Tuesday, May 28, 2013

Happy Anniversary Dad & Mom ...


 "यो वैबाहिक सम्वन्ध सायद स्वर्गमै तय भएको थियो । त्यसैले सम्भव भयो । नत्र एक अर्काको फोटोसम्म पनि नहेरी र एक अर्कासँग एक शब्द पनि कुरा नगरी गाउँका सम्पन्न र पढेलेखेका परिवारका युवा युवतीको विबाह कसरी सम्भव हुन्थ्यो र ?"

ड्याडी मंमि राजेश दा म बैनी सुस्मिता अनि भाइ प्रेरित 

"Marriage is made in heaven"अंग्रेजीको यो भनाईमा विश्वास गर्ने हो भने हरेक मानिसको विवाह पूर्व निर्धारित व्यक्तिसँग हुन्छ । जहाँ र जोसँग लगनगाँठो लेखिएको छ त्यसैसँग उसको (केटा/केटीको) विवाह निश्चित छ । सबैको सवालमा त होइन तर धेरैको विबाह हेर्दा चै सायद यो अंग्रेजी भनाई पनि सहि हो कि भन्ने भान हुन्छ मलाई । आज भन्दा करिव ४० वर्ष अगाडी अर्थात वि.सं. २०३० साल जेठ १४ भगवानको त्यहि पूर्व निर्धारित कार्यक्रम अनुसार नै एक युवक र युवती बैबाहिक सम्बन्धमा गाँसिन्छन् । मैले यो विबाहालाई पूर्व निर्धारित यस अर्थले भने कि जसको विवाह हुँदै थियो ती दुवैले एक अर्कासँग कुरा गर्न त परै जाओस अनुहार पनि विबाहाको मण्डपमा पुगेपछि मात्रै देखेका थिए । 

Saturday, May 11, 2013

धन्यवाद विद्यार्थी साथीहरु

नेपाल बन्दको कार्यक्रम फिर्ता गर्नु भएकोमा धन्यवाद विद्यार्थी साथीहरु ।  जनतालाई सास्ति दिने यस्ता काम  कहिल्यै र कसैले नगरौ । जो देखि रिस उठेको हो उसैलाई जे जे गर्नु पर्ने हो त्यहि गरौ ।
Stop

Thursday, May 9, 2013

विद्यार्थी नेताहरुलाई खुल्ला पत्र


कृपया विद्यार्थी साथीहरु विन्ती छ नेपाल बन्द गरेर श्रम गरेर खाने नेपालीको गाँस नखोसिदिनुस, टायर बालेर बातावरण प्रदुषित नगरिदिनुस, अनि हजारौ नेपालीको दैनिकी अस्तव्यस्त नवनाइदिनुस । 

आदरणिय ११ विद्यार्थी संगठनका अग्रज साथीहरु,
यस्ता हरकतले कस्लाई फाइदा होला ?
चिया पसल देखि तारे होटलसम्म अहिले लोकमान सिह कार्कीको अख्तियारमा नियुक्तिको विषयको चर्चा छ । सुन्दै छु तपाईहरु १३ विद्यार्थी संगठनले यसको विरोधमा बैशाख २९ गते नेपाल बन्दको घोषणा गर्नु भएको छ रे । तपाईहरु मध्येकै चारवटा माउ पार्टिले निर्णय गरेर भ्रष्टचारीको आरोप लागेका लोकमानसिह कार्कीलाई अख्तियारको प्रमुख बनाएका हुन । यसकार्यमा म लगायतका धेरै नेपालीहरुको समर्थन छैन ।

लोकमानालाई लोकको अस्विकृति र अनइच्छा हुँदा हुँदै अख्तियार प्रमुखमा विराजमान गराइयो । यो कार्यको अधिकांश नेपालीहरुले आ—आफनो तह र तप्काबाट विरोध गरिरहेका छौ । तपाईहरुले समेत यसको विरोध गरिरहनु भएको छ । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर ठूलो गल्ति गरेका दलहरु एक पछि आर्को गर्दै गल्ति दोहो¥याउँदै छन् । लोकमानको नियुक्ति दलहरुको गल्तिको आर्को  श्रृखला हो । जसले लोकतन्त्रमा लोक हसाउँने काम भएको छ र जनताको चित्त कुढाउने काम भएको छ 

Wednesday, May 8, 2013

We love you mom...

२०६९ को आमाको मुख हेर्ने दिन  ..वी लभ यु म'म ....
भान्जा भान्जिको विबाहमा सहभागि हुन मंमि इटहरी जानुभएकोले यो वर्ष आमाको मुख हेर्ने दिन फोनबाट कुरा गरेर चित्त बुझाइयो । अघिल्ला वर्षहरुमा निकै रमाइलो गरिन्थ्यो यो दिनमा । तर आज तपाई यहाँ नहुँदा केहि खल्लो लागिरहेको छ ।
गत वर्ष आमाको मुख हेर्ने दिन खिचेको यो तस्विर तपाई प्रति समर्पित गर्छू अनि यो एउटा गित..वी लभ यु म'म .... http://www.youtube.com/watch?v=pOK08cRwE6c

Wednesday, May 1, 2013

म चिना दोहोरिएको मान्छे

चिना हराएका हरिर्वश र चिना दोहोरिएको म 




" चिना हराएर आफ्नो भविष्य हेराउन  नपाएकोमा  हरिवंशले  दुख पोखेका छन् । चिना दोहोरिएको म ज्योतिषका भविष्यबाणि सुनेर हैरान छु ।"


रिवंश आचार्य आज जुन स्थानमा छन्, त्यो स्थानमा आउन उनले गरेको संघर्ष पढें चिना हराएको मान्छेमा । जीवनमा त्यतिका धेरै संर्घष गरेर यो अवस्थामा आइपुगेकाहरु निकै कम भेटेको छु । जन्मे देखि अर्यघाट नपुगुन्जेल संघर्ष गरिरहनेहरुको बाहुल्यता रहेको हाम्रो देशमा हरिवंश दाई  रोलमोडल नै हुन यसमा कुनै द्धिविधा नै छैन । बाल्यकालमै उनको चिना चोरि भएछ त्यसैले ती संघर्षका दिनमा उनले कुनै पनि ज्योतिषलाई चिना देखाउन पाएन छन । उनले आफनो पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकको नाम पनि त्यहि चिनासँगै जोडिएर आयो चिना हराएको मान्छे ।  
हरिवंशको यो पुस्तक पढेपछि मैले यो ब्लग नलेखि सुखै पाइन । किनकी उनी चिना हराएका मान्छे अनि म चै चिना दोहोरिएको मान्छे । अर्थात् मेरो एउटा होइन दुई/दुई वटा चिना छन् । उनको चिनामा सुनको मूर्ति भएकाले चोरिएको रे । सायद मेरो चै नेपाली कागज सस्तो भएर होला चिना दोहोरिएको ।