Tuesday, May 30, 2017

जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?

पैदल यात्रीलाई सडक पार गर्न चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?
कानुनको पालना नगर्नेलाई कारवाहि गरिनु पर्छ । यसमा कसैको द्धिमत  हुनै सक्दैन । तर कानुनलाई कसैलाई कारवाही गर्न केहि निश्चित आधार त पक्के चाहिन्छ होला । यहाँ मैले जोड्न खोजेको प्रसंग जथाभावि सडक पार गर्ने सर्वसाधरणलाई पक्राउ गरि जरिवाना गर्ने विषयको हो । मुख्य कुरा त काठमाण्डौमा रहेका सवै सडकमा पैदलयात्रीहरु हिड्न मिल्ने पेटी छैनन । भएका कतिपय ठाउँमा पेटीको हालत राम्रो छैन । अनि राम्रा हालतमा भएका ठाउँमा सडक पार गर्नका लागि निश्चित ठाउँमा जेव्रा क्रस छैनन । पैदल यात्रीलाई सडक पार गर्न चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?

सडकमा सवारी साधन समेत नदेखिने धुलाम्य सडकमा जथाभावि लेन मिचेको भन्दै सवारी चालकहरु कारवाहिमा पर्छन । जरिवाना वापत पाइने कमिसनको लोभमा कानुनको पालना गराउन बसेकाहरु कतिखेर सिकार आउला र चिट काटौला भनेर हातमा जरिवानको लिस्ट बोकेर सडकमा छलिएर च्याँखे थापेर बस्छन्  । सवारी आयात गर्दा २ सय प्रतिशत कर लगाउने सरकारले सडकको क्षमता विस्तार गर्न सक्दैन । सडकको क्षमता भन्दा बढि सवारी भित्रिएका छन् । सार्वजनिक सवारीको राम्रो व्यवस्था छैन । सार्वजनिक सवारीमा केहि राम्रो शुरुवात गरेको साझा यातयात सिण्डिकेटका कारण आफनो सेवा विस्तार गर्न चुनौति खेपिरहेको छ । यति सम्म त ठिकै थियो अव हुँदा हुँदा सडकमा हिड्ने सर्वसाधरण समेत पक्राउ पर्न थालेछन् । देशमा यदि साँच्चै कानुनको शासन छ भने त्याहाँका सबै नागरिकका हक अधिकार समान हुन्छन् । कानुनले बल, धन र शक्ति भएका र पहुँचमा नभएका निर्धा भनि कसैलाई विभेद गर्दैन् । तर मेरो देश यस्तो छ यहाँ उत्कृष्ट कानुन पनि छ तर त्यो कानुन शत्ता र शक्तिको आडमा केहि सिमित बर्गले आफूखुसी प्रयोग गर्छन । कृपया जवाफ पाउँ

No comments:

Post a Comment