Sunday, February 19, 2012

सस्तो लोकप्रियताका लागि किन यस्तो नाटक ?

 काम गर्न नसक्ने हो भने सस्तो लोकपि्रयाताका लागि किन यस्तो नाटक मंचन गर्नु हुन्छ डाक्टरसा'ब "नयाँ जोगीले धेरै खरानी घस्छ"-नेपाली यो उखान निकै चर्चित छ । सायद तपाई पनि यहि उखानबाट प्रेरित हुनु भएको त होइन ?

पछिल्लो समयमा जब सरकार परिवर्तनको खेल शुरु भयो तब तिनै बाबुराम डाक्टरसा'ब नयाँ प्रधानमन्त्रीको एकमात्र उम्मेदवारको रुपमा फेसबुक र ट्वीटर देखि राष्ट्रिय संचार माध्यामहरुमा छाए । डाक्टरसाब प्रधानमन्त्री भएपछि मुलुकमा केहि परिवर्तन देखिनेमा सबै जनता विश्वस्त हुनु पनि स्वभाविकै थियो । मनग्गे पढेका जनयुद्धको बेलामा पनि पार्टी भित्रै फरक धार राखेर चर्चित बनेका थिए बाबुराम डाक्टरसा'ब ।


उनी सरकारको नेतृत्वमा पुगे । नेपालमा बनेको मुस्ताङ चढे । सानो चुस्त मन्त्री मण्डल बनाउने र जनतालाई राहतका प्याकेज सार्वजनिक गरे । जनताको गुनासो सुन्न हेलो सरकार भन्ने इकाइ नै खडा गरे । जनतासँग कुरा गर्न रेडियो नेपालमा प्रधानमन्त्री प्रत्यक्ष उपस्थित भए । उनले गम्भिर भएर जनताको गुनासो सुने । तर ती कुनै पनि गुनासोको निराकरण भएन ।

प्रधानमन्त्रीलाई मैले पनि एउटा गुनासो राखेको थिए । पत्रकारिता तथा आमसंचार विषयमा अध्ययापन हुने रत्नराज्य कलेजमा निजी कलेजको भन्दा महंगो शुल्क लिने गरिएको छ । सरकारी यो कलेजमा पत्रकारिता विषय अध्ययापनका लागि आधारभूत पूर्वाधार समेत छैन । तर महंगो शुल्क थोपरेर जनताका छोराछोरीलाई सर्वसुलभ शिक्षाको अबसर बाट बंचित गराइएको छ । मेरो यो गुनासो नवराज लम्सालले प्रधानमन्त्रीलाई सुनाएका थिए । यसको प्रतिउत्तरमा प्रधानमन्त्रीले यो विषयमा आफुलाई थाहा नभएको र यदी त्यस्तो अवस्था भए त्यो गम्भिर रहेको बताउँदै तत्कालै यसका बारेमा बुझेर केहि निर्णय गर्ने आश्वासन टेलिभिजनको पर्दामा दिए रेडियो नेपालमा फलाके । तर झण्डै २ महिना वित्यो । यो विषयमा कुनै सुनुवाई भएन । काम गर्न नसक्ने हो भने सस्तो लोकप्रियताका लागि किन यस्तो नाटक मंचन गर्नु हुन्छ डाक्टरसा'ब "नयाँ जोगीले धेरै खरानी घस्छ"-नेपाली यो उखान निकै चर्चित छ । सायद तपाई पनि यहि उखानबाट प्रेरित हुनु भएको त होइन ?

No comments:

Post a Comment