Monday, February 11, 2013

हे भगवान ! शिक्षण अस्पताललाई बचाउ



यीनलाई पनि एक्सरे गरेको छैन भनेर
कर्मचारीले थर्काए आधा घण्टा पछि उनको
 एक्सरे रिपोर्ट भेटियो
 रेडियोलोजि डिपार्टमा बस्ने एक जना ठिटोले बडो सानका साथ तपाईको त बाहिर पनि दर्ता नै रहेन छ भनेर ती सोझा अधबैशेलाई थकाउने काम गरे । तर झण्डै आधाघण्टा पछि उनको एक्सरे त्यहि भेटियो । त्यहि मनुवाले त्यो एक्सरे ल्याएर ती दाईलाई दियो । तर त्यो ठिटोको मुहारमा कुनै आत्मग्लानी देखिन । 
एउटा साधरण नेपालीलाई सरकारी सेवा कस्तो लाग्छ < भनेर सोध्ने हो भने उसको जवाफ कस्तो आउँछ सायद हामीले सहजै अनुमान लगाउन सक्छौ । आफन्त र चिनेजानेका मान्छे छन भने राम्रो र सजिलो नत्र पहरामा फलेको कुनै फल जस्तो । खान पनि मन लागेको छ तर टिप्न सकिन्न । नेपालका करिव करिव सबैजसो सरकारी कार्यालयबाट प्रदान गरिने सबै खाले सेवा करिव करिव यस्तै छन् आम नेपालीका लागि । 

एक्सरेका लागि तिरेको शुल्क
आज मैले पनि यहि कुराको अनुभूति गरे । बुबाको घाँटिमा एउटा सानो खटिरा छ । त्यसको  अप्रेशनका लागि शिक्षण अस्पताल महाराजगंजमा डाक्टरले फागुन २ गतेको समय दिएका थिए । अप्रशन गर्नु पूर्व माघ २८ गते अस्पतालमा गएर रगत, पिसाव, घाँटिको एक्से र इसिजि गराइयो । ती सबै परिक्षणको रिर्पाट रिपोर्ट  माघ २९ गते विहान ९ बजे पछि लिन बोलाइयो । त्यहि अनुसार म रिपोर्ट लिन गए । तर एक्सरे रिर्पोट नै भेटिएन । तपाईले एक्सरे नै गराउनु भएको रहेन छ फेरी एक्सरे गर्नु पो भन्छन् । बुबालाई हिजो झण्डै एक घण्टा लाइनमा कुराएरे एक्सरे गराएको त्यो थकाइ अहिलेसम्म पनि कम भएको छैन । आज  उल्टै एक्सरे गर्नु नै भएको रहेन छ भनेर त्यहाँका कर्मचारी उल्टै मसँग जंगिए । 
पुन एक्सरे गर्नका लागि कर्मचारीले दिएको फारम 
म भन्दा अगाडी पनि एक जना मानिस हिजो छातिको एक्सरे गरेको यहाँ त एक्सरे नै गरेको छैन भन्छन भन्दै गुनासो गर्दै थिए । रेडियोलोजि डिपार्टमा बस्ने एक जना ठिटोले बडो सानका साथ तपाईको त बाहिर पनि दर्ता नै रहेन छ भनेर ती सोझा अधबैशेलाई थकाउने काम गरे । तर झण्डै आधाघण्टा पछि उनको एक्सरे त्यहि भेटियो । त्यहि मनुवाले त्यो एक्सरे ल्याएर ती दाईलाई दियो । तर त्यो ठिटोको मुहारमा कुनै आत्मग्लानी देखिन । त्यो घटना हेर्दै गर्दा अब पालो आफनै आयो । म पनि कम्तिको कहाँ थिएँर मैले कड्केर कुरा गरे । मेरो कुरा गराइको तरिका देखेर सँगै रहेका अर्का कर्मचारीले एउटा फारम मेरो हातमा दिए अनि भने यो फारम लिएर जतिबेला आए पनि हामी तपाईलाई तुरुन्तै एक्सरे गरेर दिन्छौ । मेरो कुरा टुंगिन नपाउदै एउटी युवति फेरी एक्सरे रिर्पोट हरायो भन्दै आइपुगिन । रेडियोलोजि शाखामा करिव ४५ मिनेटको समय विताउँदा लापरबाहिको यो श्रृंखला चलिरहयो । सोचे नेपालीहरुलाई काहि गए पनि शान्ति र सहजता छैन । केहि नेपाली मनुवा यस्ता देखिए जो मानिस जन्मदा पनि सास्ति दिन रुचाउँछन, विरामी हुँदा पनि यस्तै तनाब दिन मन पराउँछन अनि मरेर आर्यघाट गएपनि उनीहरुको सताउने त्यो श्रृखलाले निरन्तरता पाइरहन्छ । 
हे भगवान ! -कोइराला_ शिक्षण अस्पतालको यो लापरवाहीको श्रृखलाको अन्त्य कहिले होला < हामी जस्ता साधरण नेपालीले विना सास्ति उपचराको अवसर कहिले पाउने होला < यो जुनीमा त्यो सम्भव भए हेर्ने अवसर मिलोस । 


3 comments: