Thursday, May 9, 2013

विद्यार्थी नेताहरुलाई खुल्ला पत्र


कृपया विद्यार्थी साथीहरु विन्ती छ नेपाल बन्द गरेर श्रम गरेर खाने नेपालीको गाँस नखोसिदिनुस, टायर बालेर बातावरण प्रदुषित नगरिदिनुस, अनि हजारौ नेपालीको दैनिकी अस्तव्यस्त नवनाइदिनुस । 

आदरणिय ११ विद्यार्थी संगठनका अग्रज साथीहरु,
यस्ता हरकतले कस्लाई फाइदा होला ?
चिया पसल देखि तारे होटलसम्म अहिले लोकमान सिह कार्कीको अख्तियारमा नियुक्तिको विषयको चर्चा छ । सुन्दै छु तपाईहरु १३ विद्यार्थी संगठनले यसको विरोधमा बैशाख २९ गते नेपाल बन्दको घोषणा गर्नु भएको छ रे । तपाईहरु मध्येकै चारवटा माउ पार्टिले निर्णय गरेर भ्रष्टचारीको आरोप लागेका लोकमानसिह कार्कीलाई अख्तियारको प्रमुख बनाएका हुन । यसकार्यमा म लगायतका धेरै नेपालीहरुको समर्थन छैन ।

लोकमानालाई लोकको अस्विकृति र अनइच्छा हुँदा हुँदै अख्तियार प्रमुखमा विराजमान गराइयो । यो कार्यको अधिकांश नेपालीहरुले आ—आफनो तह र तप्काबाट विरोध गरिरहेका छौ । तपाईहरुले समेत यसको विरोध गरिरहनु भएको छ । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर ठूलो गल्ति गरेका दलहरु एक पछि आर्को गर्दै गल्ति दोहो¥याउँदै छन् । लोकमानको नियुक्ति दलहरुको गल्तिको आर्को  श्रृखला हो । जसले लोकतन्त्रमा लोक हसाउँने काम भएको छ र जनताको चित्त कुढाउने काम भएको छ 
पढेलेखेका र विद्धान तपाई विद्यार्थी नेताहरुले लोकमान सिह कार्कीको नियुक्तिको विरोधमा रचनात्मक विरोधका कार्यक्रम ल्याउनुस भन्ने हामी चाहान्छौ । दलहरुको यो हरकतको विरोधस्वरुप तपाईहरुले आइतवार बैशाख २९ गते नेपाल बन्दको घोषणा गर्नु भएको रहेछ । मलाई दुख लाग्यो । त्यो बन्दले म जस्तै हजारौ नेपालीहरुले सास्ति खेप्नु पर्ने छ । लोकमान नियुक्तिमा मेरो हात छैन । उनको नियुक्ति गलत छ भनेर म विरोध गरिरहेकै छु । हजारौले सामाजिक संजाल मार्फत विरोध गरिरहेका छन् । अनि तपाईहरुले यो विरोधका लागि गर्न लागेको बन्दले हामी प्रताडित हुनु पर्ने अवस्था आउनु के सहि हो ? 
तपाई विद्यार्थी नेताहरु भोलि मूलुक हाँक्ने त्यहि पदमा पुग्नु हुने छ । अनि अहिले तपाईका अग्रजले जुन गल्ति गरेर जनताको नजरबाट तल झर्ने काम गरिरहनु भएको छ । तपाईहरु किन फेरि त्यहि बाटो अपनाई रहनु भएको छ । तपाईहरुले विरोधका लागि गर्ने बन्दमा कुन नेपालीले स्वस्र्फूत रुपमा साथ देलान एक पटक सोच्नुस त ? बरु सक्नु हुन्छ भने आफना माउ पार्टिका कार्यालय घेर्नुस् । शिर्षस्थ नेताहरुका घर घेर्नुस । अनि हेर्नुस कुन नेपालीले तपाईलाई साथ दिदैनन् । 

कृपया विद्यार्थी साथीहरु विन्ती छ नेपाल बन्द गरेर श्रम गरेर खाने नेपालीको गाँस नखोसिदिनुस, टायर बालेर बातावरण प्रदुषित नगरिदिनुस, अनि हजारौ नेपालीको दैनिकी अस्तव्यस्त नवनाइदिनुस । 

No comments:

Post a Comment