Tuesday, September 2, 2014

सोसाइटीमा नपरिएला भन्ने डर

कुनै कुनै पुस्तक पढ्दिन भन्दा पनि यति हल्ला गरिदिन्छन कि त्यो पुस्तक नपढि सुखै पाइदैन । अर्थात पत्रकार दिपक भट्टराईको शब्द सापट लिने हो भने त्यो पुस्तक नपढे सोसाइटीमा नपरिएला भन्ने डर हुन्छ । त्यसैले मैले सोसाइटीमा पर्नकै लागि केहि पुस्तक किनेर पढेको छु । ति पुस्तक कम्ति चानचुने थिएनन । बजारमा यीनको हल्लाखल्ला नै यस्तो चल्थ्यो मानौ नेपाली लेख रचनाको क्षेत्रमा उक्त पुस्तकको प्रकाशनले एउटा ठूलै खाडल पुरेको छ । त्यो पुस्तक प्रकाशनमा नआएको भए त्यो खाडल जुगौसम्म भरिने थिएन । यो सबै प्रकाशकको पुस्तक विकाउने हल्ला थियो वा लेखकको सामाजिक मान प्रतिष्ठाका कारण अहिलेसम्म मैले बुझन सकेको छैन ।  

विगतमा प्रकाशनमा आएका पत्रकार नारायण वाग्लेका पल्पसा क्याफे, मयुर टाइम्स देखिसुविन भट्टराईको समर लभ अनि हरिवंश आचार्यको चिना हराएको मान्छेसम्म यस्ता प्रवृत्ति चलेका हुन । अर्वपति विनोद चौधरीको आत्मबृतान्त होस वा पूर्व सेनापति रुक्मांगत कटुवालको आत्मकथा यी सबैले पनि यहि प्रबृत्ति दोहो¥याए । नियमित पाठकले त यी पुस्तक किन्ने र पढ्ने नै भए । तर विरलै पुस्तक पढ्ने व्यक्तिहरुले पनि यी पुस्तकको बारेमा चलेको हल्लाका कारण पुस्तक नपढि सुखै पाएनन । कारण सोसाइटीमै नपरिने डर नै थियो । त्यसैले कतिले पुस्तक किनेर पढे, अनि कतिले साथीहरुसँग मागेरै भए पनि यी पुस्तक पढे, कोहि पढ्नेक्रममा होलान् । 
अहिले पछिल्लो समयमा पत्रकार विजय कुमार पाण्डेको खुसी र अर्का युवा लेखक सुविन भट्टराईको समर लभको सिक्वेल साया पनि यहि प्रबृत्ति दोहो¥याउँदै छन् । यी दुवैको लेखन शैली उत्कृष्ट छ, त्यसमा कुनै शंका छैन । त्यसैले पुस्तक पनि राम्रोे होला भन्ने अनुमान लगाउन सकिन्छ । तर यी पुस्तकले बजारमा आउनु पूर्व गरेको प्रचारबाजी चै पक्कै पनि पाठकलाई दिग्भ्रमित गर्ने किसिमकै छन् । म पनि नियमित पुस्तक पढने व्यक्ति होइन । तर सोच्दै छु यी पुस्तक बजारमा आएपछि मैले पढिन भने म सोसाईटीमा नपर्ने सम्भावना त्यत्तिकै छ । म मात्रै होइन यहाँ थुप्रै पाठकहरु यस्तै प्रवृतिबाट प्रभावित छन होला । 
यो प्रवृति कत्तिको सहि हो वा गलत छुट्टयाउने जिम्मा तपाई पाठकहरुलाई नै 

No comments:

Post a Comment