Tuesday, March 19, 2013

श्रीमानको मन्त्री परिषदका मन्त्रीहरुलाई चिनौ

विद्याधर मल्लिक 

२०४६ को जनआन्दोलन दमनको अनुसन्धान गर्न गठित बहुचर्चित आयोगका अध्यक्ष जनार्दन मल्लिकका छोरा हुन् विद्याधर मल्लिक। अर्थ मन्त्रालयका पूर्वसचिव मल्लिक अहिले राष्ट्रपतिका आर्थिक सल्लाहकार छन्। उनी कुशल प्रशासकको सूचीमा पर्छन्।
शंकर कोइराला 
बाबुराम भट्टराई नेतृत्वको सरकारले लीलामणि पौडेललाई मुख्य सचिव बनाएपछि रिसाएर राजीनामा दिएका यिनी पर्यटन सचिववाट निर्वाचन आयोग पुगेका थिए। वरिष्ठता मिचेर पौडेल कार्यक्षमताको आडमा मुख्य सचिव भएपछि उनले आयोगको सचिव हुँदै राजीनामा दिएका थिए। कोइराला कवि तथा गीतकारको रुपमा समेत परिचित छन्।
रामकुमार श्रेष्ठ
माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट हुन्। गोरखाको आरुघाटमा दाहाल शिक्षक हुँदा श्रेष्ठ सो विद्यालयका प्रधानाध्यापक थिए। निजामती सेवामा उनले स्थानीय विकास मन्त्रालयको सचिववाट अवकाश पाएका थिए। माओवादी सरकारकालमा उनलाई लाभका विभिन्न पदमा सिफारिस गरिएको थियो।
उमाकान्त झा
यिनले पनि मुख्य सचिवमा पौडेलको नियुक्तप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए। उद्योग सचिवको रुपमा कार्यरत रहँदा उनले राजीनामा दिएका हुन्। मधेसी मोर्चाले उनलाई मुख्य सचिव बनाउन जोड दिए पनि तत्कालीन प्रधानमन्त्री भट्टराईले अस्वीकार गरेका थिए। भारतीय राजदूत जयन्तप्रसादले झालाई मुख्य सचिव बनाउन सरकारलाई दबाब दिएको सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। आर्थिक मामिलामा समेत उनी विवादित मानिन्छन्।
माधव पौडेल
२३ वर्ष कानुन मन्त्रालयअन्तर्गत काम गरेका उनले त्यहीँबााट अवकाश पाएका थिए। प्रधानमन्त्री कार्यालयको सचिवका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका पौडलकै पालामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन आएको हो। 
टेकबहादुर थापा घर्तीमगर 
लमजुङका घर्तीमगरले कृषिसचिवबाट अवकाश पाएका हुन्। उनलाई मन्त्री बनाउन कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समेत कसरत गरेका थिए।

(साभार नागरिक दैनिक) 

No comments:

Post a Comment