Friday, October 22, 2010

अष्ट्रेलियामा नेपाली भाषा पाठशाला

रिब १ महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए ।

नेपाली भाषालाई प्रवर्द्धन गर्न लोप हुन नदिन सामुहीक रुपमा अष्ट्रेलियामा नेपाली अध्ययन पाठशाला शुरु गरिएको अहिलेसम्म यहाँ दुइ वटा नेपाली पाठशाला सञ्चालनमा आएका छन्

गुठी संस्थान अष्ट्रेलियाको पहलमा एक नीजि तवरबाट एक गरि दुइ वटा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको यहाँ सञ्चालित दुई बिद्यालयमा अहिलेसम्म ५० जना नेपाली बालबालिकाहरु अध्ययन गरिरहेका छन् जसमध्ये सबै अष्ट्रेलियामा जन्मिएका बालबालिकाहरु हुन्
करिब महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए उनका अनुसार अंग्रेजी समुदायमा हुर्कने भएकाले नेपाली भाषा लोप हुने सम्भवाना बढ्दै गएकोले अभियानको थालनी गरिएको हो
गुठी संस्थान गोर्खा नेप्लिज कम्युनिटीद्धारा महिनाअघि म्यारिकभिलमा सञ्चालन गरिएको शब्दमाला पाठशालाले भने यहाँ नेपाली भाषा सिकाईमा महत्वपुर्ण योगदान गरेको करिब ४० जना बालबालिका अध्ययन गरिरहेको यो पाठशालालाई अष्ट्रेलिया सरकारले यस बर्ष हजार डलर अनुदान प्रदान गरेको यहाँको सरकारले सामाजिक संघसंस्थाहरुलाई प्रत्येक बर्ष सम्मान हौसला स्वरुप केही नगद सहयोग दिने नियमअनुसार यस बर्ष यस बिद्यालयले सहयोग प्राप्त गरेको हो
शब्दमाला पाठशाला सञ्चालक समितिकी उपाध्यक्ष नीलम प्रधानाङ्गले नेपाली बिद्यालय सञ्चालनमा शुरुमा समस्या आएको भएपनि अहिले उत्साहजनक रुपमा बिद्यार्थीहरु आइरहेको बताइन् उनका अनुसार अहिलेसम्म ४० जना नेपाली बालबालिकाहरु पाठशालामा अध्ययन गरिरहेका छन् यहाँ जन्मिएका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न, लेख्न पढ्न नजान्ने भएकाले यस्तो पाठशाला शुरु गरिएको उनको भनाई
यहाँ सञ्चालन भएका पाठशालाहरुले नेपाली पाठ्यपुस्तक नेपालबाटै ल्याउने गरेका छन भने पढाउने बिधि पनि नेपालका बिद्यालयको जस्तै नेपालमा शिक्षण ज्ञान भएका शिक्षकहरु मार्फत अध्ययन हुने यहाँको बिद्यालयले अध्ययन वापत केही रकम समेत लिने गरेका छन् यिनीहरुले बार्षिक सय ५० अष्ट्रेलियन डलरसम्म शुल्क लिने गरेका छन्

एन्टिभाइरस नराखी कम्युटर कसरी जोगाउने ?

काठमाडौं, कार्तिक - भाइरसका कारण कम्प्युटरमा समस्या खेपिरहनु भएको भने केही सावधानी अपनाउँदा ती समस्यालाई टाढै राख्न सकिन्छ। खराब सफ्टवेयरलाई कम्प्युटरमा छिर्न रोक्न सक्ने हो भने कम्प्युटरमा एन्टिभाइरस नभए पनि केही असर पर्दैन। 


हामीले प्रयोग गर्ने सबै ब्राउजरमा सुरक्षाका उपायहरु समेटिएका हुन्छ जस्तो कि एन्टी फिसिङ फिल्टर। यस्ता 'फिचर' उपयोग गर्नाले ठूला समस्या सजिलै समाधान हुन्छन्। 

यद्यपी तपाँईको कम्प्युटरमा एन्टिभाइरस हुनु राम्रो हो, यदि तपाँई धेरै इन्टरनेट चालउनु हुन्छ या पेन ड्राइभहरु धेरै प्रयोग गर्नुहुन्छ भने। तर एउटा एन्टिभाइरसले सबैखाले भाइरसलाई निस्तेज पार्न सक्दैन। अनि सबै खाले एन्टिभाइरस राख्न पनि सकिन्न। एक सबैखाले एन्टिभाइरस राख्दा कम्प्युटर स्लो हुन्छ अर्कोतर्फ त्यसले खर्च पनि बढाउँछ। त्यसैले एन्टिभाइरस भन्दा पनि भाइरसलाई प्रवेश निषेध गराउने उपाय लिनु पर्छ। 

भाइरस रोक्ने हो भने पाइरेटेड सफ्टवेयरको प्रयोग गर्नु हुन्न। किनभने सक्कली सफ्टवेयर कम्पनीहरुले कुनै पनि प्रोग्राम अपडेट गर्दा जोखिम मोल्नुपर्ने हुन्न। नक्कली सफ्टवेयर प्रयोग गर्नेले त्यसलाई अपडेट गर्दा विभिन्न वेवसाइट चहार्ने गर्छन जसबाट भाइरस छिर्ने सम्भावना धेरै हुन्छ। 

एन्टिभाइरसविनाको कम्प्युटर भनेको अन डिमान्ड स्क्यानिङ सुविधा नभएको कम्प्युटर भन्ने बुझिन्छ। त्यसैले अनलाइनबाट कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस कि छैन भन्ने थाहा पाउन सकिन्न। त्यसले कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस छिर्ने सम्भावना केलाउनुपर्छ। 

ठूलो एन्टिभाइरस सफ्टवेयर नभएको अवस्थामा अनलाइनमा उपलव्ध निशुल्क अनलाइन भाइरस एन्ड स्पेवेयर स्क्यानिङ टूल प्रयोग गर्न सकिन्छ। जस्तो कि हाउससेलडटट्रेन्डमाइक्रोडटकम या इसेटडटकम/अनलाइनस्क्यान जस्ता निशुल्क अनलाइन एन्टिभाइरस साइटहरु चलाउन सकिन्छ। यस्ता अनलाइनले कम्प्युटरबाट भाइरस क्लिन गर्ने भन्दा पनि भाइरसबाट कति प्रभावित भएको भन्ने जानकारी दिन्छ। 

तपाँईले नचिनेको ठेगाना वा नामबाट आएका इमेलहरु सोझै डिलिट गर्ने हो भने पनि सम्भावित खतराबाट जोगाउन सकिन्छ। त्यस्तै पेन ड्राइभहरुको प्रयोग गर्दा सावधानी अपनाउनु वेस हुन्छ। - एजेन्सीको सहयोगमा