Tuesday, February 21, 2012

इतिहास मेटेर मेटिन्न

इतिहास विस्रनेले बर्तमानलाई बुझ्न सक्दैनन र भविष्य बनाउन सक्दैनन् । यो यर्थाथ हो । किन कि इतिहास हाम्रो आधार हो । आधार विना कुनै पनि वस्तुको यर्थाथ सम्भव छैन । तर नेपाली नेताहरुले यो कुरा बिरसीएका छन् अहिले । त्यसैले त यहाँ समयमै न संविधान बन्न सकेको छ न लामो समय वितिसक्दा पनि शान्ति प्रकि्रया टुंगोमा पुगेको छ । 

मुलुकमा प्रजातन्त्र हट्यो र नयाँ लोकतन्त्र आयो । राजा फालिए र गणतन्त्र आयो । जनतामा नयाँ आशा पलायो । तर मुलुकको बागडोर हाक्ने र सत्ता साचालन गर्ने हाम्रा नेता तीनै पुराना रहे । जसको मस्तिष्कमा नयाँ सफ्टवेयर छैन । त्यहि पुरानो बोतलमा नयाँ र_िक्स राख्ने काम मात्रै भयो । फलत जनता निरास हुँदैछन् । विश्वमा यस्ता धेरै परिवर्तनहरु भएका छन् । जसले त्याहाँको समग्र व्यवस्थालाई नै उथलपुथल बनाइदिएको छ । तर पनि ती मूलुकमा इतिहास मेटिदैन । बरु ती इतिहासलाई थप दहि्रलो बैज्ञानिक आधार दिइन्छ । तर नेपालको सन्र्दभमा त्यो ठ्याक्कै विपरित छ । कुनै परिवर्तन हुना साथ हामी त्योसँग जोडिएका पुराना इतिहास मेटाउन उद्य्त हुन्छौ ।
उदाहरण हेरौ लोकतन्त्र आए पछि नेपाल एकिकरणका प्रणेता पृथ्वी नारायण शाहाको शालिकमा क्षति पुर् याइयो । कलेजका नाम परिवर्तनको लहरै चल्यो । शहिद गेट भत्काउने दुष्प्रयास गरियो । यस्ता थुप्रै उदाहरण छन् । अझ त्यो भन्दा पनि ठूलो गल्ति त फागुन ७ गते प्रजातन्त्र दिवस नै मनाइएन । त्यो दिन सार्वजनिक विदा त दिइयो । तर सकारकारले एउटा विज्ञप्ति जारि गर्ने सम्म काम गरेन । विगतमा यो दिवस भब्य रुपमा मनाइन्थ्यो । राष्ट्रिय पर्वकै रुपमा यसलाई मानिन्थ्यो । सरकारको नेतृत्व गर्ने माओवादीले १२ बर्ष अघिको जनयुद्धलाई भब्य रुपमा मनाउने तयारी गरिरहेको छ । तर मुलुकमा प्रजातन्त्रको विजारोपण भएको त्यो दिनलाई सम्झने काम भएन ।
इतिहास कसैले मेटेर मेटिन्न र कसैको रहरमा इतिहास पनि बन्दैन । इतिहासलाई पन्छाउने व्यक्ति आफै पन्छिएका उदाहरण विश्वमा थुप्रै छन् । त्यसैले ती उदाहरणबाट हाम्रा नेताहरुलाई पनि सद् बुद्धि मिलोस् ।

No comments:

Post a Comment