Tuesday, June 11, 2013

अनुभव एसएलसिको

मलाई लाग्छ एसएलसि पास गरे पछि धेरैलाई एउटा जिम्मेवारी र दायित्व बोध हुन थाल्छ । सायद उमेर र पढाइको स्तर बढ्दै जाँदा त्यो अनुभूति स्वभाविकै हो । भविष्यको योजना बनाउने देखि आफनो लक्ष्यको निर्धारण गर्ने लगायतका थुप्रै कुराहरु जोडिन्छन् । तर  एसएलसि परिक्षा पार गर्नु मात्रै पढाईको पूर्णता होइन । यसले एक कदम अगाडी धकेल्ने मात्रै हो, जसरी आठ र नवौं कक्षा पार गरिन्छ एसएलसि पनि त्यहि परिक्षाकै निरन्तरता हो । नवौ कक्षा पास नभइ एसएलसि दिने हैसियत हुँदैन भने नौ कक्षा चै आइरन गेट हो कि होइन ? त्यसैले मेरा लागि विद्यालयमा हुने हरेक बार्षिक परिक्षा आइरन गेट हुन् । तर पनि किन यसलाई आइरन गेट भनियो मैले बुझ्न सकेको छैन । 
यहि एसएलसि परिक्षाको नतिजाले हरेक मान्छेको जीवनमा निकै महत्व राखेको पाइन्छ । परिक्षामा चिट चोराउन अग्रसर हुने शिक्षक र अभिभावक देखि परिक्षाको नतिजाबाट असन्तोष भएर विभिन्न हरकत गर्न उद्य्त विद्यार्थी सबैको लागि चासोको विषय बनेको एसएलसिको नतिजाको बारेमा केहि साथीहरुले ट्वीटरमा शेयर गर्नुभएको एसएलसि अनुभव : 

म त फष्ट डिभिजनमा पास भएछु !

 सिम्बोल नं ०२९९५४७ "ए " अर्थात म 




सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन । 




भोली तेरो एसएलसिको रिजल्ट आउँदै छ रे ! माइजुले भन्नु भा'को, जनक शिक्षामा काम गर्ने विनिता माइजुको हवाला दिदै मंमिले भन्नु भो । अघिल्लो दिन दिउँसो यो कुरा सुनेदेखि परिक्षाको रिजल्ट नहेरुनजेल मलाई कम्ति छटपटी चलेन । म औसत विद्यार्थी, पढाइ र मेरो कहिल्यै ठ्याक नमिल्ने । त्यसैले नतिजा जहिले पनि मैले सोचेभन्दा फरक आउथ्यो  । तर विद्यालयका अन्य परिक्षामा भन्दा एसएलसिको परिक्षामा मैले जीन्दगीमा नगरेको मेहनत गरेको थिए । मैले पढेको देखेर हजुर आमा पनि छक्क पर्नु हुन्थ्यो । हुन पनि परिक्षा अवधिभर दिनमा मुस्किलले एक घण्टाको फुर्सद र रातमा त्यस्तै ३ देखि ४ घण्टासम्मको सुताई हुन्थ्यो । नत्र ओछ्यानको विचमा पंलेटी कसेर म बस्थे अनि छरपष्ट कितावले मलाई घेर्थे । यति मेहनत गरेर पढेको नतिजा भोलि हुँदैछ भन्ने सुने पछि मलाई छटपटि नचल्ने  त कुरै थिएन । कतिखेर विहान होला र नतिज हेर्न पाइएला ? म विहानको प्रतिक्षामा अत्यन्तै व्यग्र थिए । 

Sunday, June 9, 2013

जीवन

- सङ्गीतश्रोता

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने

प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने

जुध्न भनेर तिमीसँग
कोही आइरहेको पनि छैन भने

तिमीलाई कसैले घचेटिरहेको पनि छैन
र, कसैले लखेटिरहेको पनि छैन भने

Sunday, June 2, 2013

बाह्र वर्षमा नि खोला फर्किएन

विहान करिव ६ बजेको हुँदो हो, हामी (मात्रिका दाई, राजेश दा, बैनि र म ) निन्द्रामा थियौ । मंमि पसल जानु भएको रहेछ । कराउँदै आउनु भयो । लौ राजा रानीलाई मारि सके रे तिमिहरु चै सुति राख । मंमिको यो कुरा सकिन नपाउँदै हामीहरु जाराक जुरुक उठ्यौ । रेडियोमा समाचार आउने वेला भएको थियो । रेडियो खोलियो । टु...... गरेको धुन मात्रै बजिराछ । टेलिभिजनमा नि दृष्य हैन सप्तरंगि धर्का र एक तमासको सितार वादनको धुन छ ।
घटनाबारे थाहापाउन दाइहरु बानेश्वर जाने भए । मिनभवन क्याम्पस नजिकै हाम्रो कोठा थियो । हतार हतार मुख धोएर चिया समेत नखाई दाजुहरुसँगै म नयाँ बानेश्वर चोक तिर हान्निए । चोकमा सवारी साधन कमै मात्र देखिन्थे । सयौ मानिसहरु चोकमा जम्मा भएका थिए । सुरक्षा कर्मीको तैनाथी पनि उल्लेख्य थियो । वास्तविक घटनाका बारेमा सुरक्षा कर्मि पनि बेखवर थिए । मानिसहरु मmुण्ड झुण्ड बनाएर अनुमान लगाउँदै थिए । माओवादी जनयुद्धको चरमोत्कर्ष वेला थियो त्यो । त्यसैले धेरैले माओवादीले दरवार कब्जा गरेर यो वितण्डा मच्चाएको तर्क अगाडी सारे ।