Monday, June 30, 2014

लौ म फेरी आँए

करिव ३ वर्षको अवधिमा १८ हजार भन्दा बढिले यो ब्लगमा राखिएका कुराहरु हेरिदिनु भएको छ । २ दर्जन भन्दा बढिले ब्लग मार्फत फलो गर्नु भएको छ । प्रेरणादायि र सिर्जनशिल प्रतिक्रिया दिनु भएको छ ।
शौखका लागि लेख्ने मान्छे । तर कतिपय अवस्थामा शौख भएर पनि विभिन्न परिस्थीतिले मनमा लागेका कुरा लेख्न भ्याँइदो रहेनछ । आफूलाई मनमा लागेका कुरा जुन कुनै पत्रिकाले छापिदिदैनन् । कति पत्रिकाका मापदण्ड पुरा गर्न सकिन्न । अनि कतिपय कुराहरु आफूलाई अत्यन्तै रोचक र प्रेरणादायि लाग्छन् त्यस्ता कुरालाई ब्लग मार्फत संग्रह गर्ने पनि उदेश्य थियो । त्यसैले मैले आफनौ नामका निशुल्क संचालन गर्न सकिने ब्लगर डट कमको ब्लग शुरु गरेको थिए । हुन त अहिले विद्युतिय कारोवार ऐनले यसरी हुबहु कुनै पनि लेख रचनालाई कपि गर्न नपाइने व्यवस्था गरेको छ क्यार । तर मैले यहाँ राखेका कुनै पनि लेख रचनामा त्यसको श्रोत उल्लेख गरेको छु अनि यसलाई व्यवसायिक प्रयोगमा ल्याएको छैन । कसैलाई मान मर्दन गर्ने गरि म यहाँ कुनै पनि सामग्रि राख्दिन ।  

विगत केहि समय देखि प्राविधिक समस्याका कारण मेरो यो ब्लग संचालनमा थिएन । यसवीचमा थुप्रै कुराहरु ब्लगका रुपमा लेखिनु पर्ने विषय बनेका थिए, विविध कारणले गर्दा चाहेर पनि लेख्न सकिरहेको थिइन । आज देखि ब्लगमा आएको प्राविधिक व्यवधानलाई हटाएर पुनः संचालनमा ल्याएको छु । सबैलाई मेरो गन्थन मन नपर्न सक्छ । सबैले यी गन्थन पढ्नु पर्छ भन्ने पनि छैन । तर करिव ३ वर्षको अवधिमा १८ हजार भन्दा बढिले यो ब्लगमा राखिएका कुराहरु हेरिदिनु भएको छ । २ दर्जन भन्दा बढिले ब्लग मार्फत फलो गर्नु भएको छ । प्रेरणादायि र सिर्जनशिल प्रतिक्रिया दिनु भएको छ । कतिपयले ब्लगमा लेख्न छाडेकोमा सोध्नु भएको छ । यी सबै मेरा लागि लेखाइका उर्जा हुन । त्यसैले म फेरी ब्यूँझेको छु । म फेरी आफ्ना गन्थन लिएर तपाईहरुका विचमा आएको छु । तपाईहरुबाट थप सिर्जनात्मक आलोचनाको अपेक्षा गरेको छु ।   

No comments:

Post a Comment