Monday, April 15, 2013

नयाँ वर्ष र हाइकिङ (Hiking)

मुलखर्कको उकालो हिड्दै 


 "हाम्रा साथीहरु रहुसे छन् । यात्रालाई केहि न केहि नयाँ र रोचक बनाइहाल्छन् । त्यसैले मेलापात  गर्दा हिडिरहेका त्यस्तै डाँडा काँडा  चढ्दा पनि हामी निकै रमाइलो गरिरहेका थियौ । "


हामी मध्ये अधिकांशले नयाँ वर्षलाई एउटा नयाँ कामको शुभारम्भ गर्ने दिनको रुपमा लिन्छौ । कतिपयले यसलाई पुरा गरेर अर्को वर्ष अर्को नयाँ प्रतिवद्धता जनाउन्छन । अनि कतिपयले चाही हरेक वर्ष नयाँ कामको घोषणा गर्ने तर त्यसलाई कहिल्यै पनि पार लगाउँदैनन् । तीन वर्ष अघि कलेज पढ्ने केहि साथीहरु मिलेर हरेक नयाँ वर्षका दिन हाइकिङ गर्ने प्रतिबद्धता गरेका थियौ । यो २०७० सालको नयाँ वर्ष पनि त्यो प्रतिवद्धता हामीले पुरा ग¥यौ । वर्ष दिन भरी आ—आफनो काममा व्यस्त भए पनि नयाँ वर्ष साथीहरुको जमघट होस भन्ने हाम्रो चाहानाले यो वर्ष पनि मूर्त रुप पायो । विगतमा हाइकिङ जाने कतिपय साथीहरु कार्यव्यस्तताले जान पाएनन् । अनि केहि साथीहरु हाईकिङका लागि थपिए ।
औसतमा २०६८ सालको नयाँ वर्षबाट शुरु भएको हाम्रो न्यू इयर हाइकिङले २०६९ र २०७० मा १२ देखि १५ जनाको साथ पइरहेको छ । २०६८ सालमा हामीले काठमाण्डौको मातातिर्थबाट चन्द्रागिरी डाँडासम्मको हाइकिङ गरेका थियौ । २०६९ मा भक्तपुरको घ्याम्पे डाँडासम्म पुगियो ( http://www.sumanluitel.com/2012/04/blog-post.html) )। अनि २०७० सालमा काठमाण्डौको सुदरीजलबाट मूलखर्कको डाँडासम्म पुगियो । 
हामी मध्ये अधिकांश पाहाडमा जन्मिएर पाहाडमै हुर्किएका हौ । त्यसैले डाँडा पाखा चढ्नु हाम्रा लागि अनौठो त भएन । तर यो काठमाण्डौको कोलाहलपूर्ण वातावरणबाट हरीयाली र केहि शान्त स्थानमा पुग्दा चै मनै आनन्द हुन्छ । अझ त्यसमाथि हाम्रा साथीहरु रहुसे छन् । यात्रालाई केहि न केहि नयाँ र रोचक बनाइहाल्छन् । त्यसैले मेलापात गर्दा हिडिरहेका त्यस्तै डाँडा काँडा चढ्दा पनि हामी निकै रमाइलो गरिरहेका थियौ ।
यो वर्ष त हामीले हाम्रो हाइकिङ परम्परालाई पूरा गरेउ । थाहा छैन अर्को वर्ष को को कता कता पुगिने हो । तर जति साथीहरु जम्मा हुन सक्छौ त्यति नै साथीहरुले पनि अर्को नयाँ वर्षमा यो हाइकिङ परम्परालाई निरन्तरता दिने नै छौ । हामी सवै साथीहरुको यो सामुहिक न्यू इयर रिजोलुसन .....
सुन्दरीजलबाट उकालो लाग्दै 

उकालोमा थकाइ मार्दै 


एक छिन रमाइलो गारै है !
खाने हैन त ऐसेलु ? 





लौ खिचौ त फोटो 

2 comments:

  1. Hiking र trip मा रमाउने मान्छे परे यदि केही कथम्कदाचित म छुटिहाले भने रमाइलो लाग्दैन .....

    तपाइहरुको त्यो व्यस्तताको बाबजुद पनि मस्ती गरेको देख्दा यो मन नै लोभियो ......

    ReplyDelete
    Replies
    1. धन्यवाद पुलामी जी :)

      Delete