Sunday, June 9, 2013

जीवन

- सङ्गीतश्रोता

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने

प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने

जुध्न भनेर तिमीसँग
कोही आइरहेको पनि छैन भने

तिमीलाई कसैले घचेटिरहेको पनि छैन
र, कसैले लखेटिरहेको पनि छैन भने
तिम्रो टाउको रन्थनाउने गरी
कुनै इख पनि जाग्दैन भने

तिम्रो मुटु नै दुखाउने गरी
कुनै चोट पनि लाग्दैन भने

मलाई शङ्का छ साथी
साँच्चै, के तिमी जिउँदै त छौ ?

(साभार: कविता संग्रह ‘म काठमाडौं आइपुगें’)

No comments:

Post a Comment