Thursday, February 5, 2015

जोखिममा बालबालिकाको जीवन (फोटो फिचर)

धादिङ- सलाङ-५ मजुवाटारका बालबालिका दिनहुँ ज्यान जोखिममा राखेर ज्ञान आर्जन गर्न त्रिशुली नदी तर्न बाध्य छन्। देख्दा आङ सिरिङ हुन्छ। एउटा डोरीमा बाँधिएको बेरिङ (खिरखिरे) तुइनको लठ्ठामा अड्काएर नदी वारपार गर्छन्। घरबाट निस्कँदा किताबको झोलासँगै खिरखिरे उनीहरुको प्रिय सवारी हो। प्रत्येक घरमा कम्तीमा एउटा खिरखिरे राखिएको छ, जलेश्वरी मावि सलाङमा कक्षा ९ मा पढ्ने छात्र मुक्तबहादुर मगरले भने। यहाँ एउटा कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने जिर्ण तुइन् छ। बालबालिकाले त्यो तुइन् तान्न सक्दैनन्। तान्नै नसक्ने तुइनको विकल्पमा उनीहरु यसरी खिरखिरे भिरेर निस्कन्छन् साँझ लिएर जान्छन्।