Tuesday, March 8, 2011

मृत्यु जीतेको त्यो क्षण

पाईले मृत्यु देख्नु भएको छ ?  सायद छैन । मृत्यु जताततै छ तर अदृष्य छ । त्यसैले नाङ्गो आँखाले यसलाई देख्न सकिन्न । न त छोएर अनुभूति नै गर्न सकिन्छ । अझ त्यसमाथि जीवितै मृत्यु देख्न त सम्भव पनि छैन । तर आज २०६७ साल फागुन २३ गते मैले मृत्युसँग साक्षत्कार गरे । मृत्यु मेरै अगाडी थियो । लाग्थ्यो उ मलाई लैजान आतुर छ । उ मलाई लैजान खोज्ने म उसँग जान नचाहाने । मृत्युले मलाई लल्कार्यो । म मृत्युसँग युद्ध गर्न थाले । हामी दुईवीच घमसान युद्ध चल्छ । म लड्छु र घिसि्रएर केहि अगाडी पुग्छु । मेरा कपडा च्यातिन्छन् । तर पनि म बहादुरीताका साथ उसको प्रतिकार गर्छु ।


(दुर्घटना पछि म अनि मेरो मोटरसाइकल, फोटो-जनार्दन पाठक)
मृत्यु जित्दाको त्यो क्षण कुनै भिषण युद्ध जित्दाको विजय उन्माद भन्दा कम्तिको थिएन । जसलाई म सम्पूर्ण शब्द भण्डार रित्याएर पनि बर्णन गर्न सक्दिन । त्यो अनुभूतिको जो कोहिले कल्पनासम्म पनि गर्न सक्दैन । तर आज मैले अचानक त्यो काहालिलाग्दो र भयंकर अवस्थाको अनुभूति गरे । 

मृत्यु मेरो आदम्य साहस देखेर चित खान्छ र अन्ततः उ मबाट टाढा भाग्छ । उसको चिथोराइबाट म केहि घाइते हुन्छु । देव्रे खुट्टामा केहि चोट लाग्छ यतिहुँदा हुँदै पनि म मृत्युको पन्जाबाट मुक्त हुन्छु । मृत्यु र म वीच चलेको युद्धमा मेरो जीत हुन्छ ।

मृत्यु जित्दाको त्यो क्षण कुनै भिषण युद्ध जित्दाको विजय उन्माद भन्दा कम्तिको थिएन । जसलाई म सम्पूर्ण शब्द भण्डार रित्याएर पनि बर्णन गर्न सक्दिन । त्यो अनुभूतिको जो कोहिले कल्पनासम्म पनि गर्न सक्दैन । तर आज मैले अचानक त्यो काहालिलाग्दो र भयंकर अवस्थाको अनुभूति गरे । यति हुँदा हुँदै पनि त्यो जीतले ममा एउटा अजवको उर्जा भरेको छ । जसले मलाई जीवनका कठिन भन्दा कठिन परिस्थीतीलाई पाखा लगाउन सक्छु भन्ने आत्मा विश्वास जगाएको छ । यतिमात्रै होइन यदी फेरी मृत्युले मलाई लल्कार्छ भने म उसँग यहि साहासका साथ लड्न तयार छु ।
मृत्यु आफैमा भयानक हुन्छ । त्यसले यसले कसैको ज्यान लिन्छ अनि अरु कसैलाई असहैय पिडा दिन्छ । तर यो भयानक मृत्युको रुपलाई मैले फेरी एक पटक परास्त गरें । मृत्यु त सदैव हाम्रै वरीपरि घुमिरहेको हुन्छ । के थाहा कतिखेर यसले आक्रमण गरेर आफ्नो सिकंजामा पार्ने हो । भोलि त कसैले दॆखेको छैन । त्यसैले म त आजका लागि बाँचॆको छु । यो एउटा जीवन पूरा जीउन पाइयो भने सायद अर्को जुनिको आवश्यकता पनि नपर्ला । यो मेरो मान्यता हो । त्यसैले यो मेरो मान्यताको पनि जीत हो ।  

यो युद्धमा मृत्युले मलाई केहि चोट दियो ती चोटलाई मैले मलम पट्टि लगाइदिए । अहिले म मृत्युलाई जीतेको खुसियालीमा विजय उल्लास मनाउदै आफ्नै सैयामा आराम गरेर बसिरहेको छु ।  

4 comments:

  1. शीघ्र स्वास्थ्य लाभको कामना । Take rest!

    ReplyDelete
  2. Oie Dai yo ta taile babal nai lekheko ho k.Kasari fureko tyo!!!

    ReplyDelete
  3. yestai ho yar kaile kahe furchha

    ReplyDelete