Saturday, February 23, 2013

धन्यवाद हल्साव !


मोवाइल बज्यो, यसो उठाएर हेरे विहानको पौने ६ बजेको रहेछ । एउटा अपरिचित नम्बरबाट फोन आएको रहेछ । फोन उठाए । हेलो तपाई सुमनकुमार लुइटेल हो ? फोन गर्ने व्यक्तिले मेरो पुरै नाम सहित मेरो परिचय सोध्यो । मैले प्रतिउत्तरमा भने हो । मलाई मेरो पुरै नामले चिन्ने सिमित साथीहरु मात्रै छन् । जसको मोवाइल नम्बर मेरो मोबाइलमा सेभ छ । तर अपरिचत व्यक्तिले मेरो पुरै नाम सहित मेरो परिचय सोध्यो । मेरो प्रतिउत्तर पछि उसले फेरी सोध्यो तपाईको केहि कागजात हराएको छ ? 
राजु थापा मसंग फोटो खिचाउदै 
"बन्दले कसलाई के लाभ भयो बैद्य र मातृका यादव लगायतका टाउके नेताहरुले सोचुन तर तीनका कार्यकर्ताबाट दूब्यवहार झेल्दै आफनो हराएको सामन लिन पुगेको मैले यो दुनियाँमा केहि सज्जनहरु पनि जीवित रहेको पाए । ती सज्जन अरु कोहि थिएनन् तीनै हल्साव थिए । जसले मलाई मेरा हराएका समान सकुसल फिर्ता दिएका थिए ।"



मैले तत्कालै भने हो मेरो अस्ति शुक्रबार बेलुका पर्स हरायो । पर्समा रहेको पैसा र लाइसेन्स र प्रेस पास सहित सबै डकुमेन्ट्सहरु हरायो ।
म प्रहरी बोल्दैछु, तपाई माइतिघर आउन सक्नु हुन्छ ? तपाईको कागजात बाटोमा फालिदिएको रहेछ मैले फेला पारेको छु । 
नेपाल बन्दको दिन थियो । एक त मसँग प्रेस पास पनि थिएन त्यसमाथि विहानको पौने ६ बजेको छ । म निद्रमै छु । मैले दिउसो आएर कागज लिन्छु भने । उनले प्रतिउत्तरमा भने म बेलुका ६ बजेसम्म यहि हुन्छु आउनु होला । मैले हुन्छ भने र फोन राखे । 
शुक्रबार बेलुका अफिसबाट आउनेक्रममा बाइकमा सबार मेरो पर्स कता खस्यो थाहा भएन । बेलुका घरमा आईपुग्दा पाइन्टको पछाडीको पकेटमा रहेको पर्स थिएन । म छागाँबाट खसेजस्तै भए । किनकि मेरो पैसा देखि सबै महत्वपूर्ण कागजातहरु पर्समै थिए । पैसाको भन्दा पनि मलाई ती कागजातको पिर थियो । लाइसेन्स र प्रेस पासमा मेरो मोवाइल नम्बर थियो । कसैले त्यो पर्स भेटेमा डकुमेन्ट मात्रै भए पनि दिन फोन गर्छ कि ? झिनो आशा थियो तर विश्वस्त भने थिइन । दुई दिन पुरै तनावमा थिए । लाइसेन्सका लागि यातयात व्यवस्था कार्यालय देखि ट्राफिक प्रहरी कार्यालयसम्म चक्कर काटिसकेको थिए । प्रहरीको सिफारिशका लागि मात्रै करिव एक हप्ता लाग्ने रहेछ  । 
तर दुई दिन पछि कागजात सहि सलामत मैले पाए । बन्द दिन साइकल लिएर माइतिघरसम्म पुगें र ती प्रहरीलाई फोन गरे । उनले आफनो परिचय दिए म राजु थापा मगर । उनी शसस्त्र प्रहरीका हल्दार रहेछन । घर चै मेरो भक्तपुर हो । आफनो ठेगाना बताउँदै जागिर प्रतिको दिक्दारी पनि उनले पोख्न भ्याए । मैले पनि आफनो परिचय गराए र कागजात भेटेर फोन गरिदिएकोमा धन्यवाद दिए । करिव २० मिनेटको बसाइमा दुबै जनाले जुस खायौ । मैले केहि चक्लेट किनेको थिए । अन्य प्रहरी साथीहरुलाई बाढि दिनुहोला भनेर तीनै सज्जन प्रहरीलाई दिए र कागजात लिएर म अफिस रवाना भए । 
हराएका यी कागजात भेट्दा म कम्ति खुसि भइन । ती प्रहरीलाई धेरै धेरै धन्यवाद । बन्दको दिन साइकलमा सबार भएर माइतिघरसम्म पुग्दा थुप्रै ठाउँमा बन्द कर्ताले मलाई साइकल नचलाउन र डोहो¥याएर हिड्न थर्काएका थिए । मुर्खका अगाडी दैब डराउँछ भने झै मैले उनीहरुसँग सिगौरि खेल्न सक्दिनथे । उनीहरुले जे भने मैले त्यसै गरे । बन्दले कसलाई के लाभ भयो बैद्य र मातृका यादव लगायतका टाउके नेताहरुले सोचुन तर तीनका कार्यकर्ताबाट दूब्यवहार झेल्दै आफनो हराएको सामन लिन पुगेको मैले यो दुनियाँमा केहि सज्जनहरु पनि जीवित रहेको पाए । ती सज्जन अरु कोहि थिएनन् तीनै हल्साव थिए । जसले मलाई मेरा हराएका समान सकुसल फिर्ता दिएका थिए । धन्यवाद हल्साव !

No comments:

Post a Comment