Tuesday, July 1, 2014

म, मेरो भान्जो, नेपाली मिडिया र पाठक

 सबैले समाचार मार्फत दिएको सूचना त्यहि थियो  तर त्यो समाचारका लागि दिइएको शिर्षक भने निकै फरक थिए  कुनै निकै सनसनीपूर्ण लाग्नेकुनै सफ्टकुनै छेउटुप्पै नमिलेका जस्ता लाग्ने 
मेरो वर्षको भान्जो उसले भनेको मानेन, खानेकुरा खाएन वा उसको ध्यान तिर तान्नु ¥यो भने उसलाई हाउगुजीको डर देखाउँछु त्यस पछि उसले मैले भने अनुसार गर्छ हाउगुजीले उसको ध्यान तान्न सकेकोमा आफूलाई निकै खुसि हुन्छु, मख्ख पर्छु तर त्यो बालमनसपटलमा मेरो बुद्धिले भन्दा हाउगुजीको डरले काम गरेको भन्ने कुरा विर्सन्छु सायद यो मानविय स्वभाव हो मेरो भान्जो वीचको यो हाउगुजी व्यवहार अहिले अधिका्रश नेपाली संचार माध्याममा पनि प्रयोगमा हाउगुजीको हतियार प्रयोग गरेर संचार माध्याम पाठकको ध्यान आफूतिर तान्न तछाड मछाड गरेर लागिपरेका छन् यसमा खासगरी अनलाईन संचार माध्याम सबैभन्दा अगाडी छन्   स्रचार माध्यामले सामान्य समाचारलाई पनि सनसनिपूर्ण समाचारको रुपमा प्रस्तुत गर्छन अनि पाठकहरु यस्ता समाचार पढ्न आर्कषित नहुने कुरै भएन यहाँ यस्तै एउटा समाचारलाई हेरौ  

२०७१ साल असार १५ गते आइतवार पृथ्वी लोकमार्ग अन्तर्गत नौविसे नागढुंगा सडक खण्डको पिलमोडमा ट्रिपर घर भित्र छिर्दा घर भित्र सुतिरहेका दम्पती बलराम बोहोरा मैयाँ बोहोराको मृत्यु भएको समाचार आयो संचार माध्यामले उक्त समाचारलाई आफ्नै तरिकाले प्रस्तुत गरे विभिन्न अनलाइन संचार माध्यामले समेत त्यो समाचार सार्वजनिक गरे सबैले समाचार मार्फत दिएको सूचना त्यहि थियो तर त्यो समाचारका लागि दिइएको शिर्षक भने निकै फरक थिए कुनै निकै सनसनीपूर्ण लाग्ने, कुनै सफ्ट, कुनै छेउटुप्पै नमिलेका जस्ता लाग्ने
पत्रकारितामा Bad News is Good News भन्छन तर सवारी दूर्घटनाको समाचारलाई यति धेरै सनसनीपूर्ण शिर्षक दिनु पर्ने आवश्यकता चै मैले देख्दिन नजानेर वा नआएर पक्कै होइन होला, सायद पाठकलाई समाचार प्रति आर्कषित गर्न यस्ता शिर्षक राखिएको होला तर आहिलेका पाठकहरु निकै सचेत छन् त्यसैले समाचार प्रति आर्कषित गर्न यतिसम्म नगर्दा पनि हुन्छ जस्तो लाग्छ,
हेर्नुस कस्ले कस्तो शिर्षकमा यो समाचार दिए 
  • कान्तिपुर

घरभित्रै छिरेको टिपरले किच्दा दुईको मृत्यु
  • अन्नपूर्ण पोष्ट

ट्रिपरले ओभरटेक गर्दा घरभित्र सुतेका श्रीमान् श्रीमतीको मृत्यु
  • नागरिकन्यूज डट कम

ओभरटेक गर्दा दूर्घटना, दुईको मृत्यु
  • दैनिक नेपाल अनलाईन

कालले घरभित्रैबाट टिपेर लगो
  • अनलाईन खबर डट कम

ट्रिपरको ठक्करबाट दुईजनाको मृत्यु
  • सेतोपाटी 

ट्रिपरको ठक्करबाट घर भित्र सुतिरहेका २ जनाको मृत्यु

No comments:

Post a Comment