Wednesday, May 1, 2013

म चिना दोहोरिएको मान्छे

चिना हराएका हरिर्वश र चिना दोहोरिएको म 




" चिना हराएर आफ्नो भविष्य हेराउन  नपाएकोमा  हरिवंशले  दुख पोखेका छन् । चिना दोहोरिएको म ज्योतिषका भविष्यबाणि सुनेर हैरान छु ।"


रिवंश आचार्य आज जुन स्थानमा छन्, त्यो स्थानमा आउन उनले गरेको संघर्ष पढें चिना हराएको मान्छेमा । जीवनमा त्यतिका धेरै संर्घष गरेर यो अवस्थामा आइपुगेकाहरु निकै कम भेटेको छु । जन्मे देखि अर्यघाट नपुगुन्जेल संघर्ष गरिरहनेहरुको बाहुल्यता रहेको हाम्रो देशमा हरिवंश दाई  रोलमोडल नै हुन यसमा कुनै द्धिविधा नै छैन । बाल्यकालमै उनको चिना चोरि भएछ त्यसैले ती संघर्षका दिनमा उनले कुनै पनि ज्योतिषलाई चिना देखाउन पाएन छन । उनले आफनो पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकको नाम पनि त्यहि चिनासँगै जोडिएर आयो चिना हराएको मान्छे ।  
हरिवंशको यो पुस्तक पढेपछि मैले यो ब्लग नलेखि सुखै पाइन । किनकी उनी चिना हराएका मान्छे अनि म चै चिना दोहोरिएको मान्छे । अर्थात् मेरो एउटा होइन दुई/दुई वटा चिना छन् । उनको चिनामा सुनको मूर्ति भएकाले चोरिएको रे । सायद मेरो चै नेपाली कागज सस्तो भएर होला चिना दोहोरिएको ।
ग्रह शान्त पार्न पूजा गर्दै म
ओखलढुंगाको बलखु गाविसमा हाम्रो थातथलो । म जन्मिएको समयमा मेरा हजुरबा टंकनाथ लुइटेल जिल्ला पंचायतका सभापति हुनुहुन्थ्यो रे । म जन्मिएको करिव ४ महिना पछि उहाँ वित्नुभयो । मैले फोटोमा उहाँको अनुहार देखेको हुँ, प्रत्यक्ष देख्न पाइन । हजुरबुबाले मेरो पहिलो चिना कोर्न लगाउनु भयो । न्वारन सकिए पछि मलाई लिएर मेरी आमा माइत पुग्नु भयो । मावली हजुरबा पनि कम्ति खुसि भएनन्, अगालो भरीको नाती देखेर । मावलीमा पनि मेरो चिना कोरियो । अब म दुई दुई वटा चिनाको धनी भए । हरिवंशले झै संघर्ष गर्नु नपरेपनि घरमा चिना हेराउने काम भैरहन्छ बेला बेलामा । यो काम खासगरी मेरी आमाले गर्नु हुन्छ । कान्छो छोराको उन्नती, पढाई लेखाई, विवाह आदी इत्यादी जान्न 
एउटा चिनामा मेरो नाम डेटराज छ अनि अर्कोमा डोरप्रसाद । तिथी, मिति,घडि र पला आदि जुराएर चिना कोरिन्छ क्यार । तर दुई चिनामा कतिपय कुरा फरक छन् । आमाले ज्योतिषी काहाँ जाँदा कुन चिना देखाउनु हुन्छ थाहा भएन । तर अहिलेसम्म ज्योतिषीले गरेको भविष्यबाणि चै मिलेको छैन । सायद चिना दोहोरिएर हो कि ? 
करिव डेढ वर्ष अघि मलाई फलिफाप हुने साँढे सातको दशा लागेको बताएछन् ज्योतिषले । अब सबै अधुरा काम फत्ते हुन्छन । उन्नती प्रगति कति कति म दंग परे । सायद त्यो चिना गलत परेछ । अधुरा काम बन्नुको साटो बनेका काम नि विग्रिन थाले । पढाई नि यस्तै त्यस्तै भयो । 
त्यसको एक वर्ष पछि अर्को ज्योतिषले मेरो चिना हेरे । लौ ग्रह दशा कटाउन पुजा लगाउनु पर्छ । म यस्ता कुरामा विश्वास नगर्ने मान्छे तर आमाको अगाडी मेरो केही लागेन । घरमा भव्य पुजा गरियो, पाँच /छ हजार पैसो सकियो । त्यो पुजा सकिएको यतिका समय भयो खै फलाम छोए सुन हुने दिन आएन । चिना हराएर आफ्नो भविष्य हेर्न नपाउदा हरिवंश दुखित छन् । चिना दोहोरिएको म ज्योतिषका भविष्यबाणि सुनेर हैरान छु । 


4 comments:

  1. AnonymousMay 02, 2013

    Hehe Suman dai .. yestai ho ..Akhir china harayeni, dohoriyeni Jindagi ma hune kura vayerai chhadchha .. Never worry.. Hope for Best :)

    ReplyDelete
  2. bhagya ma 6 bhane ra dokama dudh doyera hunna ni bro


    teti pani na gareko bhaye ta ....

    ReplyDelete
    Replies
    1. dhanna aaja gold xuda stone bhako xena

      Delete