Friday, October 22, 2010

अष्ट्रेलियामा नेपाली भाषा पाठशाला

रिब १ महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए ।

नेपाली भाषालाई प्रवर्द्धन गर्न लोप हुन नदिन सामुहीक रुपमा अष्ट्रेलियामा नेपाली अध्ययन पाठशाला शुरु गरिएको अहिलेसम्म यहाँ दुइ वटा नेपाली पाठशाला सञ्चालनमा आएका छन्

गुठी संस्थान अष्ट्रेलियाको पहलमा एक नीजि तवरबाट एक गरि दुइ वटा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको यहाँ सञ्चालित दुई बिद्यालयमा अहिलेसम्म ५० जना नेपाली बालबालिकाहरु अध्ययन गरिरहेका छन् जसमध्ये सबै अष्ट्रेलियामा जन्मिएका बालबालिकाहरु हुन्
करिब महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए उनका अनुसार अंग्रेजी समुदायमा हुर्कने भएकाले नेपाली भाषा लोप हुने सम्भवाना बढ्दै गएकोले अभियानको थालनी गरिएको हो
गुठी संस्थान गोर्खा नेप्लिज कम्युनिटीद्धारा महिनाअघि म्यारिकभिलमा सञ्चालन गरिएको शब्दमाला पाठशालाले भने यहाँ नेपाली भाषा सिकाईमा महत्वपुर्ण योगदान गरेको करिब ४० जना बालबालिका अध्ययन गरिरहेको यो पाठशालालाई अष्ट्रेलिया सरकारले यस बर्ष हजार डलर अनुदान प्रदान गरेको यहाँको सरकारले सामाजिक संघसंस्थाहरुलाई प्रत्येक बर्ष सम्मान हौसला स्वरुप केही नगद सहयोग दिने नियमअनुसार यस बर्ष यस बिद्यालयले सहयोग प्राप्त गरेको हो
शब्दमाला पाठशाला सञ्चालक समितिकी उपाध्यक्ष नीलम प्रधानाङ्गले नेपाली बिद्यालय सञ्चालनमा शुरुमा समस्या आएको भएपनि अहिले उत्साहजनक रुपमा बिद्यार्थीहरु आइरहेको बताइन् उनका अनुसार अहिलेसम्म ४० जना नेपाली बालबालिकाहरु पाठशालामा अध्ययन गरिरहेका छन् यहाँ जन्मिएका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न, लेख्न पढ्न नजान्ने भएकाले यस्तो पाठशाला शुरु गरिएको उनको भनाई
यहाँ सञ्चालन भएका पाठशालाहरुले नेपाली पाठ्यपुस्तक नेपालबाटै ल्याउने गरेका छन भने पढाउने बिधि पनि नेपालका बिद्यालयको जस्तै नेपालमा शिक्षण ज्ञान भएका शिक्षकहरु मार्फत अध्ययन हुने यहाँको बिद्यालयले अध्ययन वापत केही रकम समेत लिने गरेका छन् यिनीहरुले बार्षिक सय ५० अष्ट्रेलियन डलरसम्म शुल्क लिने गरेका छन्

No comments:

Post a Comment