Tuesday, May 28, 2013

Happy Anniversary Dad & Mom ...


 "यो वैबाहिक सम्वन्ध सायद स्वर्गमै तय भएको थियो । त्यसैले सम्भव भयो । नत्र एक अर्काको फोटोसम्म पनि नहेरी र एक अर्कासँग एक शब्द पनि कुरा नगरी गाउँका सम्पन्न र पढेलेखेका परिवारका युवा युवतीको विबाह कसरी सम्भव हुन्थ्यो र ?"

ड्याडी मंमि राजेश दा म बैनी सुस्मिता अनि भाइ प्रेरित 

"Marriage is made in heaven"अंग्रेजीको यो भनाईमा विश्वास गर्ने हो भने हरेक मानिसको विवाह पूर्व निर्धारित व्यक्तिसँग हुन्छ । जहाँ र जोसँग लगनगाँठो लेखिएको छ त्यसैसँग उसको (केटा/केटीको) विवाह निश्चित छ । सबैको सवालमा त होइन तर धेरैको विबाह हेर्दा चै सायद यो अंग्रेजी भनाई पनि सहि हो कि भन्ने भान हुन्छ मलाई । आज भन्दा करिव ४० वर्ष अगाडी अर्थात वि.सं. २०३० साल जेठ १४ भगवानको त्यहि पूर्व निर्धारित कार्यक्रम अनुसार नै एक युवक र युवती बैबाहिक सम्बन्धमा गाँसिन्छन् । मैले यो विबाहालाई पूर्व निर्धारित यस अर्थले भने कि जसको विवाह हुँदै थियो ती दुवैले एक अर्कासँग कुरा गर्न त परै जाओस अनुहार पनि विबाहाको मण्डपमा पुगेपछि मात्रै देखेका थिए । 
भान्जो सुप्रिम 
दाई भाउजु 
ओखलढुंगाको बलखु र सिन्धुलीको तोश्रामखोला, एकदिन भन्दा बढिको पैदल दुरीमा रहेका यी दुई ठाउँका परिवारवीच यसरी जोडिएको यो वैबाहिक सम्वन्ध सायद स्वर्गमै तय भएको थियो । त्यसैले सम्भव भयो । नत्र एक अर्काको फोटोसम्म पनि नहेरी र एक अर्कासँग एक शब्द पनि कुरा नगरी गाउँका सम्पन्न र पढेलेखेका परिवारका युवा युवतीको विबाह कसरी सम्भव हुन्थ्यो र ? विवाहको पूर्व निर्धारित त्यो कार्यक्रम सम्पन्न भएकाले आज राजेश दा, म र बैनी सुस्मिता यो धर्तिमा छौ । र हामीसँग नयाँ नाताहरु थपिनेक्रम जारी छ । हामीसँग भाउजु  र ज्वाई हुनुहुन्छ । अनि करिव १० महिना अगाडी परिवारको तेश्रो पुस्ताको रुपमा अर्को सदस्यको आगमन भएको छ । बैनिको छोरा अर्थात मेरो डाकु भान्जो मिस्टर सुप्रिमको । 
हजुरबुबाले विबाहको मिती तय गर्न २०३० सालमा लेखेको पत्र 

आज तपाई (ड्याडी र मंमी) हरुको विबाहले ४० वर्ष पार गरेको छ । यो अवधिसम्म आइपुग्दा जीवनमा तपाईहरुले सुख दुखका थुप्रै अनुभव गर्नु भयो होला । तर पनि तपाईहरुको सम्बन्धमा कुनै चिसोपना र गुनासो हामीले देखेका छैनौ । तपाईहरुको यो जोडी र विश्वासको यो सम्वन्ध निरन्तर यसैगरी अगाडी बढिरहोस् । तपाईहरुका उत्तराधिकारीका रुपमा रहन पाउँदा हामीहरु अत्यन्तै खुसि छौ । जुनीमा मात्रै होइन जुनी जुनीसम्म पनि तपाईहरुको यहि बात्सल्य प्रेम अनि छत्र छायामा सधै यसैगरी रहिरहन पाइयोस । ह्याप्पि एनिर्भसरी ड्याड मम .....वी लव यु.....
...र यो चै म

ज्वाँई बैनि 




No comments:

Post a Comment