Tuesday, May 30, 2017

जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?

पैदल यात्रीलाई सडक पार गर्न चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?
कानुनको पालना नगर्नेलाई कारवाहि गरिनु पर्छ । यसमा कसैको द्धिमत  हुनै सक्दैन । तर कानुनलाई कसैलाई कारवाही गर्न केहि निश्चित आधार त पक्के चाहिन्छ होला । यहाँ मैले जोड्न खोजेको प्रसंग जथाभावि सडक पार गर्ने सर्वसाधरणलाई पक्राउ गरि जरिवाना गर्ने विषयको हो । मुख्य कुरा त काठमाण्डौमा रहेका सवै सडकमा पैदलयात्रीहरु हिड्न मिल्ने पेटी छैनन । भएका कतिपय ठाउँमा पेटीको हालत राम्रो छैन । अनि राम्रा हालतमा भएका ठाउँमा सडक पार गर्नका लागि निश्चित ठाउँमा जेव्रा क्रस छैनन । पैदल यात्रीलाई सडक पार गर्न चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?

Wednesday, April 5, 2017

बर्सेनि १० प्रतिशतले बढ्दै लागुऔषध दुर्व्यसनी : यसरी फस्दैछ 'प्लस टु' पुस्ता

काठमाडौं : नेपालमा हरेक वर्ष १० प्रतिशतभन्दा बढीले लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ। सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता प्लस टु अध्ययनरत विद्यार्थी  र होस्टलमा बस्ने छात्रछात्रा रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार करिब ३१ प्रतिशत प्रयोगकर्ता प्लस टु मा पढ्ने विद्यार्थी हुन्। धेरैजसोमा स्कुलको पढाइ सकेर क्याम्पस जाने समयमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यातले बताए। 'होस्टलमा बस्ने युवाले पनि लागुऔषध लिने गरेको पाइएको छ,' उनले भने।
ब्युरोले लागुऔषध प्रयोगलाई नियन्त्रण गर्न होस्टेल सञ्चालकहरुसँग पनि छलफल गरिसकेको छ। सर्वेक्षण अनुसार ७१ प्रतिशत मानिस साथीभाइ मार्फत लागुऔषध सेवनमा फस्ने गरेका छन्। त्यस्तै ३८ प्रतिशत प्रयोगकर्ताले मेडिकलहलमा बेचिने लागुऔषध सेवन गर्ने गरेको देखिएको छ। सामाजिक सञ्जालको माध्यमबाट पनि लागुऔषध प्रयोग गर्नेहरु बढिरहेका छन्।

Wednesday, March 15, 2017

यी हुन वडाहरूले पाएका अधिकारहरूः

मंगलवारदेखि देशभर नयाँ स्थानीय तह कायम भएका छन् । केन्द्रमा रहेको अधिकार स्थानीय तह हुँदै जनताको घर घरमा पुगेको छ ।

१ नाता प्रमाणीत
२ नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारीस
३ बहाल करको लेखाजोखा सिफारिस
४ कोठा खोल्न रोहबर बस्ने
५ मोही लगत कट्टा सिफारीस
६ घरजग्गा करको लेखाजोखा सिफारीस
७ जन्ममिति प्रमाणित
८ ब्यापार व्यवसाय बन्द भएको, संचालन नभएको वा हुँदै नभएको सिफारिस