Wednesday, September 17, 2014

मेरो खुसि


मैले कतै पढेको थिए मान्छे खुसि हुनका लागि ठूला उपलब्धि वा कारणहरु चाहिदैनन कतिपय अवस्थामा स सना कुराले पनि धेरै खुसि मिल्छ ।  सायद अरुलाई स साना लाग्ने तीनै कारणहरु त्यो व्यक्तिका लागि निकै ठूला कारण बन्छन् । म पनि यदा कदा अरुलाई मतलव नभएका त्यस्तै स सना कारणहरुबाट असाध्यै खुसि हुने मान्छे हुँ । तर अरुका लागि बेमतलवका ति साना कारण मेरालागि असाध्यै महत्व राख्ने कारण थिए ।


विजयकुमारको पुस्तक खुसी
करिव एक वर्ष अघि आज अर्थात असोज १ गतेका दिन मेरा लागि पनि यस्तै खुसिको दिन बन्यो । पहिलो खुसि हाम्रो घरमा लक्ष्मिका रुपमा भतिजी आँचलको आगमन अर्था उसको जन्म भयो । अनि अर्काे कारण करिव एक वर्ष पछि मैले चाहेको एउटा महत्वपूर्ण कुरा मैले पाएको थिए । यी दुई खुसि एकै साथ एकै दिन मसँग थिए । म निकै भावुक बनेको थियो । विश्वास लागि रहेको थिएन । खुदा जब देता हे तो छप्पर फाड्के देता हे भन्ने हिन्दि उखान झै लागि रहेको थियो । 

आज त्यहि दिन अर्थात असोज १ गते । आज मसँग उ बेलाका दुईवटा मध्ये एउटा मात्रै खुसि छ । एउटा खुसि केहि दिनमा कतै हरायो । तर फेरी आज मसँग २ वटा खुसि छन् । एउटा भतिजी आँचलको जन्म दिन (जसको न्वारनको नाम खुसि नै हो ) । अनि अर्काे विजय कुमार पाण्डेको पुस्तक खुसि । अर्काे वर्ष विजयकुमारको यो खुसि मसँग नहुन पनि सक्छ । पुस्तकको कुन साथीले पढ्नका लागि लगेर पच पार्न सक्छन् । तर म अर्काे वर्ष पनि आज कै दिन मेरी भतिजीको जन्म दिनको खुसि मसँग हुनेछ । हेर्न बाँकि छ अर्काे वर्ष उसको जन्मदिनमा अर्काे कुन खुसि जोडिएर आउने हो ?  

No comments:

Post a Comment