Monday, September 21, 2015

नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !

नजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुनहरु लाइ काशी पठाए नि पढेर आएको त्यों बाहुन लाइ पंडित बाजे पंडित बाजे भन्दै फुर्काएर पूजा पाठ माँ तल्लीन गराए
बाहुन ले मासु खान नि हुदैन जाड खान पनी हुदैन भन्दै खाने कुरा हरुमाँ पनी बन्देज लगाइदिये उता बाहुनहरु जोत्न नि हुदैन भनेर जोत्न नि दिएनन बाहुन लाइ बोलाएर दिन भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे

Friday, September 11, 2015

श्रीमति

क दिन श्रीमान घर आउँदा निकै अबेर भएछ ।
अनि घर आएर ढोका बाट भित्र छिर्न नपाउँदै श्रीमतिले भनिछन् -कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो यस्तो चाला ?? अनि यो हातमा भएको झोला कस्तो गन्हाई रहेको छ । के हो यो ??
श्रीमान-म.... म....म आमालाई लिन गएको थिएँ । आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो । यसमा आमाका कपडाहरु छन् ।
श्रीमति- (रिसले जुर्मुराउँदै) दिमाग त सही छ हजुरको ?? किन आमालाई यहाँ ल्याउन पर्‍यो ? दाजुभाइले हेरी हाल्छन् नि, त्यसैमाथी हजुरको तलबले के नै हुन्छ र ? छोराछोरीलाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यी बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।