Tuesday, June 11, 2013

अनुभव एसएलसिको

मलाई लाग्छ एसएलसि पास गरे पछि धेरैलाई एउटा जिम्मेवारी र दायित्व बोध हुन थाल्छ । सायद उमेर र पढाइको स्तर बढ्दै जाँदा त्यो अनुभूति स्वभाविकै हो । भविष्यको योजना बनाउने देखि आफनो लक्ष्यको निर्धारण गर्ने लगायतका थुप्रै कुराहरु जोडिन्छन् । तर  एसएलसि परिक्षा पार गर्नु मात्रै पढाईको पूर्णता होइन । यसले एक कदम अगाडी धकेल्ने मात्रै हो, जसरी आठ र नवौं कक्षा पार गरिन्छ एसएलसि पनि त्यहि परिक्षाकै निरन्तरता हो । नवौ कक्षा पास नभइ एसएलसि दिने हैसियत हुँदैन भने नौ कक्षा चै आइरन गेट हो कि होइन ? त्यसैले मेरा लागि विद्यालयमा हुने हरेक बार्षिक परिक्षा आइरन गेट हुन् । तर पनि किन यसलाई आइरन गेट भनियो मैले बुझ्न सकेको छैन । 
यहि एसएलसि परिक्षाको नतिजाले हरेक मान्छेको जीवनमा निकै महत्व राखेको पाइन्छ । परिक्षामा चिट चोराउन अग्रसर हुने शिक्षक र अभिभावक देखि परिक्षाको नतिजाबाट असन्तोष भएर विभिन्न हरकत गर्न उद्य्त विद्यार्थी सबैको लागि चासोको विषय बनेको एसएलसिको नतिजाको बारेमा केहि साथीहरुले ट्वीटरमा शेयर गर्नुभएको एसएलसि अनुभव : 
SLC को रिजल्ट भो ! आफ्नी मिल्ने सगिनी असफल भैछन् ! भोलिपल्ट उनको घरमै गएर सान्त्वना दिइयो ! खुब रोइन ! आजकाल भेटहुदा रमाइलो हुन्छ सम्झेर .!!
म संगै पदने मेरो साथीको ४१९ मात्र आएर फस्ट डिभिजन भएन , साथीले झन्नै आत्महत्या गरेको थियो | यो ग्रेड तोक्ने कार्य तुरुन्त बन्द होस् |

अरुबेला कहिल्यै नबोल्ने कक्षाका केटी साथीहरु एसएलसी परीक्षामा भने कोट्याइ कोट्याइ बोल्थे भन्या ।
मैले ५२ साल मा दिएको हो SLC र मैले ६ दिन पछी आफ्नो रिजल्ट थाहा पाएको थिए

SLC को तयारी पढ्दा मैले चिनो फिल्ममात्र १० पटक हेरेको छु, भोजपुर सदरमुकाममा त्यही बेला सानो हल शुरु भएको थियो, हाम्रो कामै सिनेमा हेर्ने ।
ए SLC को कुरा हुँदैछ? आफूले २ बर्ष ला'र पास गरिएको हो केरे। हाम्रा पालाँ जिल्लाभरीबाट एक दुईजनाको फर्स्ट डिभिजन आउँथ्यो। पास हुनु नै ठूलो।
उ बेला पास भएसि पास भएँ है भनेर अलिकति मिठाई र चक्लेट लिएर गाम्तिर गईन्थ्यो ...अईले जस्तो पाटि दिने चलन थेन..जे होस भ्यालु थ्यो गाउँमा (१/२)
जम्मा ३२% अंक ल्याएर कोइ पास भएको छ भने त्यो हो; सबैले सम्मान गरौ :P
उमेर नपुगेकै कारणले म अहिले बर्षमा ३ दिन जन्मदिनको रुपमा मनाउने भाग्यमानी भएको छु
ko result herna Rs.10 tirya thiye cafe ma. #2057

No comments:

Post a Comment