Sunday, March 6, 2011

चित्लाङका चार चिनारी

सुमन लुइटेल/चित्लाङ मकवापुर-

कवानपुर जिल्लाको चित्लाङ भन्ने वित्तिकै धेरैको मुख रसाउँछ । किनकी यहाँ उत्पादित मुला राजधानि काठमाण्डौ लगायत आसपासका क्षेत्रमा निकै लोकपि्रय छ । तर समयको वहाव सँगै यो गाउँ अहिले आफ्नो परिचयमा विविधता लयाउने तयारीमा जुटेको छ । ग्रामिन पर्यटनका लागि शुरु भएको होमस्टे नेपालमै पहिलो र एकमात्र वाख्राको दुधबाट चिज उत्पादन गर्ने कारखाना ओलिभ तेल र द्राउट माछाको उत्पादन चित्लाङका नयाँ चिनारी बनेका छन् । जसले यो रमनिय गाउँको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने स्थानीय राधाकृष्ण  बस्नेतले बताए ।
चीत्लांग गाउँको दृश्य । फोटो : सुमन 


बस्नेत भन्छन््-ुहामीले नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर चित्लाङमा सामुदायिक होमस्टेको शुरुवात गरेका छौं । यो काममा नेपाल पर्यटन वोर्डले समेत केहि सहयोग गरेको उनले बताए ।ु उनका अनुसार अहिले चित्लाङ गाविसका ४ घरले होमस्टेको तयारी करिब करिब पुरा गरेका छन् । केहि समय भित्रै १० घरमा होमस्टेको व्यवस्था गरिदैछ ।

चित्लाङ काठमाण्डौवाट २२ किलो मिटरको दुरीमा रहेको छ । थानकोट चेकपोष्टवाट दक्षिण चन्द्रागिरी पहाड छिचोलेपछि यो रमणिय गाउँमा पुग्न सकिन्छ । यहाँसम्म जान काठमाण्डौबाट सिधै भाडाका सवारी साधन पानि पाइन्छ । अझ त्यसमाथि व्यक्तिगत सवारी साधन भए त आफ्नो अनुकुलता अनुरुप यात्रा गर्न सकिन्छ । सावारी साधनमा करिव डेढ घण्टाको यात्रा पछाडि चित्लाङ पुग्न सकिन्छ । सवारी साधनमा नजाने र हाइकिङ गर्दैजाने हो भने करिब साँढे २ घण्टामा यहाँ पुग्न सकिन्छ । 

राजधानिको व्यस्त र कोलाहलता पूर्ण जिवनबाट केहि रमाईलो गर्न चाहानेहरुका लागि चित्लाङ एउटा राम्रो गन्तव्य वन्न सक्ने स्थानीय सूर्यदास प्रधानले बताए । ुयहि कुरालाई मध्यनजर गरेर हामीले सामूदायिक होमस्टेको शुरुवात गरेका हौु-चित्लाङ सामुदायिक होमस्टेका सल्लाहकार समेत रहेका प्रधानले बताए । 

चित्लाङ प्राकृतिक रुपमा त सुन्दर छँदै छन् । संगै यहाँ असोक चैत्य सातधारा इन्द्रसरोबर त्रिपुरेश्वर शिवालय तलेजु भवानि कोत लगायतका ऐतिहासिक र साँस्कृतिक महत्वका स्थानहरु रहेका छन् । जसले आन्तरिक र वाह्य पर्यटकलाई चित्लाङ आउन आर्कषित गर्ने उनी बताउँछन् । 

प्रधान भन्छन्-ुचित्लाङको पर्यटन प्रर्वधनका लागि पर्यटकका लागि हामीले विशेष प्याकेज वनाएरै ल्याउने तयारी गरेका छौं । यसका लागि व्यवस्थीत होमस्टे सुविधाजनक कोठा र शौचालयको व्यवस्था गरिएको छ । 
यहाँ आउने पर्यटकले स्थानीयस्तरमा उत्पादित अर्गानिक र स्थानिय खानेकुरा खुवाउने व्यवस्था मिलाइएको छ । जसका लागि उनिहरुले धेरै महँगो शुल्क समेत तिर्नु पर्देन । सामुदायिक होम स्टेकी कोषध्यक्ष हिरादेवी मानन्धरका अनुसार करिव एक हजार रुपैयाँमा यी सबै सुविधा लिन सक्छन् ।

रमणिय प्रकृति उत्कृष्ट आतित्थ्य सत्कार अनि आफ्नै मौलिकता बोकेको चित्लाङ तपाई हामिलाई स्वागत गर्न तम्तयार छ । यात्रालाई विशुद्ध मनोराजनको रुपमा मात्रै नलिएर केहि सिक्ने र केहि नयाँ कुरा जान्ने अवसरको रुपमा समेत लिनु पर्दछ । यदि यो कुरामा सहमत हुनुहुन्छ भने काठमाण्डौबाट करिब डेढ घण्टाको दूरिमा रहेको चित्लाङ तपाईका लागि एउटा उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ । चित्लाङमा पर्यटन विकासमा प्रसस्तै सम्भावनाहरु छन् । तर उचित पूर्वाधारको उचित विकास नहँदा यसबाट अपेक्षित लाभ लिन सकिएको छैन । त्यसैले स्थानिय वासिन्दाले शुरु गरेको यो कामलाई गाउँ विकास समितिले समेत विशेष कार्यक्रम वनाएर सहयोग गर्ने योजना वनाईरहेको छ । 

No comments:

Post a Comment