Tuesday, August 26, 2014

थुल्मेघाटमा बन्यो पुल

सुनकोशीमा बाढी आए पनि अब म ढुक्क भएर मेरो गाउँ जान सक्छु ।  
पारि पटि मेरो गाउँ बलखु 
थुल्मेघाटमा काठको ढुंगा हुन्थ्यो । गाउँका मानिसहरु घुर्मि वा राजधानी काठमाडौं आउन यहि घाटमा रहेको त्यो काठको डुंगाबाट नदी तर्नु पथ्र्यो । अन्य विकल्प थिएन । नदीमा हल्का पानीको बहाव बढ्नासाथ एक नाले उक्त डुंगाबाट नदी तर्न डरमर्दाे अवस्था थियो । केहि वर्ष अगाडी मात्रै विहेका जन्ति चढेको डुंगा पल्टिएर बेहुली सहित आधा दर्जन भन्दा बढिले ज्यान गुमाए । गाउँकै गणेश घिमिरे दाईले यहि नदी पौडिएर तर्ने क्रममा डुवेर इहलिला समाप्त गरे । यी बाहेक पनि थुल्मेघाटमा थुप्रैले अकालमा ज्यान गुमाएका छन् विगतमा ।

मैले पनि थुपै्र पटक त्यो काठको ढुंगा तरेको छु । जब सुनकोशी तर्न डुंगामा बस्थे मन भित्र चसक्क डर लाग्थ्यो तर अन्य विकल्पै थिएन । आँखा चिम्लिएर केहि मिनेट निस्सासिदै नदी तरिन्थ्यो । तर अब मेरो मनमा थुल्मेघाट तर्दा त्यो डर लाग्ने छैन । न त बलखु र छिमेकका आफन्त, दाजु, भाई, दिदी, बहिनी र बा, आमा ले अनाहकमै ज्यान गुमाउनु पर्ने छ । कारण थुल्मेघामा झोलुंगे पुल बनेछ । 

२०७१ भदौको २१ गते पुलको उद्घाटन गर्ने तिथी तोकिएको रहेछ । काका कुमार लुइटेलले फेसबुकमा पुलको तस्विर र उक्त जनकारी अपलोड गरेपछि दुई शब्द नलेखि रहनै सकिन । यो पुल बनेपछि अब रात विहान, झरी वा सुनकोशीमा उर्लने भेलका समयमा पनि बलखु र आसपासका गाविसका मानिसहरुलाई नदी तर्न निकै राहत हुने छ ।  
यो पुल निर्माणका लागि लागि पर्ने कुमार अंकल लगायतका सबैलाई धन्यवाद । सुनकोशीमा बाढी आए पनि अब म ढुक्क भएर मेरो गाउँ जान सक्छु ।  

No comments:

Post a Comment