Friday, September 11, 2015

श्रीमति

क दिन श्रीमान घर आउँदा निकै अबेर भएछ ।
अनि घर आएर ढोका बाट भित्र छिर्न नपाउँदै श्रीमतिले भनिछन् -कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो यस्तो चाला ?? अनि यो हातमा भएको झोला कस्तो गन्हाई रहेको छ । के हो यो ??
श्रीमान-म.... म....म आमालाई लिन गएको थिएँ । आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो । यसमा आमाका कपडाहरु छन् ।
श्रीमति- (रिसले जुर्मुराउँदै) दिमाग त सही छ हजुरको ?? किन आमालाई यहाँ ल्याउन पर्‍यो ? दाजुभाइले हेरी हाल्छन् नि, त्यसैमाथी हजुरको तलबले के नै हुन्छ र ? छोराछोरीलाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यी बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।
श्रीमान- (त्यस्तो न भन, आमाको सेवा गर्नु त हाम्रो धर्म र कर्तब्य हो नि ।)
श्रीमति( आफैँ बाँच्न धौ-धौ परेको बेलामा म त सक्दिन धर्मसर्म गर्न ।
यती भन्दै श्रीमतिले श्रीमानको हातबाट झोला खोसेर बाहिर लगेर फालिदिन्छिन् । अनि यसो बाहिर हेर्दा त आफ्नै आमा पो देख्छिन् । अनि हत्तनपत्त झोला उठाउँदै आमालाई लिएर भित्र आउँछिन् ।
श्रीमति -अघिनै भन्नु पर्दैन मेरो आमा हो भनेर ?
श्रीमान- तिमीले मलाई बोल्ने मौका दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोल्यै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घरबाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस नगैकन आमालाई लिएर आएको ।
श्रीमति -(मुस्कुराउँदै) कती जाती र बुझ्ने हुनुहुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छिन् ।)
(जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छिन् त्यो घर आफैँमा स्वर्ग हो । बुझ्न जरुरी छ ।) 

(यो मेरो आफनो रचना होइन । सामाजिक संजालहरुमा भेटेको यो रचना समय सान्र्दभिक लाग्यो त्यसैले यहाँ शेयर गरेको हुँ ।)

No comments:

Post a Comment