्लगिङ् साइट ट्वीटरमा तत्कालै दुई हरफको प्रतिक्रिया लेखिन्, जुन यस्तो थियो, 'लथालिंग देशका भताभुंग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भयो ? बलात्कारीको लिंग काट्ने महिला स्क्वाड बनाउन पाए बरू राहत हुन्थ्यो।'


'ग्ल्यामरस' पृष्ठभूमिबाट आएकी उनको यो ट्वीटलाई लिएर सोसल मिडिया त मज्जैसँग तात्यो नै, मूलधारका पत्रपत्रिकाले पनि त्यसलाई आफ्नो खुराक बनाए। उनी सम्झन्छिन्, "कसैले मेरो मोडलिङ् पृष्ठभूमिसँग जोड्दै उसको ध्यान नै लिंगमा गयो भनेर उडाए भने अर्काथरीले त्यति धेरै आक्रामक नहुन सुझाए।" शिवानीले ट्वीट गर्नुअघि त्यसको प्रभाव त्यतिधेरै होला भन्ने कत्ति सोचेकी थिइनन्। उनलाई लाग्छ, यसअघि ग्ल्यामर पृष्ठभूमिसँग जोडेर धेरैले उनलाई कोमल हृदय भएकी 'स्विट गर्ल' मात्र सोच्थे तर त्यसलाई सोसल मिडियाले बदलिदिएको छ। भन्छिन्, "म वास्तविक जीवनमा यस्तै स्वभावकी हुँ, जुन सोसल मिडियाका कारण मानिसले बल्ल बुझिरहेका छन्।" तर, ट्वीटरमा आएदेखि उनले एउटा नयाँ तथ्य बुझेकी छन्। भन्छिन्, "महिलाका विचारमा केही बहस हुन थाल्यो भने मानिसहरू उसका व्यक्तिगत जीवनसँग जोडेर आक्रमण गर्छन्, जुन पुरुषहरूको हकमा त्यति धेरै हुँदैन।" 

Thursday, August 15, 2013

स्वतन्त्रताका लागि नरक रोज्न तयार छौँ कमरेड !

पानी हो भन्दैमा
पोखरी र नदी एकै हुँदैन
एकै हुँदैन उसको कञ्चनपनार प्राण दिने अक्सिजन
कैदी जीवनको अभ्यासमा रमाउने पानीहरुले
पोखरीमा आफूलाई अभ्यस्त गरे भन्दैमा
म नदी हुन पाउन्न र कमरेड ?

विचारको पोखरी भिर्ने तिम्रो झोलालाई गाली गरिनँ मैले
आँखै बिझाउने गरी  अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ

Tuesday, June 11, 2013

अनुभव एसएलसिको

मलाई लाग्छ एसएलसि पास गरे पछि धेरैलाई एउटा जिम्मेवारी र दायित्व बोध हुन थाल्छ । सायद उमेर र पढाइको स्तर बढ्दै जाँदा त्यो अनुभूति स्वभाविकै हो । भविष्यको योजना बनाउने देखि आफनो लक्ष्यको निर्धारण गर्ने लगायतका थुप्रै कुराहरु जोडिन्छन् । तर  एसएलसि परिक्षा पार गर्नु मात्रै पढाईको पूर्णता होइन । यसले एक कदम अगाडी धकेल्ने मात्रै हो, जसरी आठ र नवौं कक्षा पार गरिन्छ एसएलसि पनि त्यहि परिक्षाकै निरन्तरता हो । नवौ कक्षा पास नभइ एसएलसि दिने हैसियत हुँदैन भने नौ कक्षा चै आइरन गेट हो कि होइन ? त्यसैले मेरा लागि विद्यालयमा हुने हरेक बार्षिक परिक्षा आइरन गेट हुन् । तर पनि किन यसलाई आइरन गेट भनियो मैले बुझ्न सकेको छैन । 
यहि एसएलसि परिक्षाको नतिजाले हरेक मान्छेको जीवनमा निकै महत्व राखेको पाइन्छ । परिक्षामा चिट चोराउन अग्रसर हुने शिक्षक र अभिभावक देखि परिक्षाको नतिजाबाट असन्तोष भएर विभिन्न हरकत गर्न उद्य्त विद्यार्थी सबैको लागि चासोको विषय बनेको एसएलसिको नतिजाको बारेमा केहि साथीहरुले ट्वीटरमा शेयर गर्नुभएको एसएलसि अनुभव : 

म त फष्ट डिभिजनमा पास भएछु !

 सिम्बोल नं ०२९९५४७ "ए " अर्थात म 




सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन । 




भोली तेरो एसएलसिको रिजल्ट आउँदै छ रे ! माइजुले भन्नु भा'को, जनक शिक्षामा काम गर्ने विनिता माइजुको हवाला दिदै मंमिले भन्नु भो । अघिल्लो दिन दिउँसो यो कुरा सुनेदेखि परिक्षाको रिजल्ट नहेरुनजेल मलाई कम्ति छटपटी चलेन । म औसत विद्यार्थी, पढाइ र मेरो कहिल्यै ठ्याक नमिल्ने । त्यसैले नतिजा जहिले पनि मैले सोचेभन्दा फरक आउथ्यो  । तर विद्यालयका अन्य परिक्षामा भन्दा एसएलसिको परिक्षामा मैले जीन्दगीमा नगरेको मेहनत गरेको थिए । मैले पढेको देखेर हजुर आमा पनि छक्क पर्नु हुन्थ्यो । हुन पनि परिक्षा अवधिभर दिनमा मुस्किलले एक घण्टाको फुर्सद र रातमा त्यस्तै ३ देखि ४ घण्टासम्मको सुताई हुन्थ्यो । नत्र ओछ्यानको विचमा पंलेटी कसेर म बस्थे अनि छरपष्ट कितावले मलाई घेर्थे । यति मेहनत गरेर पढेको नतिजा भोलि हुँदैछ भन्ने सुने पछि मलाई छटपटि नचल्ने  त कुरै थिएन । कतिखेर विहान होला र नतिज हेर्न पाइएला ? म विहानको प्रतिक्षामा अत्यन्तै व्यग्र थिए । 

Sunday, June 9, 2013

जीवन

- सङ्गीतश्रोता

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने

प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने

जुध्न भनेर तिमीसँग
कोही आइरहेको पनि छैन भने

तिमीलाई कसैले घचेटिरहेको पनि छैन
र, कसैले लखेटिरहेको पनि छैन भने

Sunday, June 2, 2013

बाह्र वर्षमा नि खोला फर्किएन

विहान करिव ६ बजेको हुँदो हो, हामी (मात्रिका दाई, राजेश दा, बैनि र म ) निन्द्रामा थियौ । मंमि पसल जानु भएको रहेछ । कराउँदै आउनु भयो । लौ राजा रानीलाई मारि सके रे तिमिहरु चै सुति राख । मंमिको यो कुरा सकिन नपाउँदै हामीहरु जाराक जुरुक उठ्यौ । रेडियोमा समाचार आउने वेला भएको थियो । रेडियो खोलियो । टु...... गरेको धुन मात्रै बजिराछ । टेलिभिजनमा नि दृष्य हैन सप्तरंगि धर्का र एक तमासको सितार वादनको धुन छ ।
घटनाबारे थाहापाउन दाइहरु बानेश्वर जाने भए । मिनभवन क्याम्पस नजिकै हाम्रो कोठा थियो । हतार हतार मुख धोएर चिया समेत नखाई दाजुहरुसँगै म नयाँ बानेश्वर चोक तिर हान्निए । चोकमा सवारी साधन कमै मात्र देखिन्थे । सयौ मानिसहरु चोकमा जम्मा भएका थिए । सुरक्षा कर्मीको तैनाथी पनि उल्लेख्य थियो । वास्तविक घटनाका बारेमा सुरक्षा कर्मि पनि बेखवर थिए । मानिसहरु मmुण्ड झुण्ड बनाएर अनुमान लगाउँदै थिए । माओवादी जनयुद्धको चरमोत्कर्ष वेला थियो त्यो । त्यसैले धेरैले माओवादीले दरवार कब्जा गरेर यो वितण्डा मच्चाएको तर्क अगाडी सारे ।

Tuesday, May 28, 2013

Happy Anniversary Dad & Mom ...


 "यो वैबाहिक सम्वन्ध सायद स्वर्गमै तय भएको थियो । त्यसैले सम्भव भयो । नत्र एक अर्काको फोटोसम्म पनि नहेरी र एक अर्कासँग एक शब्द पनि कुरा नगरी गाउँका सम्पन्न र पढेलेखेका परिवारका युवा युवतीको विबाह कसरी सम्भव हुन्थ्यो र ?"

ड्याडी मंमि राजेश दा म बैनी सुस्मिता अनि भाइ प्रेरित 

"Marriage is made in heaven"अंग्रेजीको यो भनाईमा विश्वास गर्ने हो भने हरेक मानिसको विवाह पूर्व निर्धारित व्यक्तिसँग हुन्छ । जहाँ र जोसँग लगनगाँठो लेखिएको छ त्यसैसँग उसको (केटा/केटीको) विवाह निश्चित छ । सबैको सवालमा त होइन तर धेरैको विबाह हेर्दा चै सायद यो अंग्रेजी भनाई पनि सहि हो कि भन्ने भान हुन्छ मलाई । आज भन्दा करिव ४० वर्ष अगाडी अर्थात वि.सं. २०३० साल जेठ १४ भगवानको त्यहि पूर्व निर्धारित कार्यक्रम अनुसार नै एक युवक र युवती बैबाहिक सम्बन्धमा गाँसिन्छन् । मैले यो विबाहालाई पूर्व निर्धारित यस अर्थले भने कि जसको विवाह हुँदै थियो ती दुवैले एक अर्कासँग कुरा गर्न त परै जाओस अनुहार पनि विबाहाको मण्डपमा पुगेपछि मात्रै देखेका थिए । 

Saturday, May 11, 2013

धन्यवाद विद्यार्थी साथीहरु

नेपाल बन्दको कार्यक्रम फिर्ता गर्नु भएकोमा धन्यवाद विद्यार्थी साथीहरु ।  जनतालाई सास्ति दिने यस्ता काम  कहिल्यै र कसैले नगरौ । जो देखि रिस उठेको हो उसैलाई जे जे गर्नु पर्ने हो त्यहि गरौ ।
Stop

Thursday, May 9, 2013

विद्यार्थी नेताहरुलाई खुल्ला पत्र


कृपया विद्यार्थी साथीहरु विन्ती छ नेपाल बन्द गरेर श्रम गरेर खाने नेपालीको गाँस नखोसिदिनुस, टायर बालेर बातावरण प्रदुषित नगरिदिनुस, अनि हजारौ नेपालीको दैनिकी अस्तव्यस्त नवनाइदिनुस । 

आदरणिय ११ विद्यार्थी संगठनका अग्रज साथीहरु,
यस्ता हरकतले कस्लाई फाइदा होला ?
चिया पसल देखि तारे होटलसम्म अहिले लोकमान सिह कार्कीको अख्तियारमा नियुक्तिको विषयको चर्चा छ । सुन्दै छु तपाईहरु १३ विद्यार्थी संगठनले यसको विरोधमा बैशाख २९ गते नेपाल बन्दको घोषणा गर्नु भएको छ रे । तपाईहरु मध्येकै चारवटा माउ पार्टिले निर्णय गरेर भ्रष्टचारीको आरोप लागेका लोकमानसिह कार्कीलाई अख्तियारको प्रमुख बनाएका हुन । यसकार्यमा म लगायतका धेरै नेपालीहरुको समर्थन छैन ।

लोकमानालाई लोकको अस्विकृति र अनइच्छा हुँदा हुँदै अख्तियार प्रमुखमा विराजमान गराइयो । यो कार्यको अधिकांश नेपालीहरुले आ—आफनो तह र तप्काबाट विरोध गरिरहेका छौ । तपाईहरुले समेत यसको विरोध गरिरहनु भएको छ । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर ठूलो गल्ति गरेका दलहरु एक पछि आर्को गर्दै गल्ति दोहो¥याउँदै छन् । लोकमानको नियुक्ति दलहरुको गल्तिको आर्को  श्रृखला हो । जसले लोकतन्त्रमा लोक हसाउँने काम भएको छ र जनताको चित्त कुढाउने काम भएको छ 

Wednesday, May 8, 2013

We love you mom...

२०६९ को आमाको मुख हेर्ने दिन  ..वी लभ यु म'म ....
भान्जा भान्जिको विबाहमा सहभागि हुन मंमि इटहरी जानुभएकोले यो वर्ष आमाको मुख हेर्ने दिन फोनबाट कुरा गरेर चित्त बुझाइयो । अघिल्ला वर्षहरुमा निकै रमाइलो गरिन्थ्यो यो दिनमा । तर आज तपाई यहाँ नहुँदा केहि खल्लो लागिरहेको छ ।
गत वर्ष आमाको मुख हेर्ने दिन खिचेको यो तस्विर तपाई प्रति समर्पित गर्छू अनि यो एउटा गित..वी लभ यु म'म .... http://www.youtube.com/watch?v=pOK08cRwE6c

Wednesday, May 1, 2013

म चिना दोहोरिएको मान्छे

चिना हराएका हरिर्वश र चिना दोहोरिएको म 




" चिना हराएर आफ्नो भविष्य हेराउन  नपाएकोमा  हरिवंशले  दुख पोखेका छन् । चिना दोहोरिएको म ज्योतिषका भविष्यबाणि सुनेर हैरान छु ।"


रिवंश आचार्य आज जुन स्थानमा छन्, त्यो स्थानमा आउन उनले गरेको संघर्ष पढें चिना हराएको मान्छेमा । जीवनमा त्यतिका धेरै संर्घष गरेर यो अवस्थामा आइपुगेकाहरु निकै कम भेटेको छु । जन्मे देखि अर्यघाट नपुगुन्जेल संघर्ष गरिरहनेहरुको बाहुल्यता रहेको हाम्रो देशमा हरिवंश दाई  रोलमोडल नै हुन यसमा कुनै द्धिविधा नै छैन । बाल्यकालमै उनको चिना चोरि भएछ त्यसैले ती संघर्षका दिनमा उनले कुनै पनि ज्योतिषलाई चिना देखाउन पाएन छन । उनले आफनो पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकको नाम पनि त्यहि चिनासँगै जोडिएर आयो चिना हराएको मान्छे ।  
हरिवंशको यो पुस्तक पढेपछि मैले यो ब्लग नलेखि सुखै पाइन । किनकी उनी चिना हराएका मान्छे अनि म चै चिना दोहोरिएको मान्छे । अर्थात् मेरो एउटा होइन दुई/दुई वटा चिना छन् । उनको चिनामा सुनको मूर्ति भएकाले चोरिएको रे । सायद मेरो चै नेपाली कागज सस्तो भएर होला चिना दोहोरिएको ।

Friday, April 26, 2013

Hey ! I Got It

A child searching for food...

"Why Bread is the main problem even in this 21st century? Why thousands of children go to sleep without having there meals? Just think about it...."





A Small boy was wandering bare footed on the road, His Sparkling but innocent eyes were looking for something. As he has lost his some very precious thing. Suddenly his eyes stopped at the place full of garbage. he shouted with joy "Hey I GOT IT!!!!!!!!"

पत्रकारिता र कलाकारिता दुबै झुर काम रे !



'क्यारियर कास्ट' (रोजगारसम्बन्धी वेबसाइट) ले गरेको सर्वेक्षणले समाचार संवाददातालाई संसारकै सबैभन्दा झुर जागिरको सूचीमा राखिएको छ । अरुको जोखिमको पूर्वाअनुमान गर्ने जागिरलाई भने विश्वकै सबैभन्दा राम्रो जागिरको सूचीमा परेको छ । वेबसाइटले २ सय जागिरको सूचीमा समाचार संवाददाताको जागिर सबैभन्दा अन्तिममा राखेको छ । शारिरीक श्रम, आम्दानी, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर सर्वेक्षण  गरिएको थियो ।
संवाददाताको जागिरलाई घरमा काम गर्ने नोकर, मासु काट्ने बुचर, भाडा माझ्ने कामदार, हुलाकी, घरको छत मर्मत गर्ने र रुख काट्ने कामदारको भन्दा तल राखिएको छ । कलाकार, किसान, टेलिभिजन प्रस्तोताको जागिर पनि झुरको सूचीमा छन् । सर्वेक्षणले जोखिम पूर्वानुमान गर्ने जागिरसँगै बायोमेडिकल इन्जिनियर, सफ्टवेयर इन्जिनियर, अडियोलोजिस्ट, फाइनान्सीयल प्लानर र डेन्टल हाइजिनिस्टको जागिरलाई उत्कृष्ट देखाएको छ ।

Tuesday, April 16, 2013

के नेपाल भारतको राज्य हो ?

नेपालको राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप त हामी सबैले देखेकै कुरा हो । तर पनि हामी नेपाली स्वतन्त्र मूलुकका स्वतन्त्र नागरिक हौ भन्दै हामी भारतीय हस्तक्षेपको विरोध गरिरहेका छौ । तर अव त भारतका व्यवसायिक उत्पादनले समेत हाम्रो स्वतन्त्र अस्तित्व माथि औला उठाउन थाले । यो तस्वीर हेर्नुस त  ः 
एउटा बहुराष्टिय कम्पनीले यस्ता कमजोरी गर्न सुहाँउछ 

टाटाको स्प्रदिको यो उत्पादनमा राज्य नेपाल, शहर काठमाण्डौ र देश भारत भनि प्रिन्ट गरिएको छ ।

एउटा स्वतन्त्र अस्तित्व भएको मूलुकको स्वाभिमानमा एउटा भारतीय कम्पनीको यो हमला के सामान्य मान्न सकिएला ? 

टाटाले आफ्ना उत्पादन विक्रि गरेर नेपालबाट बर्षेनी करोडौ रुपैया भारत लैजान्छ । अनि त्यसको बदलामा नेपाललाई भारतको राज्य ठान्छ ।

भारतीय सरकारको हण्डि खाएका नेपालका राजनीतिक दलहरुले त यसको विरोध गर्ने हिम्मत गर्दैनन तर तपाई हामी स्वाभिमानी नेपालीहरुले त यसको विरोध गर्न सक्छौ नि । 



चरौदीमा चर्याङ् चर्याङ्


 सूर्य पश्चिम पुगिसकेका छन् त्यसैले मन्द गतिमा चिसो हावा बगिरहेको छ । हामी बालुवामा पइलेटि कसेर तातो चियाको चुस्कि लिदै पपकर्न अनि नुडलको सुपको सर्को  लिइरहेका छौ ।




 यात्राका हरेक गन्तब्य आफैमा रमाइलो नहुन सक्छन् । तर यात्रीहरु रमाईला भए भने गन्तब्य ठूलो कुरा भएन, यात्रा चै अवश्य पनि रमाइलो हुन्छ । त्रिशुली किनाराको एकराते बसाईको यात्रा पनि करिव करिव यस्तै यस्तै भयो । सुनकोशी नदीको किनारामा बाल्यकालका करिव ८ बसन्त विताएको मलाई नदीका किनारा नौलो कुरा त थिएन । तर साथीहरुको योजनामा म सहभागि नहुने त कुरै थिएन । त्यसैले पटक पटक विभिन्न समस्याले सरेको त्रिशुलीको यात्राले पूर्णता पायो, भलै यसमा सबै साथीहरु सहभागि भएनन् ।  करिव एक वर्ष अगाडी देखिको त्यो योजनालाई हामी ५ जना साथीहरुले भए पनि मूर्त रुप दियौ । यात्राको साइत २०६९ सालको होलीको इभ अर्थात चैत्र १२ गते बेलुका जुराइयो । बालुवामा टेण्ट टाँगेर एक रात विताउने र भोलिपल्ट होली खेलेर ¥याफटिङ  जाने योजनाको मुख्य उदेश्य सहित गन्तव्य धादिङको चरौदी नजिकैको त्रिशुली नदीको किनार तय भयो । 

साथी कन्चन घर (धादिङको मैदी) बाट सिधै उता भेट्ने भयो । काठमाण्डौबाट म, बैनि इरादा, सुजिता र अर्चना गन्तब्य तर्फ लाग्यौं । मध्यान्ह करिव ४ बजेतिर हामीहरु चरौदी पुग्यौ । चरौदिमा रहेको एउटा कम्पनीले हामीलाई त्रिशुली किनारामा क्याम्पिङ र भोलिपल्ट ¥याफटिङको तारतम्य मिलाएको थियो कन्चनको पहलमा । 

Monday, April 15, 2013

नयाँ वर्ष र हाइकिङ (Hiking)

मुलखर्कको उकालो हिड्दै 


 "हाम्रा साथीहरु रहुसे छन् । यात्रालाई केहि न केहि नयाँ र रोचक बनाइहाल्छन् । त्यसैले मेलापात  गर्दा हिडिरहेका त्यस्तै डाँडा काँडा  चढ्दा पनि हामी निकै रमाइलो गरिरहेका थियौ । "


हामी मध्ये अधिकांशले नयाँ वर्षलाई एउटा नयाँ कामको शुभारम्भ गर्ने दिनको रुपमा लिन्छौ । कतिपयले यसलाई पुरा गरेर अर्को वर्ष अर्को नयाँ प्रतिवद्धता जनाउन्छन । अनि कतिपयले चाही हरेक वर्ष नयाँ कामको घोषणा गर्ने तर त्यसलाई कहिल्यै पनि पार लगाउँदैनन् । तीन वर्ष अघि कलेज पढ्ने केहि साथीहरु मिलेर हरेक नयाँ वर्षका दिन हाइकिङ गर्ने प्रतिबद्धता गरेका थियौ । यो २०७० सालको नयाँ वर्ष पनि त्यो प्रतिवद्धता हामीले पुरा ग¥यौ । वर्ष दिन भरी आ—आफनो काममा व्यस्त भए पनि नयाँ वर्ष साथीहरुको जमघट होस भन्ने हाम्रो चाहानाले यो वर्ष पनि मूर्त रुप पायो । विगतमा हाइकिङ जाने कतिपय साथीहरु कार्यव्यस्तताले जान पाएनन् । अनि केहि साथीहरु हाईकिङका लागि थपिए ।
औसतमा २०६८ सालको नयाँ वर्षबाट शुरु भएको हाम्रो न्यू इयर हाइकिङले २०६९ र २०७० मा १२ देखि १५ जनाको साथ पइरहेको छ । २०६८ सालमा हामीले काठमाण्डौको मातातिर्थबाट चन्द्रागिरी डाँडासम्मको हाइकिङ गरेका थियौ । २०६९ मा भक्तपुरको घ्याम्पे डाँडासम्म पुगियो ( http://www.sumanluitel.com/2012/04/blog-post.html) )। अनि २०७० सालमा काठमाण्डौको सुदरीजलबाट मूलखर्कको डाँडासम्म पुगियो । 

Wednesday, April 10, 2013

“When God Created Mothers"

"A kiss that can cure anything from a broken 
 leg to a disappointed love affair."

When the Good Lord was creating mothers, He was into His sixth day of "overtime" when the angel appeared and said. "You're doing a lot of fiddling around on this one." 

And God said, "Have you read the specs on this order?" She has to be completely washable, but not plastic. Have 180 moveable parts...all replaceable. Run on black coffee and leftovers. Have a lap that disappears when she stands up. A kiss that can cure anything from a broken leg to a disappointed love affair. And six pairs of hands." 

The angel shook her head slowly and said. "Six pairs of hands.... no way." 

It's not the hands that are causing me problems," God remarked, "it's the three pairs of eyes that mothers have to have." 

That's on the standard model?" asked the angel. God nodded. 

Tuesday, March 19, 2013

श्रीमानको मन्त्री परिषदका मन्त्रीहरुलाई चिनौ

विद्याधर मल्लिक 

२०४६ को जनआन्दोलन दमनको अनुसन्धान गर्न गठित बहुचर्चित आयोगका अध्यक्ष जनार्दन मल्लिकका छोरा हुन् विद्याधर मल्लिक। अर्थ मन्त्रालयका पूर्वसचिव मल्लिक अहिले राष्ट्रपतिका आर्थिक सल्लाहकार छन्। उनी कुशल प्रशासकको सूचीमा पर्छन्।
शंकर कोइराला 
बाबुराम भट्टराई नेतृत्वको सरकारले लीलामणि पौडेललाई मुख्य सचिव बनाएपछि रिसाएर राजीनामा दिएका यिनी पर्यटन सचिववाट निर्वाचन आयोग पुगेका थिए। वरिष्ठता मिचेर पौडेल कार्यक्षमताको आडमा मुख्य सचिव भएपछि उनले आयोगको सचिव हुँदै राजीनामा दिएका थिए। कोइराला कवि तथा गीतकारको रुपमा समेत परिचित छन्।
रामकुमार श्रेष्ठ
माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट हुन्। गोरखाको आरुघाटमा दाहाल शिक्षक हुँदा श्रेष्ठ सो विद्यालयका प्रधानाध्यापक थिए। निजामती सेवामा उनले स्थानीय विकास मन्त्रालयको सचिववाट अवकाश पाएका थिए। माओवादी सरकारकालमा उनलाई लाभका विभिन्न पदमा सिफारिस गरिएको थियो।

Saturday, February 23, 2013

धन्यवाद हल्साव !


मोवाइल बज्यो, यसो उठाएर हेरे विहानको पौने ६ बजेको रहेछ । एउटा अपरिचित नम्बरबाट फोन आएको रहेछ । फोन उठाए । हेलो तपाई सुमनकुमार लुइटेल हो ? फोन गर्ने व्यक्तिले मेरो पुरै नाम सहित मेरो परिचय सोध्यो । मैले प्रतिउत्तरमा भने हो । मलाई मेरो पुरै नामले चिन्ने सिमित साथीहरु मात्रै छन् । जसको मोवाइल नम्बर मेरो मोबाइलमा सेभ छ । तर अपरिचत व्यक्तिले मेरो पुरै नाम सहित मेरो परिचय सोध्यो । मेरो प्रतिउत्तर पछि उसले फेरी सोध्यो तपाईको केहि कागजात हराएको छ ? 
राजु थापा मसंग फोटो खिचाउदै 
"बन्दले कसलाई के लाभ भयो बैद्य र मातृका यादव लगायतका टाउके नेताहरुले सोचुन तर तीनका कार्यकर्ताबाट दूब्यवहार झेल्दै आफनो हराएको सामन लिन पुगेको मैले यो दुनियाँमा केहि सज्जनहरु पनि जीवित रहेको पाए । ती सज्जन अरु कोहि थिएनन् तीनै हल्साव थिए । जसले मलाई मेरा हराएका समान सकुसल फिर्ता दिएका थिए ।"


Monday, February 11, 2013

हे भगवान ! शिक्षण अस्पताललाई बचाउ



यीनलाई पनि एक्सरे गरेको छैन भनेर
कर्मचारीले थर्काए आधा घण्टा पछि उनको
 एक्सरे रिपोर्ट भेटियो
 रेडियोलोजि डिपार्टमा बस्ने एक जना ठिटोले बडो सानका साथ तपाईको त बाहिर पनि दर्ता नै रहेन छ भनेर ती सोझा अधबैशेलाई थकाउने काम गरे । तर झण्डै आधाघण्टा पछि उनको एक्सरे त्यहि भेटियो । त्यहि मनुवाले त्यो एक्सरे ल्याएर ती दाईलाई दियो । तर त्यो ठिटोको मुहारमा कुनै आत्मग्लानी देखिन । 
एउटा साधरण नेपालीलाई सरकारी सेवा कस्तो लाग्छ < भनेर सोध्ने हो भने उसको जवाफ कस्तो आउँछ सायद हामीले सहजै अनुमान लगाउन सक्छौ । आफन्त र चिनेजानेका मान्छे छन भने राम्रो र सजिलो नत्र पहरामा फलेको कुनै फल जस्तो । खान पनि मन लागेको छ तर टिप्न सकिन्न । नेपालका करिव करिव सबैजसो सरकारी कार्यालयबाट प्रदान गरिने सबै खाले सेवा करिव करिव यस्तै छन् आम नेपालीका लागि । 

Monday, January 14, 2013

पत्रकार कहिले र कोबाट मारिए ?

१ देवकुमार आचार्य २०५८–४–८ सरकारबाट
२ कञ्चन प्रियदर्शी २०५९–१–१६ सरकारबाट
३ कृष्ण सेन २०५९–२–१३ सरकारबाट
४ कमल एमसी २०५९–६–१५ सरकारबाट
५ राजकुमार केसी २०५९–७–७ सरकारबाट
६ नवराज शर्मा २०५९–१–१९ माओवादीबाट
७ अम्बिका तिमल्सिना २०५९–८–२५ माओवादीबाट
८ कुमार घिमिरे २०५९–७–१६ सरकारबाट
९ ज्ञानेन्द्र खड्का २०६०–४–२१ माओवादीबाट
१० विनोद चौधरी २०५९–६–१४ सरकारबाट
११ नगेन्द्र पोखरेल २०६०–९–७ सरकारबाट
१२ गोपाल गिरी २०६०–१०–१ माओवादीबाट
१३ पदमराज देवकोटा २०६०–१०–२४ सरकारबाट
१४ डेकेन्द्रराज थापा २०६१–४–२७ माओवादीबाट
१५ बद्री खड्का २०६१–५–१३ सरकारबाट