Friday, March 30, 2012

सगरमाथा जोगाऔ


भोलि विल गेट्सले सगरमाथाको चुचुरोको ढुंगाबाट अमेरिकामा महल बनाउन खोज्लान त्यसका लागि पनि छुट दिने ?
पैसो हुनेले सबैथोक गर्न पाइन्छ ? अरु देशमा नपाए पनि नेपालमा चै पक्कै पाइन्छ । सगरमाथको चुचुरोको ढुंगा ल्याएर घडि बनाउने कम्पनीले त्यहि कुरा पुष्टि गरिदिएको छ । यदि त्यसो होइन भने सगरमाथाको चुचुरोको ढुंगाबाट घडि बनाउने अधिकार त्यो कम्पनीलाई कस्ले दियो ? अहिले सगरमाथाको चुचुराको ढुंगोबाट घडि मात्रै बनेको छ । भोलि विल गेट्सले सगरमाथाको चुचुरोको ढुंगाबाट अमेरिकामा महल बनाउन खोज्लान त्यसका लागि पनि छुट दिने ? यदि त्यस्तै हो भने के सगरमाथाको त्यो महत्व र प्रसिद्धि बाँकि रहला त ?


विश्व सम्पदा सूचिमा सूचिकृत सर्वाेच्च शिखरको ढुंगा यस्तै व्यवसायिक प्रयोजनका लागि निकाल्दै जाने हो भने त्यो शिखरको उचाईमा कस्तो प्रभाव पर्ला खै यो विषयमा सरकारी निकायको ध्यान गएको ?


नेपालमा विश्वको सर्वाेच्च शिखर सगरमाथा छ त्यहि शिखरलाई एक पटक नजिकबाट नियाल्न र त्यसको सौन्र्दयको मज्जा लिन वर्षेनि हजारौ विदेशी पर्यटकहरु याहाँ आउँछन् र आइरहेका छन् । जसबाट हजारौ नेपालीले रोजगारीको अवसर पाएका छन् । मुलुकको पर्यटन क्षेत्रले पनि रामै्र आम्दानी गरिरहेको छ । मुलुकको समग्र अर्थतन्त्रमा यसको महत्वपूर्ण योगदान छ । तर यसरी व्यवसायिक लाभका लागि पैसा हुने व्यक्ति र कम्पनीहरुले त्यहि सगरमाथाको चुचुरो फुटाउँदै त्यसको ढुंगाको विकि्र वितरण गरिरहदाँ सरकारी मौनतालाई हामीले कसरी बुझ्ने संचार माध्याममा मुख्य पृष्टमै त्यतिका समाचार प्रकाशित हुँदा पनि सरकारले एउटा विज्ञप्ति निकाल्नु जरुरी देखेन । कतै सरकारी निकायका अधिकारीका हातमा पनि आठ लाख अढ्चालिस हजार मूल्य पर्ने ती घडि वेरिइ सकेका त छैनन् । मलाई त शंका लागेको छ । घडी निर्माता कम्पनीले त्यसबाट करोडौ रुपैयाँ आम्दानी गर्ला तर प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यहि सगरमाथाबाट जीविका चलिरहेका हजारौ नेपालीहरुको पेटमा भने यसले लात हान्ने पक्का छ । अझ त्यस भन्दा पनि बढी नेपाली स्वाभिमानमा ठाडो प्राहार भएको छ । 

अहिले सगरमाथा पिडामा छ । न्यायको खोजीमा छ । आफनो अस्तित्व लुटिन थालेकोमा चिच्याइरहेको छ । तर त्यो चिच्याहट सबैले सुने नसुने झै गरिरहेका छन । मेड इन नेपाल लेखिएको घडी नेपालमा बन्यो भनेर एंकर समाचार दिने कान्तिपुरलाई पनि सगरमाथाको त्यो पिडाले पोलेको छैन । न त सगरमाथा नाम राखेरै टेलिभिजन च्यानल चलाईरहेको कम्पनीलाई नै यसले पिरोलेको छ । यस्तो गम्भिर विषयमा नेपाली मिडियाको यो मौनता किन तर एउटा नेपालीका नाताले मलाई सगरमाथाको पहिचान मेटिएलाकी भन्ने चिन्ता छ । आउनुस सगरमाथामाथीको यो प्रहारको विरुद्ध आवाज बुलन्द्ध पारौ । जय सगरमाथा 

No comments:

Post a Comment