Monday, June 30, 2014

लौ म फेरी आँए

करिव ३ वर्षको अवधिमा १८ हजार भन्दा बढिले यो ब्लगमा राखिएका कुराहरु हेरिदिनु भएको छ । २ दर्जन भन्दा बढिले ब्लग मार्फत फलो गर्नु भएको छ । प्रेरणादायि र सिर्जनशिल प्रतिक्रिया दिनु भएको छ ।
शौखका लागि लेख्ने मान्छे । तर कतिपय अवस्थामा शौख भएर पनि विभिन्न परिस्थीतिले मनमा लागेका कुरा लेख्न भ्याँइदो रहेनछ । आफूलाई मनमा लागेका कुरा जुन कुनै पत्रिकाले छापिदिदैनन् । कति पत्रिकाका मापदण्ड पुरा गर्न सकिन्न । अनि कतिपय कुराहरु आफूलाई अत्यन्तै रोचक र प्रेरणादायि लाग्छन् त्यस्ता कुरालाई ब्लग मार्फत संग्रह गर्ने पनि उदेश्य थियो । त्यसैले मैले आफनौ नामका निशुल्क संचालन गर्न सकिने ब्लगर डट कमको ब्लग शुरु गरेको थिए । हुन त अहिले विद्युतिय कारोवार ऐनले यसरी हुबहु कुनै पनि लेख रचनालाई कपि गर्न नपाइने व्यवस्था गरेको छ क्यार । तर मैले यहाँ राखेका कुनै पनि लेख रचनामा त्यसको श्रोत उल्लेख गरेको छु अनि यसलाई व्यवसायिक प्रयोगमा ल्याएको छैन । कसैलाई मान मर्दन गर्ने गरि म यहाँ कुनै पनि सामग्रि राख्दिन ।