Sunday, April 29, 2012

अव टायर बालेर शव दहन

मैले गाडीको  झ्यालबाट हेरे टायरबाट निस्किएको  धुवाँको मुस्लो आकाशमा उडिरहेको थियो ।

न्दोलनका बेला काठमाण्डौंका सडक र चोक चोकमा टायर बाल्ने त हाम्रो संस्कृति नै भइसकेको छ । तर मान्छे मरिसकेपछि अन्तिम संस्कारका लागि पनि टायरको प्रयोग हुन थालेको रहेछ । लास जलाउनका टायरको पनि प्रयोग गरिएको चै मैले जीन्दगीमा पहिलो पटक देखें ।
कुरा चैत्र महिनाको दोश्रो साताको हो । एउटा बृत्तचित्र छायंकनको सिलसिलामा म झापा जिल्लाको धाइजन गाविस ६ स्थित कालिझोरा गाउँमा पुगेको थिए । चैत्र १८ गते शनिवार तामाङ समुदायकी एक जना बृद्धाको मृत्यु भएछ । उनको तामाङ संस्कृति अनुसार अन्तिम संस्कारका लागि नजिकै रहेको जंगलमा लगियो ।
यहि गाउँमा मेरो छायंकन तर सींगो गाउँ नै शोकमा थियो । त्यसैले त्यो दिनको सबै सेड्युल रद्ध गरे । हाम्रो टोलि पनि बृद्धाको शव शवयात्राको दृष्य खिच्दै मलाम हिडियो । जंगलको छेउमा एउटा सानो चौर रहेछ । शव त्यहि जलाउने गाउँलेले निर्णय गरे । तर समस्या पर्यो यो शव जलाउने दाउराको । सामुदायिक बनको पहलमा करिव एक घण्टा पछि दाउरा जम्मा गरियो ।
दाउराको चिता तयार हुदै थियो । दुई वटा पुराना टायर पनि आइपुग्यो । म मृत्युसंस्कारमा टायर किन ल्याइयो भन्ने सोच्दै थिए । यतिकैमा ती टायर त चितामा राखिए अनि त्यसमाथि ती बृद्धाको शव । दाउरा कम त्यसमाथि राम्ररी नसुकेको । त्यसैले आगो राम्ररि बल्न सहयोग गर्छ भनेर टायर राखेको रे । स्थानीयको यो प्रतिकि्रया सुने पछि म अवाक् भए ।
जनआन्दोलन देखि सवारी दूर्घटना र अन्य अन्दोलनका समयमा झापाका सडकमा पनि टायर बलिरहन्छन । सायद ती आन्दोलनमा टायर दन्किएको दृष्य गाउँलेहरुको मनस्थितीमा ताजै थियो । कतै यो त्यसैको प्रभाव त होइन म मनमनै सोचि रहे आखिर यस्तो किन भइरहे छ केहि छिनमै आगो दन्कियो टायरको कालो मुस्लो धुँवाले वरिपरिको वातावरण निकै असहज बनायो । हाम्रो टोलि गाडीमा विर्तामोड फर्कियो । कालिझोरा गाउँबाट , टाढा आइपुगे पछि मैले गाडीको  झ्यालबाट हेरे, टायरबाट निस्किएको धुवाँको मुस्लो आकाशमा उडिरहेको थियो ।

No comments:

Post a Comment