Monday, April 16, 2012

हाई हाई हाइकिङ


हाई .....हाई ....हाइकिङ....

बाँसघारिको ओरालो झरेर सानो खोल्सा हुँदै केहि उकालो चढियो । शिवहरी बनकाइलाको ठटयौलो गितमा मस्ति मार्दै हरियो जंगलको फेदमा लमतन्न फैलिएको वस्ति हेर्दै हाम्रो यात्रा जारी थियो ।
हामी हतारका यात्री हौ । त्यसैले हाम्रो यात्रा पूर्व निर्धारित भन्दा पनि हतारमा तय हुन्छ । यस पटक नयाँ वर्षको कार्यक्रम पनि त्यस्तै भयो । पहिला त्रिशुलीको -र्याफ्टिङ हाम्रो सेड्युलमा थियो । अचानक त्यो कार्यक्रम पछि सरयो र घ्याम्पेडाँडा हाइकिङ तय भयो । नयाँ वर्षको दिन १६ जना साथीहरु हाइकिङ र हल्का ड्राइ पिकनिकका लागि तयार भइयो । साधन हुने साथीहरु साधन लिएर जाने अरु चै बसबाट भक्तपुरको दधिकोट पुगियो । अनिलको घरमा भाउजु निर्मला विदेशी मित्र सौगात र अनिलको परिवारको सहृदयी आतित्थ्य सत्कार पाइयो । उसिनेको आलु छोडाएर इरादा र रजनीको सकि्रयतामा अचार तयार भयो हाम्रो यात्राका लागि । न्यौपाने परिवारसँग शुभकामना आदान प्रदान गरेर करिव साँढे आठ बजे हामीले गुण्डु गाविस-३  स्थित घ्याम्पेडाँडाको यात्रा शुरु गर्यौ ।
घ्याम्पेडाँडा
बाँसघारिको ओरालो झरेर सानो खोल्सा हुँदै केहि उकालो चढियो । शिवहरी बनकाइलाको ठटयौलो गितमा मस्ति मार्दै हरियो जंगलको फेदमा लमतन्न फैलिएको वस्ति हेर्दै हाम्रो यात्रा जारी थियो । 'पुरै गाउँ घरको झझल्को दियो' मित्र अब्दुल्लाह जन्म थलो गोरखा सम्झिदै थिए । म यात्राको सम्झनाका लागि दृष्य क्यामरामा कैद गर्दै थिए । बेला बेलामा कन्चनले मलाई सघाइरहेको थियो । मुकुन्द इरादा विष्णु अनिता अनि अर्चना आ आफना क्यामरामा तस्विर उर्तादै थिए ।

भवानी र बनकाइलाको गितमा अनिल र अब्दुल्लाह साथ दिइरहेका थिए । उत्तरा तारा निर्मला भाउजु पनि यात्रामा रमाइलो गर्दै थिए । विदेशी साथी सौगातलाई अर्चना गाइड गर्दै थिइन । करिव ४५ मिनेटको हिडाइ पछि घ्याम्पेडाँडाको फेदिमा पुग्यौ । उकालोको यात्रा भए पनि जंगलका कारण गर्मिको खासै महशुस थिएन । हामीले हल्का नास्ता लियौ र उकालो नाप्न थाल्यौ ।
 हाइकिङमा साथीहरु
उकालो चढ्दै 
कन्चनको स्पिकरमा गित घन्किन थाल्यो । उकालो बाटो भए नि गितको रन्कोमा साथीहरुले मन थाम्नै सकेनन नाच गान शुरु भो । बाटोका आस पासमा रहेका अमिला काफल माथि आक्रमण गरियो । 

ऐशेलु टिप्दै  कंचन 
करिव आधा घण्टा उकालो चढेपछि हामी घ्याम्पेडाँडाको शिखरमा पुग्यौ जहाँ पाइलटबाबाको आलिसान आश्रम निर्माणको अन्तिम चरणमा रहेछ । काठमाण्डृ र भक्तपुरको दृष्य क्यामरामा कैद गर्दै हामी अझै माथि रहेको थुम्को चढ्यौ । बाटोमा ऐशेलुको स्वाद चाख्ने अवसर पनि मिल्यो ।

थुम्कोमा साचालनमा नआएको एउटा रिसा्रेट रहेछ । सायद हामी जस्तै घुमन्तेलाई रमाइलो गर्नकै लागि यो डाँडाँको टुप्पामा यतिको व्यवस्था गरिएको थियो । रिसा्रेटकै एउटा हटमा हामिले आसन जमायौ । भक्तपुरमा किनेको कुखुराको बार्विक्यू बन्यो । खाजा खाइयो नाच गान अनि अनगिन्ति फोटो सेसन भयो । साथीहरुलाई रमाइलो गर्ने रहरै पुगेको थिएन तर घडिको सुइले तीन बजाइ सकेको थियो । त्यसैले हाम्रो यात्रा फेरी काठमाण्डु मोडियो ।


थप तस्वीरका लागि यी  लिंकमा क्लिक  गर्नुहोस :
http://www.facebook.com/media/set/?set=a.3751813522255.169167.1483913841&type=१
http://www.facebook.com/media/set/?set=a.10150736119557042.427535.681582041&type=1

1 comment: