Saturday, March 19, 2011

प्रतिक्षा गर्नुहोस्

तम्ले हाम्रो फुटो वेचेर पैसा कमाउन्या हो त्यैभर हाम्लाई नि पैसा देउ ।  हातमा रहेको क्यामरा उनी तिर के तेस्र्याएको थिए उनको यो अभिब्यक्ति म तिर तेर्सियो । म अवाक भएँ । केहि दिन अघि कर्णालिका विकासे कार्यक्रम सन्चालकले मसँग भनेको त्यहि कुरा मैले फेरी सम्झिए … नेपालमा चेलिवेटीमात्रै होइनन हामी जस्ता गरिब र कर्णालीका मानिसहरु सबैभन्दा बढी बेचिएका छन्…
-मेरो पुस्तक आउँदैछ

Tuesday, March 8, 2011

मृत्यु जीतेको त्यो क्षण

पाईले मृत्यु देख्नु भएको छ ?  सायद छैन । मृत्यु जताततै छ तर अदृष्य छ । त्यसैले नाङ्गो आँखाले यसलाई देख्न सकिन्न । न त छोएर अनुभूति नै गर्न सकिन्छ । अझ त्यसमाथि जीवितै मृत्यु देख्न त सम्भव पनि छैन । तर आज २०६७ साल फागुन २३ गते मैले मृत्युसँग साक्षत्कार गरे । मृत्यु मेरै अगाडी थियो । लाग्थ्यो उ मलाई लैजान आतुर छ । उ मलाई लैजान खोज्ने म उसँग जान नचाहाने । मृत्युले मलाई लल्कार्यो । म मृत्युसँग युद्ध गर्न थाले । हामी दुईवीच घमसान युद्ध चल्छ । म लड्छु र घिसि्रएर केहि अगाडी पुग्छु । मेरा कपडा च्यातिन्छन् । तर पनि म बहादुरीताका साथ उसको प्रतिकार गर्छु ।


(दुर्घटना पछि म अनि मेरो मोटरसाइकल, फोटो-जनार्दन पाठक)
मृत्यु जित्दाको त्यो क्षण कुनै भिषण युद्ध जित्दाको विजय उन्माद भन्दा कम्तिको थिएन । जसलाई म सम्पूर्ण शब्द भण्डार रित्याएर पनि बर्णन गर्न सक्दिन । त्यो अनुभूतिको जो कोहिले कल्पनासम्म पनि गर्न सक्दैन । तर आज मैले अचानक त्यो काहालिलाग्दो र भयंकर अवस्थाको अनुभूति गरे । 

मृत्यु मेरो आदम्य साहस देखेर चित खान्छ र अन्ततः उ मबाट टाढा भाग्छ । उसको चिथोराइबाट म केहि घाइते हुन्छु । देव्रे खुट्टामा केहि चोट लाग्छ यतिहुँदा हुँदै पनि म मृत्युको पन्जाबाट मुक्त हुन्छु । मृत्यु र म वीच चलेको युद्धमा मेरो जीत हुन्छ ।

Sunday, March 6, 2011

चित्लाङका चार चिनारी

सुमन लुइटेल/चित्लाङ मकवापुर-

कवानपुर जिल्लाको चित्लाङ भन्ने वित्तिकै धेरैको मुख रसाउँछ । किनकी यहाँ उत्पादित मुला राजधानि काठमाण्डौ लगायत आसपासका क्षेत्रमा निकै लोकपि्रय छ । तर समयको वहाव सँगै यो गाउँ अहिले आफ्नो परिचयमा विविधता लयाउने तयारीमा जुटेको छ । ग्रामिन पर्यटनका लागि शुरु भएको होमस्टे नेपालमै पहिलो र एकमात्र वाख्राको दुधबाट चिज उत्पादन गर्ने कारखाना ओलिभ तेल र द्राउट माछाको उत्पादन चित्लाङका नयाँ चिनारी बनेका छन् । जसले यो रमनिय गाउँको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने स्थानीय राधाकृष्ण  बस्नेतले बताए ।
चीत्लांग गाउँको दृश्य । फोटो : सुमन 


बस्नेत भन्छन््-ुहामीले नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर चित्लाङमा सामुदायिक होमस्टेको शुरुवात गरेका छौं । यो काममा नेपाल पर्यटन वोर्डले समेत केहि सहयोग गरेको उनले बताए ।ु उनका अनुसार अहिले चित्लाङ गाविसका ४ घरले होमस्टेको तयारी करिब करिब पुरा गरेका छन् । केहि समय भित्रै १० घरमा होमस्टेको व्यवस्था गरिदैछ ।

चित्लाङ काठमाण्डौवाट २२ किलो मिटरको दुरीमा रहेको छ । थानकोट चेकपोष्टवाट दक्षिण चन्द्रागिरी पहाड छिचोलेपछि यो रमणिय गाउँमा पुग्न सकिन्छ । यहाँसम्म जान काठमाण्डौबाट सिधै भाडाका सवारी साधन पानि पाइन्छ । अझ त्यसमाथि व्यक्तिगत सवारी साधन भए त आफ्नो अनुकुलता अनुरुप यात्रा गर्न सकिन्छ । सावारी साधनमा करिव डेढ घण्टाको यात्रा पछाडि चित्लाङ पुग्न सकिन्छ । सवारी साधनमा नजाने र हाइकिङ गर्दैजाने हो भने करिब साँढे २ घण्टामा यहाँ पुग्न सकिन्छ । 

राजधानिको व्यस्त र कोलाहलता पूर्ण जिवनबाट केहि रमाईलो गर्न चाहानेहरुका लागि चित्लाङ एउटा राम्रो गन्तव्य वन्न सक्ने स्थानीय सूर्यदास प्रधानले बताए । ुयहि कुरालाई मध्यनजर गरेर हामीले सामूदायिक होमस्टेको शुरुवात गरेका हौु-चित्लाङ सामुदायिक होमस्टेका सल्लाहकार समेत रहेका प्रधानले बताए । 

चित्लाङ प्राकृतिक रुपमा त सुन्दर छँदै छन् । संगै यहाँ असोक चैत्य सातधारा इन्द्रसरोबर त्रिपुरेश्वर शिवालय तलेजु भवानि कोत लगायतका ऐतिहासिक र साँस्कृतिक महत्वका स्थानहरु रहेका छन् । जसले आन्तरिक र वाह्य पर्यटकलाई चित्लाङ आउन आर्कषित गर्ने उनी बताउँछन् । 

प्रधान भन्छन्-ुचित्लाङको पर्यटन प्रर्वधनका लागि पर्यटकका लागि हामीले विशेष प्याकेज वनाएरै ल्याउने तयारी गरेका छौं । यसका लागि व्यवस्थीत होमस्टे सुविधाजनक कोठा र शौचालयको व्यवस्था गरिएको छ । 
यहाँ आउने पर्यटकले स्थानीयस्तरमा उत्पादित अर्गानिक र स्थानिय खानेकुरा खुवाउने व्यवस्था मिलाइएको छ । जसका लागि उनिहरुले धेरै महँगो शुल्क समेत तिर्नु पर्देन । सामुदायिक होम स्टेकी कोषध्यक्ष हिरादेवी मानन्धरका अनुसार करिव एक हजार रुपैयाँमा यी सबै सुविधा लिन सक्छन् ।

रमणिय प्रकृति उत्कृष्ट आतित्थ्य सत्कार अनि आफ्नै मौलिकता बोकेको चित्लाङ तपाई हामिलाई स्वागत गर्न तम्तयार छ । यात्रालाई विशुद्ध मनोराजनको रुपमा मात्रै नलिएर केहि सिक्ने र केहि नयाँ कुरा जान्ने अवसरको रुपमा समेत लिनु पर्दछ । यदि यो कुरामा सहमत हुनुहुन्छ भने काठमाण्डौबाट करिब डेढ घण्टाको दूरिमा रहेको चित्लाङ तपाईका लागि एउटा उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ । चित्लाङमा पर्यटन विकासमा प्रसस्तै सम्भावनाहरु छन् । तर उचित पूर्वाधारको उचित विकास नहँदा यसबाट अपेक्षित लाभ लिन सकिएको छैन । त्यसैले स्थानिय वासिन्दाले शुरु गरेको यो कामलाई गाउँ विकास समितिले समेत विशेष कार्यक्रम वनाएर सहयोग गर्ने योजना वनाईरहेको छ । 

Friday, March 4, 2011

पशुपतिमा छिल्लिएका साधु

पशुपतिक्षेत्र काठमाण्डौं

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुप्रै प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो । अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो । तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको छ । खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध बिक्क्री वितरण भइरहेको छ । अझ गजवको कुरा त त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् । उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको छ । युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकिर्या  छैन ।


जय शम्भो……… पार्वतीधर देखो …, 
सेताम्मे फुलेका जटाधारी लामा लामा केश दाह्री अनि जीउ भरि खरानी दलेका साधुले बाटामा हिड्दै गरेका युवतिलाई यस्तै शब्दले बोलाउँदै थिए शिवरात्रीमा दर्शन गर्न घुम्ने उदेश्यले पशुपति पुगेका युवतिहरु छिल्लिएका साधुका यस्ता सम्बोधनले लाजले राता काला हुदै हिडिरहेका थिए तर पनि नसामा लठ्ठिएका साधुहरुका यस्ता हरकत रोकिएनन् शिवरात्रीको अघिल्लो दिन टेलिभिजनका लागि केहि दृष्य छायंकन गर्ने उदेश्यका साथ क्यामरापस्रन साथी संजय खनालका साथ करिव दुई घण्टा पशुपतिमा थिए त्यहि समय गाँजामा लठ्ठिएका साधुहरुका यस्तै वाहियात हरकत गरिरहेका थिए तीर्थालु बटुवा उनीहरुका यी सबै हरकत सुने नसुनेझै गरि हिडिरहन्थे

Thursday, March 3, 2011

म कुख्यात अपराधि !

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु ।



                                                                      फिर्र..... फिर्र ………विहान अफिस टाइम बाटोमा ट्राफिकको चाप निकै छ । त्यसैले आफनै सुरमा बाइक दौडाउँदै म अफिस जाँदैछु । लाजिम्पाट ओरालोमा ट्राफिक प्रहरीले सिठ्ठि फुकेर रोकिन संकेत गरे । कलेजबाट अफिसको यो यात्रामा मैले कुनै दूर्घटना गराएको थिइन । न त कारवाहीको भागेदार बन्ने गरी ट्राफिक नियमको बर्खिलाप गएको थिए । तर पनि ती प्रहरीले सिठ्ठि फुके मैले उनको संकेतलाई सहर्ष स्वीकार गरे र बाइकलाई किनारा लगाए । विगतमा झै ती प्रहरीले पनि लाइसेन्स र कागज पत्र खोज्लान भनेर मैले पस्रबाट ती कागजात निकाल्ने तयारी गरे । ट्राफिकले मसँग कागजात भए नभएको सोधे मैले सबै काजग भएको बताए । तर पनि उनले मलाई जान संकेत गरेनन् । उल्टै मलाई ति ट्राफिक तपाईलाई त कारवाही गर्नु पर्ने भयो नि भन्दै कड्किन पो थाले । म छक्क परे । मैले ती ट्राफिकलाई सोधे हैन मैले के गल्ति गरेर मलाई कारबाही गर्ने भन्नु भाको हैन ए बाबा लाइसेन्स र कागज पत्र बोकेर हिड्दा कारवाहीमा परिने प्रचलन कहिले देखि आएछ म सोच्दै थिए । तर ति ट्राफिकले मेरो मोटर साइकलमा राखिएको नम्वर प्लेट यातयात नियमावलि अनुसार नभएकोले मलाई कारवाहि  गर्नुको  व्यहोरा खुलाए ।

पुरानो बाइकले हैरान भएर मैले करिव ६ महिना अगाडी नयाँ बाइक किनेको थिए । बाइक निकालेर नम्वर प्लेट लेख्न जादाँ पेन्टरले चलन चल्तिमा रहेको मोडलमा मेरो बाइकका लागि पनि प्लेट बनाइदियो । त्यो प्लेट बनाएको मैले साँढे तीन सय रुपैयाँ तिरे । आज अचानक त्यो प्लेट अबैध ठहरिएछ ।

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु । उनी भन्दै गए तपाईको बाइकको नम्बर प्लेट टल्किन्छ बुझ्नै सकिदैन दूर्घटना गराएर भाग्यो भने समात्न समस्या हुन्छ ।

मैले प्रयोग गरेको नम्वर प्लेट कम्प्युराइज्ड सिस्टमबाट बनेको थियो । सम्भवतः पारदर्शी सिसामा लेखिएको भएर होला सिधै लाइट पर्दा यो टल्कन्छ । भंगेरे टाउके अक्षरमा राखिएको मेरो बाइकको नम्बर प्लेट टाढै बाट मज्जाले बुमुन सकिन्छ । त्यो पनि बुझिएन रे । हैन दुनियाले पचाउने कुरा पो गर्नु पर्छ ।

मैले उनलाई कहिले देखि यो नियमा शुरु भएको भनेर सोधे । तीन चार दिन भयो भन्दै उनले त जरिवाना भराउने रसिद पो निकाले । एक त मलाई यसको बारेमा केहि पनि जानकारी छैन । अनि अर्काे कुरा यो सडकमा गुड्ने मेरो बाइकमा मात्रै यस्तो नम्वर प्लेट राखिएको त हैन नि । अरुले पनि यस्तै प्लेट राखेर गाडी कुदाइ रहेका छन् । अनि मैले चै किन जरिवाना तिर्ने ती ट्राफिकसँग झण्डै ५ मिनेट जति चर्का चर्कि नै पर् यो । अन्तमा नम्वर प्लेट परिवर्तन गर्ने सर्तमा कथित्  कुख्यात म र मेरो काथित कुख्यात मोटर साइकल ति कानुनका पालक ट्राफिकको पाजाबाट मुक्त भयौ ।

अफिस जान हतारिदै हिडेको मान्छे म बेफवा्कमा टेन्सनमा आए । लाजिम्पाटको माछापुच्छ्रे बैक छेवैमा एउटा आर्ट सेन्टर थियो । त्यसमा नम्वर प्लेट परिवर्तनका लागि गएको । फेरी त्याहा पनि टेन्सन । आर्ट सेन्टरको मान्छे यति व्यस्त कि उसलाई मेरो कुरा सुन्न कुनै फुस्रदै थिएन । आफैले औजार खोजेर नम्वर प्लेट बनाउन दिए । दुइसय पचास लाग्छ । फुस्रद छैन पर्शी आउनु । आर्ट सेन्टरकी सहयोगीले एउटा विल थमाइदिइन् र भनिन ट्राफिकले किचकिच गरे यहि विल देखाउनु होला ।

काठमाण्डौमा सार्वजनिक सावारी साधनको यात्रा सहज छैन । अझ त्यसमाथि मिडियमा काम गर्ने मान्छे । अलि बढि नै व्यस्त होइन्छ । त्यसैले पाँच बर्ष देखि मैले मोटर साइकल प्रयोग गर्दै आइरहको छु । घण्टौ लाइनमा बसेर तेल हाल्नु राजश्व बुझाउन पहिला खाजश्व खुवाउनु कहिले दुइवटा हेल्मेटको व्यवस्था गर्नु कहिले कालो भाइजर हटाउनु अनि अव नयाँ बखेडा नम्वर प्लेट आतंक । मोटर साइकल चालकले विगत केहि वर्ष देखि यस्तै सास्ति खेप्दै आएका छन् । र म पनि यी मध्ये केहि समस्याबाट पिडित हुँ र छु । मैले चढेको मोटर साइकलले राज्यलाई बर्ष बर्षमा राजश्व तिर्छ । मेरो दैनिक कामलाई सहज बनाइदिएको छ । तर पनि किन किन आजकाल मलाई मोटरसाइकल चढेर जघन्य अपराध गरेको बोध भइरहेको छ । अव मोटरसाइकल बेचेर साइकल चढौकि भन्ने सोच्दै छु तर के थाहा भोलि फेरी साइकल चढ्नेले पनि यस्तै सास्ति खेप्नु पर् यो भने यदि त्यसो भयो भने मेरा दुइ खुट्टे साधन त मसँगै छन् । यसमा त यी नियमहरु लागु हुदैनन होला नि !