Friday, April 26, 2013

पत्रकारिता र कलाकारिता दुबै झुर काम रे !



'क्यारियर कास्ट' (रोजगारसम्बन्धी वेबसाइट) ले गरेको सर्वेक्षणले समाचार संवाददातालाई संसारकै सबैभन्दा झुर जागिरको सूचीमा राखिएको छ । अरुको जोखिमको पूर्वाअनुमान गर्ने जागिरलाई भने विश्वकै सबैभन्दा राम्रो जागिरको सूचीमा परेको छ । वेबसाइटले २ सय जागिरको सूचीमा समाचार संवाददाताको जागिर सबैभन्दा अन्तिममा राखेको छ । शारिरीक श्रम, आम्दानी, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर सर्वेक्षण  गरिएको थियो ।
संवाददाताको जागिरलाई घरमा काम गर्ने नोकर, मासु काट्ने बुचर, भाडा माझ्ने कामदार, हुलाकी, घरको छत मर्मत गर्ने र रुख काट्ने कामदारको भन्दा तल राखिएको छ । कलाकार, किसान, टेलिभिजन प्रस्तोताको जागिर पनि झुरको सूचीमा छन् । सर्वेक्षणले जोखिम पूर्वानुमान गर्ने जागिरसँगै बायोमेडिकल इन्जिनियर, सफ्टवेयर इन्जिनियर, अडियोलोजिस्ट, फाइनान्सीयल प्लानर र डेन्टल हाइजिनिस्टको जागिरलाई उत्कृष्ट देखाएको छ ।

२ वटा जागिरको सूचीमा विश्वविद्यालयको प्राध्यापकको जागिरलाई १४ औं नम्बरमा राखिएको छ । वेवसाइटले गरेको समाचार सर्वेक्षणअनुसार सर्जनको जागिर ५१ औं नम्बरमा छ नर्सको जागिरलाई ५५ औं नम्बरमा राखिएको छ । कपाल श्रृंगार्ने हेयर इस्टाइलिस्टको जागिरलाई ८३ नम्बरमा राखिएको छ भने रिसेप्सनको जागिर ८६ नम्बरमा छ । सर्वेक्षणले बस चालकको जागिर, वेल्डर र होटल म्यानेजसरको जागिरलाई क्रमशः १५७, १५९ र १५९ औं नम्बरमा राखेको छ ।

उत्कृष्ट जागिर
१ . जोखिम पूर्वानुमान गर्ने जागिर
२ . बायोमेडिकल इन्जिनियर
३ . सफ्टवेयर इन्जिनियर
४ . अडियोलोजिस्ट
५ . फाइनान्स प्लानर

झुर जागिर
१ .समाचार संवाददाता
२ .काठ काट्ने मजदुर
३ .युद्धको बेलामा सिपाहीलाई भात खुवाउने काम
४ . कलाकार
५ . तेलको पाइप मर्मत गर्ने मजदुर

(विभिन्न वेभसाइटबाट साभार )



No comments:

Post a Comment