Saturday, April 21, 2012

मेरी आमा


2069  @ Kapan, Kathmandu (Photo by: Dad)
म पुर्नः जन्ममा त विश्वास राख्दिन यदि त्यसो हुन्छ भने सदैव तपाईकै कोखबाट जन्मिन पाउँ यहि प्रार्थना । 
कामले गर्दा प्रायः म घर फिर्न अबेला हुन्छ । विहान ६ बजे घरबाट निस्केपछि बेलुकाको आठ बजे तिर मात्रै म घर पुग्छु । यहि सेरोफेरोमा हरेक दिन बेलुका मेरो मोवाइलमा घरबाट फोन आइरहन्छ । बाबु त कति खेर घर आउँछस प्रायः मेरो आमाले सोध्नुहुन्छ । यो मेरो दैनिकी नै हो । आमालाई पनि थाहा छ । तर पनि उहाँले दिनहुँ फोन गर्नु हुन्छ । सायद यो नै आमाको माया हो ।
 
मेरा हरेक अफ्ठयारा समयमा आमाको चिन्ता र चासो बढी नै हुन्छ । यसो भनेर मैले बुबाले मलाई माया गर्नु हुन्न भन्न खोजेको चै पक्कै पनि होइन । उहाँलाई पनि मेरो चिन्ता छ । मेरो पढाई काम अनि उन्नति प्रगतिका बारेमा बुबाको चासो र चिन्ता रहन्छ । तर आमाको चिन्ता मेरा दैनिकीका हरेक गतिविधिसँग जोडिएका हुन्छन् । मेरो खानपिन देखि स्वास्थ्य यात्रा साथीभाईसँग्ाको सम्बन्ध लगायतका गतिविधि आमाले नजिकबाट नियालिरहनु हुन्छ । म मात्रै होइन परिवारका हामी तीन सन्तान राजेश दा र बैनि सुस्मिताका सवालमा पनि आमाको चासो समान छ । सदैव यस्तै ममता मिलिरहोस् । म पुर्नः जन्ममा त विश्वास राख्दिन यदि त्यसो हुन्छ भने सदैव तपाईकै कोखबाट जन्मिन पाउँ यहि प्रार्थना ।

No comments:

Post a Comment